InShort DhulikHel
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from InShort DhulikHel, Dhulikhel.
12/08/2026
जय होस दत्तात्रेय भगवान को 🙏🙏
हिन्दू धर्ममा भगवान दत्तात्रेय (दत्तगुरु) लाई ब्रह्मा, विष्णु र महेश (त्रिदेव) को संयुक्त अवतार तथा विशेष गरी भगवान विष्णुको एक प्रमुख दिव्य रूप मानिन्छ। उहाँ ऋषि अत्रि र माता अनुसूयाका पुत्र हुन्। उहाँको स्वरूपमा तीन टाउको र छ वटा हात हुन्छन्, जसले त्रिदेवको प्रतिनिधित्व गर्छ।
゚ ゚everyone ゚
11/08/2026
जय होस भिमसेन महाराजको🙏🙏,भक्तपुर।।
゚ fans ゚everyone
11/08/2026
आज गथांमुगः चःह्रे (घण्टाकर्ण चतुर्दशी) का दिन धुलिखेल नगर का केही प्रमुख नेवारी बस्तीहरु मा बनाइएका केही घण्टाकर्णका पुत्लाहरु।छ्वाली र नर्कतबाट बनाइएको गथामुगको पुत्लालाई शहरको दोबाटो वा खोला किनारमा लगेर जलाइन्छ। ゚ ゚everyone ゚
11/08/2026
देवी दुर्गा र देवी नरसिंह दुवैको रूप निकुम्बाला देवी, शक्तिवादसँग सम्बन्धित एक शक्तिशाली हिन्दू देवी हुन्। उनी सिंहको टाउको र महिलाको शरीर धारण गर्छिन्। उनी रावण र उनका छोरा मेघनाथकी कुलदेवता थिइन्, जसलाई युद्धमा विजय र नकारात्मक शक्तिहरूबाट सुरक्षाको लागि पूजा गरिन्थ्यो। उनको जन्म भगवान विष्णुको नरसिंह अवतारको क्रोधलाई शान्त पार्न भएको थियो।
゚ ゚everyone ゚
11/08/2026
जय जय जय महाकाल को 🙏🙏श्री स्वयम्भू नाथ परिसरमा ।।
#महकाल_स्वयम्भ_नाथ ゚ Kho Tàng Phật Pháp ゚everyone ゚
11/08/2026
जय जय जय होस बाघ भैरव को🙏🙏🙏किर्तिपुर नेपाल ।।
゚ fans ゚everyone ゚
11/08/2026
जय गुरु गणेश 🙏🙏कुलेश्वर काठमाडौं ।।
゚ fans ゚everyone ゚
10/08/2026
श्री विष्णु भगवान को जय 🙏🙏श्री शेषनारायण मन्दिर फर्पिङ ।।
゚ fans #धुलिखेल ゚everyone ゚
10/08/2026
गठामुगः चह्रे (घण्टाकर्ण चतुर्दशी) नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक पर्व हो। यो हरेक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिका दिन देशका विभिन्न नेवारी बस्तीहरूमा धुमधामका साथ मनाइन्छ।नेवारी संस्कृतिमा यस दिनलाई वर्षभरिको भूत, प्रेत र नकारात्मक ऊर्जालाई घर र समुदायबाट बाहिर निकाल्ने दिनको रूपमा लिइन्छ।असार र साउन महिनाको ब्यस्त खेतीपाती (रोपाइँ) सकिएको खुसीयालीमा यो पहिलो चाडका रूपमा मनाइन्छ।
स्थानीय बासिन्दाहरूले टोलटोलका दोबाटो र चौबाटोहरूमा नर्कट, पराल, र बाँसको प्रयोग गरेर तीनखुट्टे राक्षस घण्टाकर्णको ठूलो पुत्ला बनाउँछन्।टोलका बालबालिका र युवाहरू गठामुगःको पुत्ला अगाडि बसेर बाटो हिँड्नेसँग 'जगात' (भन्सार वा कर) का रूपमा पैसा माग्ने गर्छन्।यस दिन भूतप्रेतबाट बच्नका लागि हातमा फलाम, तामा वा पित्तलको औंठी लगाउने धार्मिक विश्वास रहेको छ।
साँझपख उक्त परालको पुत्लालाई घिसार्दै नजिकैको नदी, खोला वा गल्छीमा पुर्याएर जलाइन्छ वा सेलाइन्छ। यसलाई राक्षसको अन्त्य र न्यायको जित मानिन्छ।
゚ fans ゚everyone ゚
10/08/2026
ॐ,जय भोले🙏🙏 , श्री गोखुरेश्वर महादेब स्थान मा आज श्रावण महिना को अन्तिम सोमबार को दिन ।।
゚ fans ゚everyone ゚
Click here to claim your Sponsored Listing.
Website
Address
45200