Sabina Shrestha_Mimi
If opportunity doesn’t knock, build a door.
29/09/2026
जवाफ फर्काउनु गलत लाग्न सक्छ,
तर सुनेर र सहेर मात्रै बस्यो भने मान्छेहरुले बोल्ने हद बिर्सन थाल्छन, देखाउने व्यवहार बिर्सन थाल्छन् 😊❣️
हजारौँ तस्बिर भएको यो ग्यालरी खोतल्दा पनि हजुरसँगको एउटा तस्बिरसम्म नभेटिँनु यो जस्तो अरु दुःखको कुरा केही हुन सक्ला र? … 😭❣️
आज बाबाको मुख हेर्ने दिन।
अरूका छोरीहरूले आफ्ना बाबालाई सम्झिँदै, माया गर्दै, उहाँहरूको हात समाउँदै गरेको देख्दा मेरो मन पनि अनायासै आफ्नै बाबालाई खोज्न थाल्छ। तर मेरो भाग्यमा भने बाबाको साथ धेरै लामो समय लेखिएको रहेनछ। 🥺
सानैमा हजुर हामीलाई छोडेर जानुभयो। यति सानै कि आज पनि हजुरको अनुहारसमेत राम्रोसँग सम्झन सक्दिनँ।
कहिलेकाहीँ लाग्छ, हजुरसँग केही वर्ष मात्र होइन, केही पलहरू अझै धेरै बिताउन पाएको भए कति राम्रो हुन्थ्यो होला है… 😭
Daddy, हजुरको याद आज मात्रै आउँदैन।
अरू कसैले आफ्नो बाबासँग रमाएको देख्दा, बाबा–छोरीको माया देख्दा, जीवनका हरेक सुख-दुःखका मोडमा हजुरको याद आउँछ। मनले बारम्बार एउटै प्रश्न गर्छ,
“Daddy, हजुर किन यति छिट्टै हामीलाई एक्लो बनाएर जानुभयो?” 💔
हजुर नभएपछि जीवनले हामीलाई धेरै कुरा सिकायो।
हजुरको अभावमा ममीले भोग्नुपरेका दुःख, नजिकका आफन्त र समाजबाट पाएका अपमान र हेपाइका ती दिनहरू आज पनि मेरो मनमा ताजै छन्। हामी साना थियौँ, तर ममीले हामीलाई सम्हाल्दै आफूभित्रको पीडा लुकाएर कति रात बिताउनुभयो होला, त्यो सम्झिँदा आज पनि आँखा रसाउँछन्।
ममी राति झस्किँदै रुँदै बिउँझिनुभएको ती रातहरू… ती दृश्यहरू चाहेर पनि कहिल्यै बिर्सन सक्दिनँ। 😭
Daddy, हजुरले हामीलाई छोडेर गएको वर्षौँ भइसक्यो, तर हजुरको अभावले बनाएको खाली ठाउँ आजसम्म कसैले भर्न सकेको छैन।
कहिलेकाहीँ मन लाग्छ, एकपटक मात्र हजुरलाई भेट्न पाए, एकपटक मात्र “Daddy” भनेर बोलाउन पाए, अनि हजुरको काखमा टाउको राखेर मनभरि रुन पाए… सायद मनमा वर्षौँदेखि थुप्रिएको पीडा अलिकति भए पनि हलुका हुन्थ्यो होला। 😭❤️
एकदिन सबैले यो संसार छोडेर जानुपर्छ भन्ने थाहा छ।
तर बाबा, हजुर यति चाँडै जानुपर्ने थिएन नि…
हामीलाई अलिकति ठूलो भएको हेर्नुभएको भए, हाम्रो हात समाएर हिँड्नुभएको भए, हाम्रो सफलतामा मुस्कुराउनुभएको भए, हाम्रो दुःखमा काँध दिनुभएको भए… कति राम्रो हुन्थ्यो होला। 🥺
आज हजुरसँग को कुनै नयाँ तस्बिर छैन, कुनै नयाँ सम्झना थप्न सक्दिनँ।
तर मेरो हृदयमा हजुरको एउटा यस्तो तस्बिर छ, जुन समयले कहिल्यै मेट्न सक्दैन। ❤️
Daddy, धेरै सम्झिरहेको छु…
Miss you Daddy… ❤️😭
Happy Father’s Day, Daddy. 🕊️❤️
27/08/2026
🇳🇵 Nepal Needs Your Support and love🙏🏻❤️
The sudden and unexpected floods in Nepal have caused severe destruction, affecting communities, homes, roads, businesses, and livelihoods. Many families have lost loved ones and now struggling for food, clean drinking water, medicine, clothing, and safe shelter.
To all Nepalis living across the world and kind-hearted people of every nationality, this is a time to stand together and support those who are suffering.
🙏🏻 Please donate whatever you can through the official Government of Nepal donation QR code below or online portal. Even a small contribution can bring essential relief to a family in need.
🇳🇵❤️ Stand with Nepal. Stand with the flood-affected families. जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
A/C Name: Prime ministers disaster relief fund
27/08/2026
Good news : बगिरहेको श'वबाट ल'छारपछा'र गर्दै सुन तान्ने व्यक्तीलाइ प्रहरीले प'क्राउ गरेको छ । यी दानव हरुलाई हदै सम्मको का?रबाही होस् 😡😡😡😡😡😡
के साँच्चै मानवता हराएको नै हो??????????
मानिस मा भन्दा त जनावरमा मानवता देखियो ।
आन्दोलनको बहानामा भाटभटेनी लुट्नेदेखि बाढीको मौकामा लासबाट सुन लुच्ने सम्म जनताहरु देखियो.... लुटेरा नेता भन्दा लुटेरा जनता रैछ मेरो देशमा 😔🥹😡। लासबाट कपाल तानी तानी सुन निकाल्न सक्ने पापीले त्यो लासलाई बाहिर निकाल्न सकेन 😡😡 अनि अरू दर्शक बनेर हाँस्दै हेरिरहेका छन् मानौं त्यहाँ कुनै रमाइलो कार्यक्रम भइरहेको छ।
यदि तिमीलाई माया गर्नु नक्साविहीन यात्रा हो भने, मलाई हराउन देऊ । तिमीबिना बाटो भेट्टाउनुभन्दा तिमीसँगै बाटो बिराउन नै मेरो पहिलो राेजाई हुनेछ माया ❤️🥰
゚
20/08/2026
छोरी मान्छे आखिर सुरक्षित चाहिँ कहाँ हुने? 😢
घरमा सुरक्षित छैन, बाटोमा सुरक्षित छैन, आफ्नै चिनजान र नातागोताभित्र पनि सुरक्षित छैन। न उमेर हेरिन्छ, न सम्बन्ध, न मानवीयता। केही विकृत मानसिकताका मानिसले छोरीको अस्तित्वलाई आफ्नो वासनाको साधन मात्र ठान्ने अवस्था कहिलेसम्म?
गरिमा चौधरी, जम्मा ३ वर्षकी अबोध बालिका।
खेल्ने, हाँस्ने र संसार बुझ्न सुरु गर्ने उमेर। तर त्यही नानीमाथि बलात्कार गरेर हत्या गरिएको खबरले मन नै चिरिएको छ। 😢💔
३ वर्षको बालिकाले कसैलाई के बिगारेकी थिइन्? उनको अपराध के थियो? किन एउटा अबोध नानीले यस्तो अमानवीय पीडा भोग्नुपर्यो?
गरिमा चौधरीमाथि भएको यो जघन्य अपराध केवल एउटा परिवारको पीडा होइन। यो हाम्रो समाज, हाम्रो कानुन र हरेक छोरीको सुरक्षामाथि उठेको गम्भीर प्रश्न हो।
आज ३ वर्षकी गरिमामाथि भएको छ, भोलि कसको पालो?
कहिलेसम्म छोरीहरू डराएर बाँच्नुपर्ने? कहिलेसम्म आमाबुबाले आफ्ना छोरीहरू सुरक्षित छन् कि छैनन् भनेर डराइरहनुपर्ने?
अब मौन बस्ने समय होइन। यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही हुनुपर्छ, ताकि फेरि कुनै अबोध गरिमाले यस्तो नियति भोग्न नपरोस्।
गरिमाका लागि न्याय चाहिन्छ।
हरेक छोरीका लागि सुरक्षा चाहिन्छ।
अपराधीलाई कडाभन्दा कडा सजाय चाहिन्छ।
अब मौनता होइन, आवाज उठाऔँ। 🖤🙏
सरकार यस्ताे अपराधीको लागि कडा कानुन खोई हाम्रो देशमा ???
07/08/2026
आफ्नो लागि दरिलो खम्बा आफै बन्नु ,आफ्नो लागि ताली बजाउन सिक्नु ,आफ्नो लागि गर्नु र आफैले नै गर्नु अरुको आश नगर्नु 🌸❤🥰
BBQ
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Alerts
Be the first to know and let us send you an email when Sabina Shrestha_Mimi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.