loksewa preparation

loksewa preparation

Share

Amresh Yadav

Photos from DJ Bajgain-डिजे बजगाईं's post 15/06/2026
Photos from Ramkumar khatri - रामकुमार खत्री's post 15/06/2026
14/06/2026

Madesh 4th

आज मधेस प्रदेश चौथो तह(खरिदार) तेस्रो पत्रमा सोधिएको प्रश्नपत्र।।

Photos from Kamal Oli - कमल ओली 's post 13/06/2026

Madesh 4th

Photos from Dipak Khatri - दिपक खत्री's post 13/06/2026
11/06/2026

म त यो वर्ष (आउँदो विज्ञापन) पहिलो प्रयास गर्नेछु..
केही सुझाव छ भने दिनुहोस् साथीहरु
अनुभवहरू बताउनुहोस् 🙌

मैले तीनवटै पेपरको नोट तयार गरिसकेको छु।
असोज महिनासम्म तीनवटै पेपरको आधारभूत ज्ञान र लेखन क्षमता हासिल गर्ने उद्देश्य छ।
त्यसपश्चात प्रथम पत्रको परीक्षा हुनु करिब २० दिनअघिसम्म
तीनओटै पेपरको सन्तुलित अभ्यास गर्ने योजना छ।
पढ्न सुरु गरेको २०८२ जेठ 12 देखि हो
करिब एक वर्ष पुगिसक्यो।

मेरो अनुभव :
- १७ वटा प्रश्न एउटा पनि छुटाउनु हुँदैन, समयको सन्तुलित प्रयोग गर्दै सन्तुलित उत्तर लेख्नुपर्छ।
- करिब ६+१ मिनेटमा पाँच अङ्कको प्रश्न र १२+२ मिनेटमा १० अङ्कको प्रश्नको उत्तर लेख्ने बानी बसाल्नै पर्छ।
+ गर्नुको कारण बफर जोन हो। परीक्षामा आत्तिन्छौं त्यसकारण आफैले प्राक्टिस गर्दा अन्तिममा पनि एक मिनेट अगाडि लेखेर सक्नु नै बुद्धिमानी हो।

- मैले करिब २० जना सिफारिस भइसकेका
अग्रजहरूको प्राक्टिस गर्दाको उत्तरपुस्तिका हेरे, लेखे.. त्यसबाट आफ्नो लेख्ने शैली, संरचना हरूमा सुधार गरे।
- समयको एकदमै अभाव हुन्छ। यताउति अल्झिनु हुँदैन। प्रश्नअनुसार उत्तरतर्फ लागिहाल्नुपर्छ
- प्रश्न दुई प्रकारले सोधिन्छ:
पहिलो: २+३ : सुशासन भनेको के हो ? त्यसको उद्देश्य उल्लेख गर्नुहोस्।
यसको उत्तर लेख्दा परिचय खण्डमा पनि समय आवश्यक हुन्छ। जसमा मुख्य परिभाषा र ३ तीनवटा जति विशेषता झल्काउने, तथ्य तथ्याङ्क, मिति तिथि र कानुनी व्यवस्था कुराहरू लेख्नु आवश्यक हुन्छ।
करिब २.५ मिनेट यो खण्डमा खर्च हुन्छ।
मुख्य खण्ड : तीन अङ्क छुटाइएको छ। त्यसकारण सके ६ वटा र कम्तिमा पाँचवटा
सटिक र अर्थपूर्ण र प्रश्नले मागे बमोजिम
बुँदाहरु लेख्नुपर्छ।
लगभग ४ मिनेटमा आफै अनुमान गर्नुहोस्।
कति लामो बुँदा र कतिवटा।
निष्कर्ष खण्ड : पाँच अङ्कका लागि सकेसम्म एक वाक्यको लेख्दा नै उपयुक्त हुन्छ। कम्तिमा ३० सेकेन्डमा।

दोस्रो : सिधै ५ अंकको ।
प्रश्न : राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्व प्रष्ट पार्नुहोस्।
यसमा परिचय खण्डमा अल्झिनु हुँदैन..
सिधै एक वाक्यको परिचयलाई विषय प्रवेशसँग जोडेर मूल खण्डमा प्रवेश गर्नुपर्छ।
मुख्य खण्डमा कम्तिमा आठवटा र सके १० वटा स्पष्ट, तथ्यपरक र सटिक बुँदाहरू लेख्नुपर्छ।
निष्कर्ष खण्ड : यस्तो प्रश्नमा दुईटा बुँदा लेख्दा पनि उपयुक्त हुन्छ।

- यो अनुभव मेरो आफ्नै हो..
६ मिनेट र १२ मिनेटमा उत्तर लेख्ने बानी बसाल्दैछु म पनि।
- अक्षर अलि ठूलो लेख्नुपर्यो, तिथिमिथि, तथ्याङ्क स्पष्ट लेख्नुपर्यो.. आकर्षण भइहाल्छ।
- पहिलोपटक परीक्षा नदिँदासम्म सबैको हौसला धेरै हुन्छ तर ठक्कर खाएपछि बल्ल होशमा आउँछन् हैन त 🤣 मेरो के हुन्छ थाहा छैन 🥹
- मेरो समयतालिका पनि छ। हेर्नुहोस्

मेरो प्रश्न : लिखित पत्रका हरेक खण्डहरू छुट्टाछुट्टै जाँचकले जाँच गर्छन् ?

आफ्नो पढाइको अनुभव पनि सेयर गर्न नभुल्नुहोला ।

१०/२४ घण्टाको मेरो समयतालिका छ
दिनमा ६ घण्टा लिखित पत्र, २.५ घण्टा प्रथम पत्र र १.५ घण्टा Timing सहित प्रश्न समाधान र Google लाई सोध्छु अनि कस्तो छ भनेर 🤭😎।

आफूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्दै अध्ययन गर्नुपर्छ 🔥

शुभकामना सबैलाई 🔥

Photos from Birendra Acharya -विरेन्द्र आचार्य's post 10/06/2026
07/06/2026
Want your business to be the top-listed Beauty Salon in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Janakpur
Janakpur