JCI Achham
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Achham, Health/Beauty, Achham.
19/08/2026
https://kamalbazardainik.com/19362/? समाचार प्रकाशन गरी सहयोग गर्नुभएकोमा कमलबजार दैनिक डटकम प्रति हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद। 🙏
अछाम जेसिजको आयोजनामा दलित महिला सशक्तीकरण कार्यक्रम कमलबजारमा सम्पन्न कमलबजार, भाद्र ०३ । अछाम जेसिजको आयोजना तथा कमलबजार नगरपालिका २ नं वडा कार्यालयको समन्वयमा दलित महिला सशक्तीकरण .....
19/08/2026
दलित महिला सशक्तीकरण कार्यक्रम आज मिति २०८३ भदौ ३ गते (अगस्ट १९, २०२६) कमलबजार नगरपालिका वडा नं. २, अछाममा सफलतापूर्वक सम्पन्न भएको छ।
आयोजक:- अछाम जेसीज
समन्वय :-कमलबजार न पा वडा नं २ कार्यालय
-कार्यक्रम को प्रमुख अतिथि कमलबजार नपालिका नगर उप -प्रमुख शारदा बिष्ट कुवर
-सभा अध्यक्ष -जेसी झनक अधिकारी
-बिशिष्ट अतिथि :वडा अध्यक्ष दिर्घ टमट्टा
-अतिथि:-अछाम जेसीज पूर्व अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय
अतिथि -महिला शाखा प्रमुख :डम्मरा ढुंगाना
प्रहरि प्रतिनिधि,महिला अगुवाहरु,जेसिजका पदाधिकारी लगायतको उपस्थिति
कार्यक्रम संचालन :-महासचिव जेसी आनन्द साउद
स्वागत मन्तव्य :-जेसी हिक्मत नेपालि
जेसीज आस्था पाठ:-जेसी पवित्रा खड्का
कार्यक्रम को मुल उदेश्य:-महिलाहरुलाई हरेक क्षेत्रमा अधिकार प्रदान गरि आत्मनिर्भर बनाउने । JCI Achham
18/08/2026
यही भदौ ३ गते हुने यो बिषेश कार्यक्रममा यहाँ हरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
17/08/2026
आज नागपञ्चमी 🐍 : नाग पञ्चमीका दिन नाग वा सर्पको पूजा गरिन्छ। घरको ढोकामा नागको चित्र टाँस्ने चलन छ। उत्तर दिशातर्फ नागको शिर सम्झी पूजा गर्दा वर्षभर सर्प, नाग र बिच्छीको भय नहुने विश्वास रहिआएको छ। नागपञ्चमीको सबैमा शुभकामना ।
15/08/2026
🏆 जुलाई महिनाको Sankalpa to Success Award! 🎉
जय JCI Achham🙌
2026
13/08/2026
https://pairabikhabar.com/6702/?fbclid= समाचारका लागि धेरै - धेरै धन्यवाद।
अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न Read More..
13/08/2026
https://mangalkhabar.com/archives/14299? “समाचार प्रकाशन गरिदिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार।”
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न पवित्रा खड्कासाउन २७, अछाम ।अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “परिवर्तनका संवाहक युवा” विषयक वक्तृत्वकल...
12/08/2026
अन्तर्राष्ट्रिय यूवा दिवसको अबसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा ६ वटा शैक्षिक संथाका १३ जना सहभागी पुरस्कृत भाई बहिनिहरुलाई हार्दिक बधाई ।
अछाम जेसीज र यूवा संञ्जाल अछामको संयूक्त आयोजनामा सफलतापूर्वक सम्पन्न कार्यक्रम मा वाक नेपाल र मंगलसेन नगरपालिकाको सहकार्य रह्यो।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र सिंह बिष्ट ज्यूको प्रमुख आतिथ्यता मा जिल्ला प्रहरी प्रमुख पविन्द्र बम ,शिक्षा विकास तथा समन्वय प्रमुख अम्बादत्त जोशी,मं न पा वडा नं ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट,८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा,शिक्षा शाखा प्रमुख दिपक भन्डारी,जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत बखतजन खड्का ,षोडशा मावि का निवर्तमान प्र.अ बृकेश बोगटी ,नागरीक समाज अछामका अध्यक्ष शंकर रावल,अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसी,बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा,२४ का अध्यक्ष फलेन्द्र प्रसाद उपाध्याय,नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य धन कुमार केसी,यूवा संञ्जाल का पूर्व अध्यक्ष होम साउद,उपाध्यक्ष मेनुका ढुंगाना ,पत्रकार पुजा शाही,पवित्रा खड्का लगायत उल्लेखनीय उपस्थिति रहेको थियो।
जेसीज बर्ष २०२६ का महासचिव आनन्द साउद को जेसीज आस्था पाठ बाट सुरू गरियको कार्यक्रम को स्वागत मन्तव्य नगर यूवा संञ्जाल का अध्यक्ष श्याम सुन्दर रावल ले गर्नु भई कार्यक्रम को संचालन अछाम जेसीज बर्ष २०२६ का कोषाध्यक्ष तथा जिल्ला यूवा संञ्जाल का अध्यक्ष कमल रावल ले गर्नु भएको थियो।JCI Achham2026 # #.
09/08/2026
अछाम जेसीज वर्ष २०२६ को पाचौं बोर्ड बैठक विभिन्न एजेन्डा माथि छलफल गरी सम्पन्न भयको छ।मिति २०८३ साउन २४ गते .JCI Achhamवर्ष #2026.
Click here to claim your Sponsored Listing.