Aayu Health Care Pvt. Ltd.

Aayu Health Care Pvt. Ltd.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aayu Health Care Pvt. Ltd., Health/Beauty, वाणगंगा न. पा./०१, बैरिया, कपिलवस्तु , (पाभ्र विक्रम जाने बाटोको ठीक बीचमा), Kapilvastu.

13/10/2026

डेंगुका प्रारम्भिक लक्षण देखिएको ३ देखि ७ दिनपछि तलका मध्ये कुनै पनि समस्या देखिएमा तुरुन्तै आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस्। 👩‍⚕️👨‍⚕️

🩸 गिजाबाट रगत आउनु
😟 अत्यधिक थकान वा बेचैनी हुनु
🤮 बान्तामा रगत देखिनु
💨 छिटो-छिटो सास फेर्नु
⚠️ पेटमा अत्यधिक दुखाइ हुनु
🤢 लगातार बान्ता भइरहनु

10/10/2026

शुभ बिहानी 🙏

08/10/2026

...

06/10/2026

९०% दीर्घकालीन रोगहरू खाद्य उद्योगको भ्रमपूर्ण प्रचारबाट उत्पन्न हुन्छन् !

सत्य के हो भने, जंक फुडबाट शरीरका लागि आवश्यक महत्वपूर्ण भिटामिन र खनिजहरू हटाइएका हुन्छन् र त्यसमा प्रिजर्भेटिभ, कृत्रिम रंग तथा MSG जस्ता पदार्थहरू थपिएका हुन्छन्।

त्यो खाना होइन, केवल रसायनहरूको एउटा मिश्रण हो, जसलाई तपाईंको शरीरले के गर्ने भनेर नै बुझ्न सक्दैन!

03/10/2026

दीर्घायुका लागि सुरुवाती आधार:

02/10/2026

असोज १७ गते शनिबार आउनुहुने विशेषज्ञहरू

डा. दिपक घिमिरे
MBBS MD
NMC NO: 7119
छाला रोग तथा सौन्दर्य विशेषज्ञ
(बिहान ७ बजे )

डा. देवराज कंडेल
MBBS(TU)
MD (NAMS, Bir Hospital)
भिडियो एक्सरे विशेषज्ञ
Radiologist
( बिहान ७ बजे )

सम्पर्क स्थान:
आयु हेल्थ केयर प्रा. ली.
वाणगंगा न.पा.-०१, बैरिया, कपिलवस्तु
(पाभ्र विक्रम जाने बाटो र मायादेवी रिसोर्टको ठीक बिचमा)
सम्पर्क नं: ९८५७०३०४२६, ९८४३२३१६२०

01/10/2026

आफ्नो रक्तचाप(Blood Pressure) नियन्त्रणमा राख्नुहोस्। 🩵

🥗 स्वस्थ र कम नुनयुक्त खाना खानुहोस्
🏃 नियमित रूपमा शारीरिक रूपमा सक्रिय रहनुहोस्
🚭 धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्नुहोस्
💊 चिकित्सकले तोकेअनुसार औषधि नियमित सेवन गर्नुहोस्
⚖️ स्वस्थ शरीरको तौल कायम राख्नुहोस्
👩🏾‍⚕️ चिकित्सकको सल्लाह तथा निर्देशन पालना गर्नुहोस्

29/09/2026

नेपालमा हरेक वर्ष करिब १०० जना मानिसको रेबिजको कारण मृत्यु हुन्छ । कतिपय घटनाहरू रिपोर्ट नहुने भएकोले वास्तविक मृत्युको सङ्ख्या अझै बढी हुन सक्छ। मानिसमा रेबिज ९९% कुकुरको टोकाइबाट हुने गर्छ।

कुकुर हाम्रा साथी हुन्। तर सानो लापरवाहीले पनि हाम्रो जीवन जोखिममा पर्न सक्छ। त्यसैले आफ्नो कुकुरलाई नियमित रूपमा रेबिज विरुद्धको खोप लगाऔँ । कुकुरले टोकेमा वा चिथोरेमा तुरुन्तै प्रशस्त साबुनपानीले कम्तिमा १५ मिनेटसम्म घाउ सफा गरौँ र उपलब्ध भएमा एन्टिसेप्टिक लगाऔँ । टोकेको घाउमा जडीबुटी, माटो , गोबर लगाउने जस्ता कार्य नगरौँ । ढिला नगरी स्वास्थ्य संस्थामा जाऔँ र स्वास्थ्यकर्मीको सल्लाह अनुसार रेबिज विरुद्धको खोप तथा आवश्यक उपचार गराऔँ ।

सुतिरहेको वा खाँदै गरेको कुकुरलाई नजिस्काऔँ, नतर्साऔँ। कुकुरले पछ्याएमा वा भुकेमा भाग्न तथा दौड्न हुँदैन , बरु शान्त भएर उभिनुपर्छ। लक्षण देखिएपछि रेबिजको उपचार सम्भव छैन। तर समयमै खोप लगाएमा यसबाट १००% बच्न सकिन्छ।

विश्व रेबिज दिवस २०२६
एकतामा शक्ति, रेबिजबाट मुक्ति ।

22/09/2026

लामो समयसम्म बसिरहनु र शारीरिक रूपमा निष्क्रिय रहनु गैर-संक्रामक रोगहरूको जोखिमसँग सम्बन्धित छन्।

कामको समयमा सक्रिय रहनका लागि यी सरल उपायहरू अपनाउनुहोस्:

🚶 हरेक घण्टा ५ मिनेट हिँड्नुहोस्
🧘 बसेर शरीर तन्काउने अभ्यास गर्नुहोस्
💻 सम्भव भएसम्म उभिएर काम गर्नुहोस्
📞 फोनमा कुरा गर्दा हिँड्दै कुरा गर्नुहोस्
🪑 सही आसनमा बस्नुहोस्
🪜 लिफ्टको सट्टा सिँढी प्रयोग गर्नुहोस्
🤸 व्यायाम गर्ने समयबाहेक पनि दैनिक रूपमा शरीर तन्काउने अभ्यास गर्नुहोस्

सानो-सानो गतिविधि, ठूलो स्वास्थ्य लाभ!

Category

Website

Address

वाणगंगा न. पा./०१, बैरिया, कपिलवस्तु , (पाभ्र विक्रम जाने बाटोको ठीक बीचमा)
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Aayu Health Care Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kapilvastu.