Godawari scout crew
Service special Task force
29/08/2026
thankful to attariya
27/08/2026
विपद्को समयमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ।
विपद्का बेला बालबालिका तथा किशोरकिशोरीमा डर, चिन्ता, तनाव, एक्लोपन वा व्यवहारमा परिवर्तन देखिन सक्छ। यस्तो अवस्थामा उनीहरूलाई सुरक्षित वातावरण, माया, साथ र आवश्यक परे मानसिक स्वास्थ्य सेवाको पहुँच आवश्यक हुन्छ।
अभिभावक तथा परिवारले
👉 बालबालिकाको कुरा ध्यानपूर्वक सुनौँ।
👉 उनीहरूको डर वा भावनालाई बेवास्ता नगरौँ।
👉 सुरक्षित र सहयोगी वातावरण दिऔँ।
👉 असामान्य व्यवहार वा मानसिक तनावका लक्षण देखिएमा स्वास्थ्यकर्मी/मानसिक स्वास्थ्य सेवासँग सम्पर्क गरौँ।
🏥 विपद् व्यवस्थापनमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगलाई पनि प्राथमिकता दिऔँ।
📞 बाल हेल्पलाइन १०९८
जोखिममा रहेका बालबालिकाका लागि उद्धार, संरक्षण, राहत तथा मनोपरामर्शलगायत सहयोगका लागि निःशुल्क १०९८ मा सम्पर्क गर्न सकिन्छ।
❤बालबालिकाको मनको कुरा सुनौँ, उनीहरूलाई साथ दिऔँ र सुरक्षित भविष्य निर्माण गरौँ।
27/08/2026
‼️🚨🛟🦺सूचना‼️🚨🛟🦺
रसुवामा आएको बाढी तथा अन्य विपद् व्यवस्थापनका लागि तत्काल स्वयंसेवी रूपमा सहयोग गर्न इच्छुक सम्पूर्ण स्काउट लिडर, रोभर तथा रेञ्जर हरूलाई कृपया यो फारम भरी आफ्नो विवरण उपलब्ध गराइदिन हार्दिक अनुरोध गर्दछौं।
तपाईंको सहभागिताले विपद् प्रभावित समुदायलाई शीघ्र राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
https://forms.gle/36rdooqCjLJmq6Wq7
27/08/2026
मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
22/08/2026
जापानी इन्सेफलाइटिस (JE) बाट सुरक्षित रहौँ!
नेपालमा ११ अगस्ट २०२६ सम्म ५४ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ। पुष्टि भएका बिरामीमध्ये ८९% ले JE विरुद्धको खोप नलगाएको पाइएको छ। धेरैजसो केस तराईका जिल्लाबाट देखिएका छन्।
👉 के गर्ने?
खोप लगाउनुहोस्। नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा JE खोप दिइन्छ। छुटेको भए ५ वर्षसम्म लगाउन सकिन्छ।
लामखुट्टेको टोकाइबाट बचौँ—सुत्दा झुल प्रयोग गरौँ, घरबाहिर जाँदा शरीर ढाक्ने कपडा लगाऔँ र आवश्यकताअनुसार लामखुट्टे भगाउने साधन प्रयोग गरौँ।
धानखेत तथा सुँगुर फार्म नजिक बसोबास गर्ने व्यक्तिहरूले लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाऔँ।
५० वर्षभन्दा माथिका व्यक्तिहरूमा JE सम्बन्धी मृत्यु बढी देखिएको छ, त्यसैले परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिऔँ।
ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा मानसिक अवस्थामा परिवर्तन जस्ता गम्भीर लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
सचेत बनौँ, खोप लगाऔँ, लामखुट्टेको टोकाइबाट बचौँ—जापानी इन्सेफलाइटिसबाट सुरक्षित रहौँ।
#खोप #स्वास्थ्यसन्देश #स्वस्थनेपाल
22/08/2026
🚦 सडक सुरक्षा हामी सबैको साझा जिम्मेवारी 🚸
मिति २०८३।०५।०६ गते, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीज्यूको उपस्थितिमा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया स्थित गोदावरी नगरपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा अध्ययनरत नेपाल स्काउटका विद्यार्थीहरूको सहयोगमा सडक दुर्घटना न्यूनीकरण तथा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममार्फत पैदलयात्रीलाई जेब्राक्रसिङबाट मात्र सडक पार गर्न, ट्राफिक नियमको पालना गर्न तथा सडकमा हिँड्दा र सवारी साधन चलाउँदा आवश्यक सावधानी अपनाउन सचेत गराइएको थियो । सडकमा केही सेकेन्डको हतारले जीवनभरको क्षति निम्त्याउन सक्छ । त्यसैले सडक पार गर्दा हतार नगरौँ, जेब्राक्रसिङको प्रयोग गरौँ र ट्राफिक नियमको सम्मान गरौँ । 👮♂️🦺
17/08/2026
मौसम चेतावनी (१ भदौ २०८३)
आज मौसम चेतावनी नक्सामा गण्डकी पश्चिमका पहाडी तथा तराई क्षेत्रमा सुन्तला रङ लगाइएको छ। सुन्तला रङ लगाइएको क्षेत्रका बासिन्दाले बाढी पहिरोको जोखिमबाट बच्न सतर्क रहनु होला। पहेंलो क्षेत्रका बासिन्दाले मौसम सम्बन्धी जानकारी लिदै आफ्ना दैनिक गतिविधि गर्नुहोला।
Disaster Risk Reduction & Management Authority
Neoc Moha
of Agriculture, Forests and Environment Nepal -Moafe
09/08/2026
आज गोदावरी ओपन स्काउट क्रिउ को अत्तरिया ट्राफिक कार्यालय द्वारा प्रदेश ट्राफिक उपरिक्षेक नवराज कार्की ज्यू बाट ट्राफिक स्वयम्सेवक सचेतना कार्यक्रम प्रतिभा पुस्तकालयमा सम्पन्न ।
धन्यबाद प्रतिभा पुस्तकालयका अध्यक्ष श्री भूपेश जोशी सरलाई यस कार्यक्रममा सहयोग गर्दिनु भएकोमा हामी सधैं आभर रहनेछौ ।
धन्यबाद ट्राफिक प्रहरी कार्यालय अत्तरिया
धन्यबाद प्रतिभा पुस्तकालय
Nepal Scouts Province Scouts Office Sudurpaschim Province
Nepal Scouts
Smile Banshi
Bhupesh Joshi
Jahar Singh Thapa
Sanjaya Jung Xettri
Godawari open scout crew