Ghuseri Youth Club

Ghuseri Youth Club

Share

Binayi Tribeni Rural Municipality-2 Ghuseri, Nawalpur

24/07/2026

नेपाल विद्युत् प्राधिकरणले नवलपरासी त्रिवेणी गाउँपालिका–२ घुसेरीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ / 🙏

05/07/2026

Erling Haaland's brace sends Norway to the quarter-finals! 👊🇳🇴

03/07/2026

फिफा विश्वकपको त'नावपूर्ण खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। खेलको अन्तिम क्षणमा VAR ले क्रोएसियाको गोललाई अफसाइड भन्दै रद्द गरेपछि आ'क्रोशित समर्थकहरूले मैदानमा बोतल र क्यान बर्साए। यससँगै क्रोएसिया विश्वकपबाट बाहिरिएको छ।

16/06/2026

किप्पर कस्तो... चुम्बक जस्तो 😘

15/06/2026

हाम्रा यसै क्लव का सक्रिय सदस्या एबम जल्दोबाल्दो खेलाडी
श्री Kishor Magar सर राम्रो भबिस्य को खोजी मा जापान 🇯🇵
प्रस्थान को लागी हामी घुसेरी बासी र घुसेरी युथ क्लव द्वरा
शुभा यात्रा भन्न चहान्छौ
Have a save flyght
Nepal🇳🇵to Japan🇯🇵

Photos from Ghuseri Youth Club's post 12/06/2026

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित सिसेनी र बगुवन क्षेत्रमा वर्षासहित आएको हुरीबाट प्रभावित परिवारहरूलाई नेपाल रेडक्रस सोसाइटी दाउन्नेदेवी उपशाखा, दुम्किवासले राहत सामग्री वितरण गरेको छ।
प्राकृतिक विपद्बाट क्षति व्यहोरेका परिवारहरूको तत्काल राहत तथा सहयोगका लागि त्रिपाल, कम्बल लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको उपशाखाका सभापति विदुर तिमिल्सिनाले जानकारी दिनुभयो। प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराई कठिन परिस्थितिमा सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिएको उहाँले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार अपराह्न आएको वर्षासहितको हुरीले उक्त क्षेत्रमा १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ। हावाहुरीका कारण विभिन्न घरका टिनका छाना उडेका छन् भने केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ। त्यस्तै, केही कच्ची घरका पर्खाल चर्किएका छन् भने एक घरको ब्लकको पर्खाल समेत भत्किएको प्रहरीले जनाएको छ।
विपद्बाट प्रभावित परिवारहरूको अवस्था बुझ्दै स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाहरूले राहत तथा पुनःस्थापनाका कार्यलाई अगाडि बढाएका छन्।

10/06/2026

आदरणीय खेल प्रेमी दाजुभाइ तथा खेलाडी भाइहरू लाई सम्पूर्णलाई नमस्कार। 🙏 म यसै दुम्कीबास युवा विकास प्रतिष्ठान को खेल सहयोजकको रूपमा कार्यरत छु। र म एउटा सानो जानकारी लिएर आएको छु तपाईंहरूको माझ आज मिति २०८३/२/ महिना २७ गते हामीले यसै वर्ष आउँदै गरेको दशैं र तिहारको बीचमा यस ठाउँको गरिमाएको लागि स्वास्थ्यको लागि खेलकुद राष्ट्रलाई खेलकुद को मूल नारासहित ११ (A) साइड 'प्रथम मेयरकप-२०८३) खेलाउनको लागि हामीले आज विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीज्यूलाई प्रस्ताव पेश गरिसकेका छौं। र त्यसको लागि पनि अध्यक्षज्यूले सर्व सहमत भई आगामी दिनको बजेट बाट खेलको लागि पूर्णरूपले सहयोग गर्ने पनि बताउनुभएको छ। र खेल कहिले के कतिको हुने भनेर म क्लबको पेज मार्फत तपाईँलाई जानकारी गराउनेछु। धन्यवाद🙏

07/06/2026

✋⚽ HANDBALL: Know the Rule!

Not every touch of the ball on the hand or arm is a handball offence. The decision depends on factors such as intent, arm position, and whether the player has made their body unnaturally bigger.

✅ Deliberate handball
✅ Unnaturally bigger body position
✅ Scoring directly with the hand/arm

❌ Ball deflects from your own body onto your arm
❌ Supporting arm while falling
❌ Ball played onto your arm by a teammate (in most situations)

Understanding the handball law helps players, coaches, referees, and fans appreciate the game even more.

📚 Test your knowledge:
Do you think the current handball law is clear enough, or should it be simplified?

06/06/2026

नेपाली समय अनुसार फिफा विश्वकप ⚽️२०२६ खेल तालिका

समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
समूह H
असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
समूह I
असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
समूह J
असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
समूह K
असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
समूह L
असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
असार ४: घाना VS पानामा — राति ४:४५ बजे
असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
🏆 नकआउट चरण (Knockout Stage)
राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
सेमिफाइनल: असार ३१ र असार ३२ मा
तेस्रो स्थानको खेल: साउन ३ गते
फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

26/05/2026

यस्तो पो आयो त !!
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्गाहा विरुद्ध आरोपपत्र दायर गरेको छ ।

ती शिक्षकले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गते अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए भने २०७५ चैत २९ गते उनी सोही विद्यालयमा प्राथमिक तहका स्थायी शिक्षक बनेका थिए । पछिल्लो समय उनी मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकको रुपमा कार्यरत थिए।

Want your business to be the top-listed Beauty Salon in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dumkibas
Butwal
2468