RSP Election Campain 2082

RSP Election Campain 2082

Share

राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पुर्ण निर्वाचन जानकारी थाहा पाउन पेजलाई Like & Follow गर्नुहोस !

Photos from Rastriya Swatantra Party - RSP's post 02/05/2026
29/04/2026

आज बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकको छलफलमा सभापति रवि लामिछानेज्यूको सुझाव र निर्देशन:

१) सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिवसहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।

२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।

३) मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।

४) 'हेल्लो सरकार'लाई अझै बढी प्रभावकारी बनाउने र गुनासोबारे हुँदै गरेको काम कारवाहीकाे अवस्था ट्रयाक गर्न मिल्ने गरि काम भइरहेकाे।

५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानून बनाउने हो। तर, त्योक्रममा आफैं कानून बन्न खोज्ने हैन।

६) अन्तरजातीय विवाहको बहानामा समाजमा हुँदै आएको विभेद र दुर्घटना रोक्न आवश्यक छ, त्यसको पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।

७) खाडी द्वन्द्वले बजार मूल्यमा परेको असरबारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुँदै काम गर्दैछौ।

८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपूर्वक लाग्न अनुरोध छ।

९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक-पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र व्यवस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ। र, सबैको भविष्यकाे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र काम गरिने छ। तर, यो क्रममा सरकारले कसैलाई घरबारविहीन बनाउने छैन। सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागतयोग्य छ। तर, अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर 'भोट बैंक' को राजनीति गर्नु गलत हो।

१०) विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याउने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो। यो कदम, कानूनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानून, राजनीतिक व्यबहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौ, ईमानदार भएर बढ्यौ।

११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन। महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदैछ वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षाअनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।

१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असहज वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधै उपलब्ध छु। बैठक कुरेर मात्र नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ। तर, संगठनमा आएर-खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

20/04/2026

विद्यालय शिक्षा हाम्रो अधिकार हो । हामी आइतवार पनि स्कुल खोल्छौँ ।

19/04/2026

रवि र बालेन सम्वन्धमा मिडिया ट्रायलको भ्रम र यथार्थ !
​पछिल्लो समय सामाजिक सञ्जाल र केही मिडियाहरूमा रवि लामिछाने र बालेन शाहबीच दरार आएको, सम्बन्ध चिसिएको वा चाडै टुट्न लागेको भन्दै एक प्रकारको 'मिडिया ट्रायल' नै चलिरहेको छ। केही साना घटना वा काम गर्ने शैलीमा देखिएका स्वाभाविक भिन्नतालाई लिएर यी दुईबीच असमझदारी नै सुरु भयो भनेर भाष्य निर्माण गरिँदैछ। केहि मानिसहरु यो 'कथित दरार' देखेर रमाइरहेका हुन सक्छन्।
​तर, हामीले बुझ्नैपर्ने सत्य के हो भने यो सम्बन्ध मिडियाले भनेजस्तो सजिलै टुट्नेवाला छैन। किनकि, उनीहरूको सम्बन्ध परम्परागत स्वार्थ, सत्ताको बार्गेनिङ र पदको लेनदेनमा टिकेको होइन। यो त सुशासन, पारदर्शिता र नयाँ नेपाल निर्माणको साझा सपनामा अडिएको वैचारिक एकता हो।
दुई फरक कार्यक्षेत्रमा रहेका सशक्त व्यक्तित्वहरूबीच कहिलेकाहीँ काम गर्ने तरिकामा मतभेद हुनु सामान्य हो, तर उनीहरूको गन्तव्य र नियत एउटै छ- देशको विकास र नागरिकको सेवा।
​अब प्रश्न आउँछ- यो सम्बन्ध किन टुट्नु हुँदैन? किनभने यी दुई पात्र आज लाखौँ निराश नेपाली र विशेषगरी युवा पुस्ताका ठूला भरोसा हुन्। परम्परागत सदियाैं देखि चलिरहेकाे बेथितिविरुद्ध लड्न यी दुईको भावनात्मक र रणनीतिक एकता अपरिहार्य छ। रविको राष्ट्रिय स्तरको राजनीतिक नेतृत्व र बालेनको ग्राउन्ड-लेभलको 'एक्सन-ओरिएन्टेड' कार्यशैली एकअर्काका परिपूरक हुन्।
​यदि यो सम्बन्धमा फाटो आयो भने त्यसको सबैभन्दा ठूलो फाइदा तिनै शक्तिहरूलाई हुनेछ, जसले शुसासन र देशकाे भलाे देख्न सक्दैनन् । यो सम्बन्ध टुट्नु भनेको परिवर्तनको एउटा बलियो सम्भावना टुट्नु हो, लाखौँको सपनामाथि पानी फेरिनु हो।
त्यसैले, यो नियोजित मिडिया ट्रायलको भ्रममा नपरौँ। देशले खोजेको परिवर्तनका लागि रवि र बालेनको सहकार्य केवल रहर होइन, देशको अनिवार्य आवश्यकता हो।
यो टुट्ने छैन र हामी नागरिकले यसलाई टुट्न दिनु पनि हुँदैन!

19/04/2026

सञ्चार तथा सूचना प्रविधिमन्त्री Bikram Timilsina लेख्नुहुन्छ:

शुभप्रभात!

सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो?

साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला।

यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन। जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ।

धन्यवाद।

08/04/2026

शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति अङ्गीकार गर्दछ।

विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।

यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दै, निर्धक्क भई तल दिइएको लिंक मार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

गुनासो दर्ताका लागि लिंक कमेन्टमा उपलब्ध गराइएको छ।

06/04/2026

तिमी अमेरिका जस्तो बिकशित मुलुकमा बस्छौ,
तिमी आफैमा एउटा Well Educated केटी हौ,
उमेर पनि परिपक्क छ-राम्रो नराम्रो प्रथम दृष्टि मै छुट्याउन सक्छौ !अमेरिकामा R**e victim लाई: कानुनी रूपमा strong protection हुन्छ, समाजमा support पनि strong छ ! यो थाहा पाउन अमेरिका पुग्नु पनि पर्दैन! नेपाल मै पनि एउटा वर्ग लाइ छोड्ने हो भने support, साहनुभूती, कानुनी गोप्यता बलियो छ!
तिम्रो परिवार modern बिचारबाट प्रेरित छ, educated छ,
तिम्रो भनाइ अनुसार "केही वर्ष अगाडी तिमि R**e victim हुन्छौ र बर्षौ सम्म हिम्मत जुटाएर बस्छौ!" र एक्कासी एकदिन social मिडियामा आएर बृतान्त बताउछौ!

1. के Social Media वा media तिमीलाई न्याय दिने केन्द्र हो ?? की तिम्रो काहानी बेचेर डलरको खेती गर्छन??

2. R**e जस्तो संबेदनशील कुरामा हिम्मत जुटाउने अर्थमा बर्षौको प्रतिक्षा त्यो पनि self-well educated, अमेरिका जस्तो कठोर कानुन बोकेको देशमा जहाँ तिम्रो गोपानीयता लाइ बिशेष प्राथमिकतामा राखेर न्याय दिइन्छ !

3. के तिमिले कानुनले न्याय नदिएर social media को सहारा लिन खोजेको हो ?? पक्कै पनि होइन होला !

3. के Family लाई pressure हुन्छ भनेर गोप्य राखेको कुरा, आज social media को भित्ताभरी, पत्र पत्रिका र टेलिभिजन भरी छरपस्ट हुँदा पारिवारिक pressure ???

4. कानुनले तिम्रो गोपानीयता कायम राख्छ, न्याय दिन्छ र ठिक बिपरित social media-dollar को खेती गर्दै तिम्रो काहानीलाई धन्दा बनाउछ तैपनि तिमी कानुनको ढोका भन्दा अगाडी social media मा पोखिन्छौ!

5. अपराधको उन्मुक्ति अकल्पनीय छ, यति हिम्मत गरेकोमा धन्यवाद! तर R**e को मापदण्ड के हो?? अबधि कति हो? सहमतिको level के कति हो? आरोपित निर्दोष साबित भएमा, आरोप लगाउनेलाई सधै फच्चिया हो?? कतै यो एउटा ब्रम्हाअस्त्र त बन्दै छैन?? आधा social media को अदालतले त सागर लम्साललाइ एक पक्षीय दोषी करार गरिसक्यो ! कथम कदापी उनि निर्दोष साबित भएमा उनको व्यक्तिगत, बैबाहिक, सामाजिक, आर्थिक क्षतिको भारपाई गर्ने माध्यम??

6. एलिना चौहान जस्तो कलाकारहरु, R**e गरेको होइन भने सागर ले पुष्ठि गर्नु पर्छ भन्दै अन्दाधुन्द उफ़्रिरहेको देखेको छु,
"हजुर, आरोप खेप्नेले होइन, लगाउने प्रमाणित गर्नु पर्छ!" कम्तिमा यति basic ज्ञान राखिबक्सियोस! समर्थन र सहानुभूती दुवै तिर राखिबक्सियोस ! सधै पिडित महिला मात्र होइन पुरुष पनि उत्तिकै हुन्छन ! एक चौथाई social media पिडित दाबी गर्ने माथी खनिएको देख्नेले, तिन चौथाई social media सागर लम्साल माथी खनिएको देख्यो की देखेन होला??

7. न्यायको हक पिडितले जति राख्छ, सम्मान पुर्बक बाँच्न पाउने हक केही समय अगाडी मात्र बिहे गरेर आएकी सागर लम्साल की श्रीमतीले पनि उत्तिनै राख्दछिन ! जुन, So Called feminist हरुले सायदै बुझ्लान!

8. आज कुनै कानुन को loophole को प्रयोग गर्दै कसैले कसलाई आरोप लगाई रहँदा, भोलिका दिनमा घाँस काट्न जंगल पस्दा साच्चै नै R**e victims भएकी दिदि बहिनीको न्याय नमरोस !! प्रथम, दृष्टिले के भन्छ भने, Agreed R**e र Forceful R**e को तराजु एउटै भयो भने त्यो सबैभन्दा ठुलो अन्याय हो !

अन्त्यमा, अपराधको उन्मुक्ति हुँदैन, दोषीलाई कडा कारबाही होस् 🙏 निर्दोष साबित भए, आरोप लगाउनेलाई अलिकति बढाएर कारबाही गर्ने व्यवस्था गरियोस ! कानुनको loophole लाइ ब्राम्हाअस्त्र नबनाइयोस!🙏🙏💐💐
स्टन्ट बाजि गर्न जो कोहिलाई कानुन भन्दा माथिको व्यवहार नगरियोस र सरकार बाट यसरी दुव्र्यवहार नगरियोस !

05/04/2026
रास्वपाका युधिष्ठिर बने देशको सभामुख 05/04/2026

रास्वपाका युधिष्ठिर बने देशको सभामुख प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहे...

05/04/2026

भनिन्छ, ‘आँसुमा १ प्रतिशत पानी र ९९ प्रतिशत भाव हुन्छ’ । ❤️🙏

Photos from The Global Success's post 25/04/2023

बधाई तथा शुभकामना !! रास्वपा Rabi Lamichhane र Dr.Swarnim Wagle लाई धेरैधेरै बधाई तथा शुभकामना !!

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu