Juntara Post
This is Official page of www.juntarakhabar.com. Kul Bahadur Oli is founder Of this Page.
Juntara Khabar is a page Operated by Juntara Media Group Pvt.Ltd. Official site is www.juntarakhabar.com
Kul Bahadur Oli is president and Editor of Juntara Khabar, Located Gokarneshwor municipality 8 Makalbari, Kathmandu. Contact No 9861820356, 9806245824
Registration No of DOIB - 4494-2080/2081
Registration no of Press Council Nepal - 4479-2080/2081
Thank You So Much
24/04/2026
फ्रिजमा राख्दा किन कालो हुन्छ पीठो ?
काठमाडौँ । रोटी नेपाली भान्साको महत्त्वपूर्ण परिकार हो । लगभग हरेक घरमा रोटी खाइन्छ ।
समय बचत गर्न धेरैजसो मानिसहरूले पीठो मुछेर पहिल्यै फ्रिजमा राख्ने गर्छन् । तर, केही घण्टा पछि पीठो कालो हुन थाल्छ । यसले पीठाेको रङ्ग त बिगार्छ नै स्वाद र सुगन्ध पनि परिवर्तन गर्छ । यो किन र कसरी हुन्छ ? केही सरल सुझावहरू पालना गरेर तपाईँ पीठोलाई लामो समयसम्म ताजा राख्न सक्नुहुन्छ।
किन कालो हुन्छ मुछेर राखेको पीठो ?
जब पीठो मुछेर फ्रिजमा राखिन्छ, यो हावा र ओसिलोपनको सम्पर्कमा आउँछ । पीठोलाई राम्ररी छोपिएको छैन भने, यसको सतह सुक्न र रङ्ग परिवर्तन हुन थाल्छ । यसबाहेक, लामो समयसम्म राख्नाले पिठोमा अक्सिडेशन हुन सक्छ, जसले गर्दा यो कालो वा खैरो देखिन सक्छ । यही कारणले गर्दा फ्रिजमा राखिएको पीठो चाँडै बिग्रन सक्छ ।
पीठोलाई ताजा राख्न यसलाई हावा छिर्न नपाउने भाडामा हालेर राख्नुपर्छ । पिठोको डल्ला बनाएर यसको बाहिरी पत्रमा थोरै घिउ वा तेल लगाउनुहोस् । यसले पीठो सुक्न वा कालो हुनबाट रोक्छ । हावा पस्न नदिन पीठोको डल्लोलाई सफा कपडा वा क्लिङ र्यापले ढाकिदिनुस् । हावाको सम्पर्कले पीठोलाई चाँडै बिगार्न र कालो बनाउन सक्छ ।
पिठो मुछ्दा गर्नु हुन्न यी गल्ती
पिठो मुछ्दा धेरै पानी प्रयोग नगर्नुहोस् वा धेरै कडा नपार्नुहोस् । मनतातो पानीले मुछ्दा रोटीहरू नरम हुन्छन् । पिठो मुछ्दा थोरै थारै गरेर पानी हाल्नुहोस् । एकैचोटि धेरै पानी थप्दा पीठो बिग्रन सक्छ । पीठो राम्ररी मुछ्नु महत्त्वपूर्ण छ । ५–१० मिनेटसम्म पिठो मुछ्दा रोटीहरू नरम हुन्छन् र फुल्छन् पनि।
नरम र स्वादिष्ट रोटी बनाउन चाहनुहुन्छ ? यी साधारण कुराहरूलाई ध्यानमा राख्नुहोस्
पीठो राख्न हावा नछिर्ने कन्टेनर प्रयोग गर्नुहोस् ।
स्टील, गिलास वा फुड–ग्रेड प्लास्टिक कन्टेनरमा पीठो राख्न सकिन्छ ।
यसले हावा र ओसिलोपनलाई छिर्न दिँदैन ।
मुछेको पिठोलाई सधैँ फ्रिजमा राख्नुहोस् । यसो गर्दा लामो समयसम्म पिठो ताजा रहन्छ ।
मुछेको पिठोलाई २४ घण्टा भित्र प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
यदि पीठोबाट नराम्रो गन्ध आउन लागेको छ, रङ्ग उल्लेखनीय रूपमा परिवर्तन भएको छ वा चिपचिपे बनेको छ यसलाई प्रयोग नगर्नुहोस् ।
पीठो सधैँ ताजा रहोस् भन्ने चाहनु हुन्छ भने थोरै मात्रामा मुछ्नुहोस् अनि समयमै प्रयोग गर्नुहोस् ।
24/04/2026
मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक
काठमाडाै‘आजकलको व्यस्त जीवनशैलीमा हामी सबैले आफ्नो मुखलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं, जसको प्रत्यक्ष असर हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यमा पर्न आउँछ । त्यसकारण स्वस्थ मुख नै स्वस्थ जीवन हो ।’
विश्व मौखिक स्वास्थ्य दिवस २०२६ को नारा ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी लाइभ’ हो ।
आफ्नो बिग्रिएको दाँतले गर्दा मानिसहरूको भीडमा गएर बोल्न, हाँस्न डराउँछ, हिचकिचाउँछ । यसले गर्दा उसको मानसिक स्वास्थ्यमा समेत असर गरेको हुन्छ । अर्कोतिर हिनताबोध र आफैँले आफूलाई कमजोर ठानिरहेको हुन्छ ।
मुख स्वस्थ नराख्दा आइपर्ने समस्याहरू पनि थुप्रै छन् । हिजोआज साना बालबालिकादेखि बुढाबुढीसम्मको दाँतमा विभिन्न खालका समस्याहरू देखिन्छन् । दाँत सम्बन्धी समस्या र दुखाइले गर्दा मानिसको खानपान र सुताइको शैलीमा समेत असर गरी सम्पूर्ण शारीरिक स्वास्थ्यमा समेत नकरात्मक असर पर्दछ । आज करिब ३.७ अरब मानिसहरू विश्वव्यापी रूपमा कुनै न कुनै प्रकारको मौखिक रोगबाट ग्रसित रहेको पाइएको छ ।
हिजोआज अधिकांशका घरमा दाँत तथा मुख सम्बन्धी समस्या भएका व्यक्तिहरू भेटिन्छन् । किन हामीले यस्ता समस्या निरन्तर झेलिरहेका छौं भन्ने बारेमा विमर्श हुन जरुरी छ।
स्वास्थ्य क्षेत्रमा गरिएका नयाँ-नयाँ अनुसन्धानबाट मौखिम स्वास्थ्यको असरले आजको विश्वव्यापि रुपमा रहेको सुगर, प्रेसर, मानसिक रोग जस्ता जटिल समस्यामा प्रत्यक्ष सम्पर्क रहेको पाइएको छ । सानो-सानो समस्या र सामान्यता हेलचक्राई र लापरवाहीले दाँत तथा मुख सम्बन्धी समस्याहरु निम्तिने गरेका दृष्टान्तहरु पाइन्छ ।
विद्यालय तथा समुदायस्तरमा मुख स्वास्थ्यबारे सचेतना फैलाउने अभियानहरू चलाउनुपर्छ । मुखजन्य समस्या खासै केही हैन भन्ने आम प्रवृति र धारणामा परिवर्तन हुन जरुरी छ।
ओरल हेल्थ डे का अवसरमा विश्व डेण्टल फेडेरेशन तथा तत् सम्बन्धी निकाय र विभिन्न संघसंस्थाहरूले मौखिक स्वास्थ्य र यसको प्रत्यक्ष असर, सम्पूर्ण शारीरिक स्वास्थ्य, पोषणलाई समर्थन र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव जस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू गरिरहेका छन् । यसलाई समुदायस्तरमा लैजाने पहल जारी छ ।
मार्च २० लाई विश्व मुख स्वास्थ्य दिवसको रूपमा मनाइरहँदा विश्वव्यापी रुपमा जुन–जुन देश यस संस्थासँग आवद्ध छन् उनीहरूले आफ्ना–आफ्ना देशमा विविध कार्यक्रम गरी मनाउने गर्छन् । नेपालको सन्दर्भमा पनि नेपाल डेण्टल एशोसिएसनले देशव्यापी रूपमा निःशुल्क दन्त शिविरको आयोजनादेखि लिएर प्रचारप्रसार र दन्तरोगको निराकरणमा ठूलो भूमिका खेलेको छ ।
चितवन मेडिकल कलेजले मार्च महिनाभर नै नि:शुल्क डेन्टल ओपीडी सेवा देखि लिएर विविध र्यालीको आयोजना गरी सचेतना फैलाउने गरेको छ । रङ्गौली र प्लेकार्डको प्रदर्शन साथै अस्पतालमा विविध कार्यक्रमहरू जस्तै: वादविवाद, भिडियो प्रतियोगिता आयोजना गरिएको छ ।
खराब मौखिक स्वास्थ्यले गिजा तथा दाँतको समस्या मात्र नभई हाम्रा शरीरका मुख्य प्रणालीहरू जस्तैः रक्तसञ्चार प्रणाली, स्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, स्नायु प्रणालीमा समेत प्रभाव पार्दछ ।
एउटा अध्ययनमा के देखिएको छ भने, नेपालमा मुखको क्यान्सर एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । शरीरका अंगहरूमा लाग्ने क्यान्सर मध्ये मुखको क्यान्सर पनि प्रमुख रुपमा पर्दछ । मुख्यतया ५० वर्षभन्दा माथिका पुरुषहरूमा धेरै असर पाइएको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको अत्यधिक सेवन यसको मुख्य कारण मान्न सकिन्छ ।
२०१८–२०१९ को बीमा गरिएको अध्ययनमा करिब ३५.७१ प्रतिशत नयाँ मुखको क्यान्सरका बिरामीहरू थपिएको पाइएको छ । जुन दिन प्रतिदिन थपिदै जाने क्रममा छ । जसमा पुरुषहरूको अनुपात करिब ६६.७ प्रतिशतदेखि ७४.५ प्रतिशतको बीचमा पाइएको छ । क्यान्सरको कारणले एकातिर शारिरीक रुपमा पार्ने असर त छँदैछ, अर्कोतिर मानसिक र पारिवारिक असर पनि उत्तिकै हुने गर्दछ ।
मौखिक स्वास्थ्यको लागि खाना खाइसकेपछि दिनको २ पटक नियमति ब्रस गर्ने, बढी गुलियो खाने कुराहरु कम गर्ने र खाइसकेपछि मुख कुल्ला गर्ने, स्वस्थ सन्तुलित भोजन सेवन गर्ने, नियमित रुपमा हरेक ६÷६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिने गर्नु आवश्यक छ ।
धुम्रपान, सुर्तीजन्य पदार्थ र मध्यपानको सेवन नगर्ने र आफ्ना बालबालिकालाई पनि मुख स्वस्थ राख्न प्रेरित गर्नुपर्दछ । यस्ता बानी र क्रियाकलापहरूले मुख तथा दाँत सम्बन्धी रोगको समयमा नै पहिचान, उपचार हुन सक्छ ।
24/04/2026
स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ
काठमाडाै,प्रतिदिन एउटा स्याउ खाएपछि डाक्टरकोमा जान नपर्ने भन्ने उखानमा विश्वास गर्ने व्यक्तिहरूको संख्या सायद निकै कम होला । तर ठूला र बढी चर्चित मिथकहरूको हकमा कुनमा विश्वास गर्ने र कसमा नगर्ने भन्ने निर्णय गर्न गाह्रो हुन्छ ।
मानव शरीरको बनावट अत्यन्त जटिल छ र धेरै पटक यसमा आधारित अधिकांश थ्योरीहरूको कुनै आधार नै हुँदैन । हामी यस्तै केही आधारहीन थ्योरीहरूको सत्यताबारे जानकारी गराउँदै छौं ।
१. मिथक : सुपरफुडहरूमा सुपरपावर हुन्छ
सत्य : यिनका आफ्नै फाइदाहरू छन्, तर यिनमा कुनै जादुइ गुण हुँदैन । सुपरफुडको मतलब पोषणले भरिपूर्ण आहार हो, जसले अरूको तुलनामा अलिक बढी पोषण प्रदान गर्छ, तर यी खानेकुरा मात्र पर्याप्त छन् भन्ने हुँदैन । आफ्नो शरीरको आवश्यकतालाई ध्यान दिएर यिनको सेवनमा सन्तुलन कायम राख्नुपर्छ ।
२. मिथक : प्रोटिन युवा बडीबिल्डरहरूका लागि मात्र हो
सत्य : प्रोटिनलाई धेरै गलत बुझिन्छ । यो मुख्य रूपमा मांसपेशी बनाउने, छिटो अवशोषित हुने, अमिनो एसिडको सरल प्रकार हो जसले मांसपेशीहरूलाई मर्मत गर्न प्रभावकारी हुन्छ । प्रोटिन सप्लिमेन्ट अनिवार्य रूपमा मांसपेशी बनाउनका लागि दिइएको हुँदैन । यो शरीरको प्रोटिन आवश्यकता पूरा गर्नका लागि दिइएको पनि हुनसक्छ, किनकि नेपाली खानाहरु मुख्य रूपमा कार्बोहाइड्रेटमा आधारित हुन्छन् ।
जसरी उमेर बढ्दै जान्छ, प्रोटिनको आवश्यकता पनि बढ्दै जान्छ र मांसपेशी क्षतिको गति बढ्छ । वृद्धहरूका लागि आफ्नो आहारमा उपयुक्त प्रोटिन सप्लिमेन्ट समावेश गर्नु अत्यन्त आवश्यक हुन्छ, जसले मांसपेशी मर्मत, ताकत र स्ट्यामिना कायम राख्न मद्दत गर्छ । यो वर्कआउटपछि मात्र लिने आहार होइन । दैनिक प्रोटिन आवश्यकता पूरा गर्न कुनै पनि समयको भोजनसँग लिन सकिन्छ ।
३. मिथकः खाना खाने बेला पानी पिउँदा पोषसत्य : यो पनि एउटा मिथक हो । आफ्नो पेटलाई मिक्सर जस्तो ठान्नुपर्छ । जसले खानेकुरालाई मिक्स गरेर अवशोषणका लागि तयार पार्छ । यदि खानामा पुरानो समयको जस्तो दाल, तरकारीको रस र मही जस्ता चिजहरू छन् भने पानी बिना पनि काम चल्न सक्छ । तर सुक्खा खानेकुराहरू खाँदा पाचनका लागि तरल पदार्थको आवश्यकता पर्छ । राम्रो पाचनका लागि खानासँगै पानि पनि अत्यन्त आवश्यक छ ।
४. मिथक : पानीको रिटेन्सन समस्या भए कम पानी पिउनुपर्छ
सत्य : पानीको रिटेन्सन प्रोटिनको कमी, इलेक्ट्रोलाइटको असन्तुलन वा अन्य कुनै मेडिकल अवस्थाका कारण हुन्छ । कम पानी पिउँदा शरीर पानी जम्मा गर्न थाल्छ, किनकि उसलाई पोषकतत्वहरू पूरै शरीरमा पुर्याउन र धेरै आधारभूत प्रक्रियाहरू गर्न पानी चाहिन्छ । त्यसले पानी संरक्षण गर्छ र समस्या झन् गम्भीर हुन्छ ।
५. मिथक : चिल्लोहरू सधैं खराब हुन्छन्
सत्य : यदि शरीर धेरै पातलो बनाउने चक्करमा चिल्लो खाँदै नखाने गर्नुहुन्छ भने यो गलत हो । चिल्लो पदार्थ शरीरको शत्रु होइनन् । हामीलाई स्वस्थ चिल्लोहरू चाहिन्छ, जस्तैः ओलिभ आयल, बदामको तेल, राइस ब्रान आयल, एक्स्ट्रा भर्जिन कोकोनट आयल, घिउ र फलहरू जसमा ओमेगा–३ को राम्रो स्रोत हुन्छ ।
प्रशोधित मासु, प्रशोधित खानेकुरा र उच्च सोडियमयुक्त प्याकेटका खानेकुरा भने स्वास्थ्यका लागि राम्रा हुँदैनन्, यिनलाई आहारबाट हटाउनुपर्छ ।
६. मिथक : डाइट गर्नेलाई रेस्टुरेन्टको खाना खराब हुन्छ
सत्य : डाइटको पालना कुनै सजाय होइन, बरु जीवनशैलीमा केही सुधार ल्याउने कुरा हो । यसको मतलब खाने–पिउने आयोजना भएका सबै सामाजिक कार्यक्रममा जान बन्द गर्नुपर्छ भन्ने होइन । बाहिर खाँदा पनि धेरै स्वस्थ विकल्पहरू उपलब्ध हुन्छन् जसबाट छान्न सकिन्छ । हरियो सलाद, क्लियर सुप, मिक्स तरकारी वा स्वस्थ खानेकुरा छानेर खान सकिन्छ ।
७. मिथक : फ्रुट जुसले तौल घटाउन मद्दत गर्छ
सत्य : फ्रुट जुस क्यालोरीले भरिपूर्ण पेय पदार्थ हुन् । एक गिलास सुन्तलाको जुस बनाउन ४–५ वटा सुन्तला चाहिन्छ, जबकि एउटा सुन्तला मात्र पनि खान सकिन्छ । यसबाहेक फलहरू जुसबारे बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने जुस बनाउँदा फाइबर अलगिन्छ र जुस फ्रक्टोजले भरिपूर्ण पेय बन्छ । जुसको सट्टा फाइबरसहित पूरा फल खानु डाइट गरिरहेका र क्यालोरी नियन्त्रण गरिरहेका व्यक्तिका लागि राम्रो निर्णय हुन्छ ।
८. मिथक : तौल घटाउन कार्बोहाइड्रेट छाड्ने र प्रोटिन मात्रै खानुपर्छ
सत्य : सबैभन्दा स्वस्थ आहार पनि यदि कति कम गर्ने, कति खो थाहा नभए खराब साबित हुन सक्छ । अण्डा र स्प्राउट्समा मात्र बाँच्न सकिँदैन र यसबाट स्वस्थ तरिकाले तौल पनि घटाउन सकिँदैन । शरीरलाई पोषकतत्वको सन्तुलन चाहिन्छ । स्वस्थ तरिकाले तौल घटाउन र शरीरलाई त्यस अवस्थामा राख्न बुद्धिमानी र व्यावहारिक जीवनशैली तथा स्वस्थ डाइट योजना आवश्यक हुन्छ ।
९. मिथक : तातो पानीले नुहाउनु आरामदायी हुन्छ
सत्य : छालाको हिसाबले यो बानी निकै हानिकारक हुन सक्छ । लामो तातो शावरले छालाको प्राकृतिक तेल नष्ट गर्न सक्छ । यसले छालालाई सुक्खा, बढी संवेदनशील बनाउँछ र चिलाउने समस्या बढाउँछ । यसको सट्टा मनतातो पानीले छोटो समय नुहाउनु राम्रो हुन्छ ।
१०. मिथक : केरा, चामल र आलुले मोटोपन बढाउँछ
सत्य : यी खानेकुराहरू प्राकृतिक र स्वस्थ आहारका हिस्सा हुन्, यिनलाई जंक फुडको दर्जा दिन मिल्दैन । आलु र चामलको नाममा रोइलो गर्नु गलत हो, खासगरी यदि सोडियमयुक्त स्न्याक्स खाएर र बियर पिउँदै हुनुहुन्छ भने । सबै फल, तरकारी र कार्बोहाइड्रेट्स, भिटामिन र मिनरलहरूको संयोजन दिन्छन् जसको थोरै मात्रामा भए पनि शरीरलाई आवश्यकता हुन्छ । सबै प्रकारका खानेकुराहरू आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
११. मिथक : वर्कआउट अघि पानी पिउँदा बिरामी पर्न सकिन्छ
सत्य : व्यायाम गर्नुअघि, व्यायाम गर्दा र व्यायामपछि कुनै पनि समय पानी पिउनु राम्रो हुन्छ किनकि यसले हाइड्रेटेड राख्छ । तर कति पानी पिउने भन्ने उमेर, लिङ्ग, उचाइ, तौल र व्यायामको तीव्रता तथा अवधिमा निर्भर गर्छ ।
१२. मिथक : वेट ट्रेनिङ गर्दा महिलाहरूको शरीर र भारी बन्छ
सत्य : महिलाहरूमा बढी एस्ट्रोजन हुन्छ जसले शरीर चाँडै फुल्दैन । पुरुषहरूको मांसपेशी चाँडै बन्छ किनकि उनीहरूमा टेस्टोस्टेरोन हुन्छ । स्ट्रेन्थ ट्रेनिङले महिलाहरूलाई शरीरको फ्याट घटाउन, दुब्लो–पातलो मांसपेशीको तौल बढाउन र क्यालोरी राम्ररी घटाउन मद्दत गर्छ ।
24/04/2026
१७ जना डाक्टरको दर्ता खारेज
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिश), अमेरिका (अमेरिकी), अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ । नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू रहेका छन् ।
त्यसैगरी डा.सुजना के.सी., डा. जोस्ना शाही, डा।. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ । नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।
24/04/2026
महिनामा दुईपटक महिनावारी हुनु सामान्य हो ?
काठमाडौं । महिनावारी महिलाहरूका लागि सामान्य प्रक्रिया हो । यसमा अचानक परिवर्तन हुँदा चिन्ता हुनु स्वाभाविक हो ।
कहिलेकाहीँ, महिनावारी एकै महिनामा दुईपटक पनि हुन्छ । सुरुमा यो चिन्ताजनक लाग्न सक्छ, तर यो सधैँ गम्भीर रोगको सङ्केत होइन ।
यद्यपि, यो समस्या दोहोरिन्छ भने चाहिँ यसलाई बेवास्ता गर्नु सधैँ बुद्धिमानी हुँदैन । हाम्रो शरीरले हरेक परिवर्तनको प्रायः सङ्केत दिन्छ । हामीले यसलाई बुझ्नु महत्त्वपूर्ण छ ।
के यो अवस्था सामान्य हो ?
सामान्यतः महिनावारी चक्र २८ दिनको मानिन्छ । तर २१ देखि ३५ दिनबिचको चक्रलाई पनि सामान्य नै मानिन्छ । यदि तपाईंको चक्र छोटो छ भने, तपाईंलाई महिनामा दुईपटक महिनावारी भइरहेको जस्तो लाग्न सक्छ ।
कहिलेकाहीँ, तनाव, आहार परिवर्तन वा अनिद्राले पनि महिनावारी अगाडि-पछाडि सर्न सक्छ । तर यदि यो समस्या रहिरह्यो भने, यो अनियमित महिनावारीको श्रेणीमा पर्दछ ।
के हुन सक्छ यसको कारण ?
महिनामा दुईपटक महिनावारी हुनुको सबैभन्दा सामान्य कारण हर्मोनल असन्तुलन हो । शरीरमा एस्ट्रोजेन र प्रोजेस्टेरोनको सन्तुलन बिग्रनुले महिनावारीको समय र प्रवाहमा परिवर्तन ल्याउन सक्छ ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) पनि यसको एक प्रमुख कारण हुन सक्छ । यो अवस्थाले अण्डाशयमा साना सिस्टहरू बनाउँछ, जसले गर्दा महिनावारी अनियमित हुन्छ ।
पाठेघरमा हुने फाइब्रोइड (सिस्ट)का कारणले पनि अत्यधिक रक्तस्राव हुने वा बारम्बार महिनावारी हुने हुन सक्छ । थाइराइडसम्बन्धी समस्याले पनि मासिक धर्म चक्रलाई असर गर्छ र यसलाई बाधा पुर्याउन सक्छ ।
के यो समस्या खतरनाक हुन सक्छ ?
यदि यो समस्या कहिलेकाहीँ मात्रै देखिन्छ भने यो चिन्ताको विषय होइन । तर, यदि तपाईंलाई महिनामा दुईपटक महिनावारी हुन्छ, अत्यधिक रक्तस्रावको अनुभव हुन्छ र कमजोरी वा चक्कर आउँछ भने यो खतरनाक सङ्केत हुन सक्छ । यो समस्या लामो समयसम्म रह्यो भने यसले रक्तअल्पताजस्ता समस्याहरू निम्त्याउन सक्छ ।
यस अवस्थामा के गर्नुपर्छ ?
तपाईंको शरीरमा हुने परिवर्तनहरूलाई बेवास्ता नगर्नु महत्त्वपूर्ण छ । महिनामै दुईपटक महिनावारी बारम्बार हुन्छ वा दुखाइ अत्यधिक छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् । सन्तुलित आहार, नियमित व्यायाम र तनाव कम गर्नु पनि महत्त्वपूर्ण छ ।
महिलाहरूले आफ्नो स्वास्थ्यका बारेमा सतर्क हुनुपर्छ । समयमै हेरचाह गर्नाले ठूला समस्याहरूबाट बच्न सकिन्छ ।
24/04/2026
काठमाडौँ । आज कम्प्युटर र ल्यापटपले कामलाई पक्कै पनि सजिलो बनाएको छ, तर यसका साथै धेरै स्वास्थ्य समस्याहरू पनि निम्त्याएको छ। घण्टौँसम्म कम्प्युटर र ल्यापटपको अगाडि बस्नु, लगातार स्क्रिन हेरिरहनु र शारीरिक गतिविधिको कमी, यी सबै मिलेर शरीरलाई बिस्तारै कमजोर बनाउँछन्।
विशेषगरी कम्मर दुख्ने र घाँटी कक्रक्क पर्ने अब आम समस्या बनिसकेको छ, जसले तपाईंको स्वास्थ्यलाई मात्र नभई तपाईंको कार्यक्षमतामा पनि नकारात्मक असर गरिरहेको हुन्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंको कुर्सी, जसमा तपाईं हरेक दिन घण्टौं बस्नुहुन्छ, त्यही नै तपाईंको सबैभन्दा ठूलो शत्रु बन्न सक्छ?
तर राम्रो खबर के छ भने यसको समाधान त्यति गाह्रो छैन। मात्र ५ मिनेटको योगले तपाईंको दिनचर्यामा ठुलो परिवर्तन ल्याउन सक्छ। यस लेखमा हामी तपाईंलाई शारीरिक दुखाइ र थकानबाट कसरी छुटकारा पाउने भनेर बताउनेछौँ। यदि तपाईं पनि घण्टौं कुर्सीमा बस्नुहुन्छ भने, ५ मिनेटको योगले तपाईंको स्वास्थ्य र काम दुवैलाई अझ राम्रो बनाउन सक्छ।
ल्यापटपमा काम गर्नेहरूका लागि कुर्सी बन्यो शत्रु
राहुल एक सफ्टवेयर इन्जिनियर हुन्, जो दिनभर आफ्नो ल्यापटपको अगाडि बसिरहन्थे। सुरुमा सबै ठीकै थियो, तर बिस्तारै उनलाई कम्मर र घाँटी दुख्ने समस्या महसुस हुन थाल्यो। कामको दबाब यति धेरै थियो कि उनले आफ्नो स्वास्थ्यलाई बेवास्ता गरिरहे। उनको कुर्सी अब आराम होइन, दुखाइको कारण बनिसकेको थियो।
लगातार स्क्रिन हेर्नाले राहुलको आँखा पोल्ने र टाउको दुख्ने समस्या पनि बढ्न थाल्यो। उनी चाँडै थाक्थे र उनको कामको उत्पादकत्व पनि घट्न थाल्यो। डाक्टरले उनलाई औषधिको साथसाथै जीवनशैली बदल्ने सल्लाह दिए।
राहुलले हरेक दिन मात्र ५ मिनेट योग गर्ने निर्णय गरे। आफ्नो दिनचर्यामा मात्र दुईवटा आसनहरू समावेश गर्नाले केही दिनमै उनले फरक महसुस गर्न थाले। यदि तपाईंलाई पनि राहुलको जस्तै समस्या भइरहेको छ भने यी दुई योगासनको अभ्यासलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस्।
१. मार्जरी आसन
मार्जरी आसन मुख्यतया मेरुदण्डको लचकता बढाउन, ढाडको दुखाइ कम गर्न र पाचन प्रणालीमा सुधार ल्याउन गरिन्छ। यसले कम्मर, काँध र घाँटीको मांसपेशीलाई तन्काउन मद्दत गर्छ।
कसरी गर्ने अभ्यास?
• यो आसनको अभ्यास गर्न सजिलो छ। सबैभन्दा पहिले भुइँमा दुवै घुँडा र दुवै हात टेकेर बिरालो जस्तो मुद्रा बनाउनुहोस्।
• तिघ्रालाई माथितिर सिधा गरेर घुँडामा ९० डिग्रीको कोण बनाउनुहोस्।
• अब लामो सास लिनुहोस् र टाउकोलाई पछाडितिर झुकाउँदै टेलबोन (ढाडको तल्लो भाग) लाई माथि उठाउनुहोस्।
• त्यसपछि सास छोड्दै टाउकोलाई तलतिर झुकाउनुहोस् र चिउँडोलाई छातीमा छुवाउने प्रयास गर्नुहोस्।
• यो प्रक्रियालाई केही बेर दोहोर्याउनुहोस्।
२. ग्रीवा सञ्चालन (घाँटीको व्यायाम)
घाँटीका मांसपेशीहरूलाई बलियो र लचिलो बनाउन ग्रीवा सञ्चालनको अभ्यास गरिन्छ। यसले घाँटीको दुखाइ, कडापन र तनावबाट तुरुन्त राहत दिन्छ। यसको अभ्यास गर्न घाँटीलाई बिस्तारै दायाँ-बायाँ र अगाडि-पछाडि घुमाउनुहोस्। यो अभ्यासलाई ५-५ पटक गर्नुहोस्। यसले कक्रक्क परेका मांसपेशीहरूलाई खुकुलो बनाउँछ।
यी दुई योगासनको नियमित अभ्यासले केही हप्तामै कम्मरको दुखाइ निकै कम हुन सक्छ। घाँटीको कडापन पनि हट्न थाल्नेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यसले काममा एकाग्रता बढाउँछ र तपाईंले ऊर्जावान महसुस गर्न सक्नुहुन्छ।
23/04/2026
गर्मीमा छालालाई कसरी स्वस्थ र चम्किलो राख्ने ?
काठमाडौँ । गर्मी मौसममा लुगाफाटा र खानपानका साथसाथै छालाको आवश्यकता पनि परिवर्तन हुन्छ। चर्को घाम, पसिना र प्रदूषणले छालामा सीधा असर गर्छन्। यस्तो अवस्थामा तपाईंले जाडोमा प्रयोग गरिने छालाको हेरचाह गर्ने रुटिन नै जारी राख्नुभयो भने, छाला अत्यधिक चिल्लो हुने, फुस्रो देखिने वा डन्डीफोर आउने समस्या हुन सक्छ।
वास्तवमा, गर्मीमा पराबैजनी किरण र आर्द्रताले छालाको बाहिरी तहलाई हानि पुर्याउन सक्छन्। यसले ट्यानिङ, पिग्मेन्टेसन र संक्रमणको जोखिम बढाउने देखिएको छ।
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? कुन-कुन गल्तीले छालालाई हानि पुर्याउँछन् ? सर्वप्रथम यिनै कुराहरूको बारेमा थाहा लिऔँ।
गर्मीमा स्किन केयर रुटिन परिवर्तन गर्न किन आवश्यक छ ?
निम्न कारणहरूले गर्दा गर्मीमा स्किन केयर रुटिन परिवर्तन गर्न आवश्यक देखिन्छ:
धेरै पसिना आउनु: गर्मीमा धेरै पसिना आउँछ। यसले छालाका रोमछिद्रहरू बन्द हुन थाल्छन् र डन्डीफोर तथा खटिरा आउने समस्या बढ्छ।
चर्को घाम: गर्मीमा घाम धेरै लाग्छ। पराबैजनी किरणहरू सीधा छालामा पर्छन्। यसले ट्यानिङ, सनबर्न र पिग्मेन्टेसनको जोखिम बढाउँछ।
निर्जलीकरण: चर्को गर्मी र पसिनाको कारण शरीरमा पानीको कमी हुन्छ। यसले छालालाई सुक्खा र फुस्रो बनाउँछ।
के छालाको प्रकारअनुसार स्किन केयर रुटिन फरक हुन्छ ?
हो, हरेक छालाको आवश्यकता र समस्या फरक हुन्छ। छालाले फरक-फरक तरिकाले प्रतिक्रिया जनाउँछ। त्यसैले एउटै उत्पादन (Product) र तरिका सबैको छालामा काम गर्दैन।
कुन प्रकारको छालामा कस्तो समस्या बढी हुन्छ ?
चिल्लो छाला : अत्यधिक तेल आउने, डन्डीफोर आउने र रोमछिद्रहरू ठूला हुने।
सुक्खा छाला : छाला कडा र फुस्रो हुने, चिलाउने र रोमछिद्रहरू साना हुने।
मिश्रित छाला : टी-जोन (निधार, नाक र चिउँडो) मा चिल्लो हुने तर गालामा सुक्खा हुने।
संवेदनशील छाला: रातो हुने, चिलाउने, पोल्ने र जुनसुकै कुराले सजिलै असर गरिहाल्ने खालको हुन्छ।
गर्मीमा स्किन केयरका सामान्य आधारभूत चरणहरू के-के हुन्, जुन सबै प्रकारको छालामा लागू हुन्छन् ?
जवाफ: गर्मीमा स्किन केयरका आधारभूत चरणहरू यस प्रकारका रहेका छन्:
१. दिनमा दुई पटक अनुहार धुनुहोस्।
२. अनुहार धोएपछि टोनर प्रयोग गर्नुहोस्।
३. आफ्नो छालाको प्रकारअनुसार मोइस्चराइजर लगाउनुहोस्।
४. बाहिर जानुअघि र घरभित्र बस्दा पनि आवश्यकताअनुसार सनस्क्रिन लगाउनुहोस्।
छालाको प्रकारअनुसार गर्मीको लागि पूर्ण स्किन केयर रुटिन कस्तो हुनुपर्छ ?
चिल्लो छाला
बिहान: जेलमा आधारित फेसवासले अनुहार धुनुहोस्। अल्कोहल-रहित टोनर र तेल-रहित मोइस्चराइजर लगाउनुहोस्। अन्त्यमा कम्तीमा एसपीएफ 30 भएको सनस्क्रिन लगाउनुहोस्।
राति: सुत्नुअघि फेसवासले अनुहार धुनुहोस्। तेल नियन्त्रण गर्ने सेरम लगाउनुहोस् र मोइस्चराइजर लगाउनुहोस्।
साप्ताहिक रूपमा: हप्तामा २ देखि ३ पटक क्ले मास्क लगाउनुहोस् (यसले तेल सोस्छ)। १-२ पटक अनुहार स्क्रब गर्नुहोस्।
सुक्खा छाला
बिहान: क्रिममा आधारित फेसवासले अनुहार धुनुहोस्। हाइड्रेटिङ टोनर लगाउनुहोस्। त्यसपछि सेरामाइड वा हाइलुरोनिक एसिड आधारित मोइस्चराइजर लगाउनुहोस्। अन्त्यमा हाइड्रेटिङ सनस्क्रिन लगाउनुहोस्।
राति: फेसवासले अनुहार धुनुहोस्, हाइड्रेटिङ सेरम लगाउनुहोस् र नाइटक्रिम लगाउनुहोस्।
साप्ताहिक रूपमा: हप्तामा १-२ पटक हाइड्रेटिङ मास्क लगाउनुहोस्। १-२ पटक अनुहारलाई हल्का स्क्रब गर्नुहोस् (धेरै स्क्रब गर्नबाट बच्नुहोस्)।
मिश्रित छाला
बिहान: हल्का फेसवासले अनुहार धुनुहोस्। हल्का मोइस्चराइजर लगाउनुहोस्। त्यसपछि सनस्क्रिन लगाउनुहोस् (सनस्क्रिन धेरै चिल्लो हुनु हुँदैन)। निधार, नाक र चिउँडोमा तेल नियन्त्रण गर्ने सेरम लगाउन सक्नुहुन्छ।
राति: फेसवासले अनुहार धुनुहोस्। हल्का हाइड्रेटिङ सेरम र मोइस्चराइजर लगाउनुहोस्।
संवेदनशील छाला
बिहान: सुगन्धरहित र कोमल फेसवासले अनुहार धुनुहोस्। एलोभेरामा आधारित मोइस्चराइजर लगाउनुहोस्। अन्त्यमा जिंक अक्साइड भएको मिनरल-बेस सनस्क्रिन लगाउनुहोस्।
राति: फेसवास गर्नुहोस् र एलोभेरामा आधारित मोइस्चराइजर लगाउनुहोस्।
साप्ताहिक रूपमा: छालालाई आराम दिने सुदिङ फेस मास्क लगाउनुहोस्। अनुहार स्क्रब नगर्नुहोस्।
गर्मीमा छाला किन धेरै चिल्लो हुन्छ ?
छालामा सिबासियस ग्रन्थी हुन्छन्, जसले 'सेबम' अर्थात् प्राकृतिक तेल बनाउँछन्। गर्मीमा तापक्रम बढ्दा यी ग्रन्थीहरू धेरै सक्रिय हुन्छन्। गर्मीमा धेरै पसिना आउँछ। तेल र पसिना मिसिएर छाला टाँसिने र चिपचिप हुने हुन्छ। गर्मीमा आर्द्रता पनि बढी हुने भएकाले तेल उड्न सक्दैन र छालामै टाँसिएर रहन्छ। यसले गर्दा छालाका रोमछिद्रहरू छिटो बन्द हुन्छन्। साथै, हर्मोनले पनि तेल उत्पादनमा असर गर्छ।
के जाडोमा प्रयोग गरिने स्किन केयर रुटिन गर्मीमा प्रयोग गर्दा हानिकारक हुन सक्छ ?
जाडोमा: छाला सुक्खा हुने भएकाले, मोइस्चराइजर र तेलमा आधारित उत्पादनहरू चाहिन्छ, कम एसपीएफ भएको सनस्क्रिनले पनि काम गर्न सक्छ।
गर्मीमा: छाला चिल्लो हुने र पसिना आउने हुनाले, हल्का जेलमा आधारित उत्पादनहरू चाहिन्छ र उच्च एसपीएफ भएको सनस्क्रिन अनिवार्य हुन्छ।
हरेक मौसममा छालाको आवश्यकता फरक-फरक हुन्छ। त्यसैले मौसम, छालाको आवश्यकता र समस्याअनुसार आफ्नो स्किन केयर रुटिन पनि परिवर्तन गर्न आवश्यक छ।
23/04/2026
महिलामा हुने क्यान्सर निको पार्न जीएसकेको औषधिको प्रभावकारिता ६० प्रतिशत बढी
विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने नयाँ औषधि 'मोसर्टाटग रेजेडेकन' को प्रारम्भिक नतिजा उत्साहजनक रहेको घोषणा गरेको छ।
पहिलो चरणको क्लिनिकल ट्रायलमा 'मोसर्टाटग रेजेडेकन' ले प्लाटिनम-प्रतिरोधी अण्डाशयको क्यान्सरमा ६२ प्रतिशत र पाठेघरको क्यान्सरमा ६७ प्रतिशत सम्म सफलता देखाएको छ।
जीएसकेले सन् २०२६ मा पाँच ठूला 'फेज-३' क्लिनिकल ट्रायलहरू सुरु गर्ने तयारी गरेको र औषधिले क्यान्सर उपचारको पद्धतिलाई परिवर्तन गर्न सक्ने हेशाम अब्दुल्लाहले बताउनुभएको छ।
विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने आफ्नो नयाँ औषधिको प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको घोषणा गरेको छ।
‘मोसर्टाटग रेजेडेकन’ नाम दिइएको यो नयाँ एन्टीबडी-ड्रग कञ्जुगेट (एडीसी) औषधिको पहिलो चरणको क्लिनिकल ट्रायलमा बिरामीहरूको शरीरले सकारात्मक प्रतिक्रिया दिएको पाइएको हो।
पुएर्टो रिकोमा आयोजित ‘सोसाइटी अफ गाइनोकोलोजिक अंकोलोजी’ (एसजीओ) को वार्षिक बैठकमा प्रस्तुत गरिएको ‘बीहोल्ड–वान (BEHOLD-1)’ अध्ययनको तथ्यांक अनुसार, यो औषधिले क्यान्सरका गम्भीर बिरामीहरूमा उल्लेख्य सुधार ल्याएको छ।
क्यान्सरका अन्य उपचारहरू असफल भइसकेका बिरामीहरूमा गरिएको यस अध्ययनले निकै राम्रो सफलता दरहरू देखाएको छ
‘प्लाटिनम-प्रतिरोधी’ मानिएको अण्डाशयको क्यान्सर भएका बिरामीहरूमा यस औषधिले ६२ प्रतिशत सम्मको ‘अब्जेक्टिभ रेस्पोन्स रेट’ (ओआरआर) देखाएको छ।
त्यस्तै, निकै जटिल र दोहोरिएर आउने पाठेघरको क्यान्सरका बिरामीहरूमा यो औषधि ६७ प्रतिशत सम्म सफल देखिएको छ।
हालसम्म यस्ता जटिल अवस्थाका बिरामीहरूका लागि सीमित उपचार विकल्प मात्र उपलब्ध थिए, जसमा सफलता दर निकै कम थियो। तर ‘मोसर्टाटग रेजेडेकन’ ले क्यान्सर कोषमा हुने बी७–एच४ नामको एन्टिजेनलाई सिधै निशाना बनाउने भएकाले यो बढी प्रभावकारी देखिएको हो।
अध्ययनका क्रममा औषधिको सुरक्षा पक्षलाई पनि ध्यान दिइएको थियो। धेरैजसो बिरामीहरूमा वाकवाकी लाग्ने (७५ देखी८२ प्रतिशत), रक्तअल्पता र थकान जस्ता सामान्य साइड इफेक्टहरू देखिएका छन्। फोक्सोमा समस्या आउने (इन्टरस्टिसियल लङ्ग डिजिज) जस्ता गम्भीर साइड इफेक्टहरू ३ प्रतिशत बिरामीमा देखिएकाले यो औषधि सुरक्षित रहेको वैज्ञानिकहरूको दाबी छ।
सन् २०२६ मा पाँच ठूला परीक्षणहरू सुरु हुने
यो प्रारम्भिक सफलतापछि जीएसकेले सन् २०२६ मा विश्वभर पाँचवटा ठूला ‘फेज-३’ क्लिनिकल ट्रायलहरू सुरु गर्ने तयारी गरेको छ।
जीएसकेका ग्लोबल हेड अफ अंकोलोजी हेशाम अब्दुल्लाहका अनुसार, यो औषधिले क्यान्सर उपचारको पद्धतिलाई नै परिवर्तन गर्न सक्ने प्रमाणहरू फेला परेका छन्। विश्वभर बर्सेनि लाखौँ महिलाहरू पाठेघर र अण्डाशयको क्यान्सरबाट प्रभावित हुने गरेका छन्।
अण्डाशयको क्यान्सर भएका ७० प्रतिशत बिरामीहरू रोग निकै ढिलो पत्ता लाग्ने समस्याबाट गुज्रिरहेका हुन्छन् भने पाठेघरको क्यान्सरका १५ देखि २० प्रतिशत बिरामीहरू अन्तिम चरणमा पुगेका हुन्छन्।
यस्तो अवस्थामा जीएसकेको यो नयाँ औषधि क्यान्सरसँग जुधिरहेका महिलाहरूका लागि जीवनरक्षक बन्न सक्ने अपेक्षा गरिएको छ।
23/04/2026
एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव
काठमाडौं । गर्भवती महिलाहरूका लागि भ्रूणमा सम्भावित क्रोमोजोम असामान्यताको जोखिम पहिचान गर्ने एनआईपीटी (नन–इनभेसिभ प्रिनेटल टेस्टिङ) सेवा नेपालमै विस्तार भएको छ ।नेशनल प्याथ ल्याब (एनपीएल) ले यो सेवा विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको जनाएको छ ।
यसअघि विदेश पठाउनुपर्ने परीक्षण अब स्वदेशमै सम्भव बनेपछि समय, लागत र प्रक्रियामा सहजता आएको ल्याबको दाबी छ । ल्याबका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार सेवाले छिटो र भरपर्दो नतिजा दिनुका साथै सेवाग्राहीको झन्झट कम गरेको छ ।
परीक्षणमा गर्भवती आमाको रगतमा रहेको सेल–फ्री डीएनए विश्लेषण गरी भ्रूणमा डाउन सिन्ड्रोम (ट्राइसोमी २१), एडवर्ड सिन्ड्रोम (ट्राइसोमी १८) र पटाउ सिन्ड्रोम (ट्राइसोमी १३) जस्ता अवस्थाको जोखिम मूल्याङ्कन गरिने कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. जीवन अधिकारी बताउँछन् ।
यो परीक्षण गर्भावस्थाको १० देखि २४ हप्ताभित्र गर्न सकिन्छ । विशेषगरी ३५ वर्षभन्दा माथिका गर्भवती, अघिल्लो गर्भावस्थामा जटिलता भएका वा प्रारम्भिक परीक्षणमा उच्च जोखिम देखिएका महिलाका लागि उपयोगी मानिन्छ ।
एनपीएलले सुरक्षित मातृत्व प्रवद्र्धन र समयमै जोखिम पहिचान गर्ने उद्देश्यसहित सेवा विस्तार गरेको दावी गरेको छ ।
23/04/2026
आँप स्वस्थकर छ कि छैन, कसरी चिन्ने ?
काठमाडौँ । आँप खान कसलाई मन पर्दैन र ? गर्मीको मौसम आउनेबित्तिकै धेरैले खोज्ने फल हो आँप ।
यसलाई फलफूलको राजा पनि भनिन्छ । बच्चादेखि वयस्क र वृद्धवृद्धा सबै जना रमाई-रमाई यो फल खान्छन् ।
अहिले बोटमा कलिला आँप झुलिरहेका छन् । तर बजारमा छ्याप्छ्याप्ती पहेँला आँप देखिन थालिसकेका छन् । यी आँप देख्दा तपाईं पनि लोभिनुभएको होला ।
तर पर्खिनुस्, किन्न हतार गरिनहाल्नुस् । यस्ता आँप तपाईंको स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छन् । स्वादको खोजीमा हामी प्रायः गुणस्तरलाई बेवास्ता गर्छौं, जुन शरीरका लागि अत्यन्तै खतरनाक हुन्छ ।
त्यसो भए, वास्तविक र रसायन हालिएको आँप कसरी छुट्याउने त ? आँपको वास्तविक सिजन मे र जुन हो । तर, अहिलेदेखि नै बजारमा पहेँला आँप आउन थालिसकेका छन् ।
वास्तवमा, यी आँपहरू रूखमा प्राकृतिक रूपमा पाकेका होइनन् । तिनीहरूलाई क्याल्सियम कार्बाइड जस्ता खतरनाक रसायन प्रयोग गरेर जबरजस्ती पकाइएको हुन्छ । यो रसायनले आँपलाई बाहिरबाट पहेँलो र सुन्दर बनाए पनि भित्र भने विषाक्त हुन्छ ।
विज्ञहरूले आँप प्राकृतिक हो वा रसायन हालेर पकाइएको हो भन्ने कुरा घरमै पहिचान गर्न केही सजिला तरिकाहरू सुझाएका छन्:
बासनाबाट चिन्ने: प्राकृतिक रूपमा पाकेको आँपमा मीठो बासना हुन्छ । रसायन प्रयोग गरी तयार पारिएको आँपमा कुनै सुगन्ध हुँदैन वा तीखो र रसायनको जस्तो गन्ध हुन्छ ।
रङ: रूखमा पाकेको आँप सबैतिर एकैनासले पहेँलो हुँदैन । यसमा हरियो वा खैरो दागहरू हुन सक्छन् । यदि आँपभरि एकैनासको चम्किलो पहेँलो देखिन्छ भने यो सम्भवतः कृत्रिम रूपमा पकाइएको हुन्छ ।
छोएर थाहा पाउने: रसायन हालेर पकाइएको आँप प्रायः आवश्यकताभन्दा धेरै गिलो वा अत्यधिक नरम हुन्छ । प्राकृतिक रूपमा पाकेको आँप केही कडा हुन्छ ।
स्वाद: प्राकृतिक रूपमा पाक्न दिइएको आँपको स्वाद विशिष्ट हुन्छ, तर रसायन प्रयोग गरिएको आँप खाँदा मुखमा जलन हुन सक्छ ।
किन खतरनाक हुन्छ रसायन हालेर पकाइएको आँप ?
क्याल्सियम कार्बाइड एक विषाक्त पदार्थ हो । आँप पकाउन प्रयोग गर्दा यसको अवशेष फलको बाहिरी तहमा टाँसिएर बसेको हुन्छ । यसको सेवनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।
पेटको रोग: ग्यास, एसिडिटी, पखाला र बान्ता ।
टाउको दुख्ने र चक्कर लाग्ने: रसायनहरूको प्रभावले स्नायुसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ ।
कलेजोमा असर: लामो समयसम्म यस्ता फलफूल खाँदा तपाईंको कलेजोमा प्रत्यक्ष असर पर्न सक्छ ।
फुड पोइजनिङ (खाद्य विषाक्तता): बच्चाहरूको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । त्यसैले यस्तो आँप बच्चाहरूका लागि अझ खतरनाक हुन्छ ।
21/04/2026
घामबाट धापिएर आउनेबित्तिकै नुहाउने बानी छ ?
काठमाडौँ । गर्मीमा चर्को घाम पसिना र लूबाट बच्न गाह्रो हुन्छ ।
तर काम परेपछि जत्तिसुकै गर्मी किन नहोस् घरबाट निस्कनुपर्छ । पसिनाले भिजेपछि हाम्रो दिमागमा आउने पहिलो कुरा घर पुगेपछि तुरुन्तै नुहाउँछु भन्ने हो । तर घामबाट धापिएर आउनेबित्तिकै तुरुन्तै नुहाउनु ठीक हुन्छ त ?
शरीरको तापक्रम बिग्रन सक्छः घामबाट आउनेबित्तिकै तुरुन्तै चिसो पानीले नुहाउनुभयो भने तपाईंको शरीरको तापक्रम द्रुत गतिमा घट्न सक्छ, जसले गर्दा चक्कर लाग्ने, थकान वा कमजोरी हुन सक्छ ।
रक्तसञ्चार प्रभावित हुन सक्छः चर्को घामबाट घर फर्किनेबित्तिकै नुहाउँदा रक्तनलीहरू द्रुत गतिमा खुम्चिन सक्छन् । अचानक हुने यस्तो परिवर्तनले रक्तसञ्चारलाई असर गर्न सक्छ, जसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने वा अस्वस्थ रक्त प्रवाह हुन सक्छ ।
मुटुको धड्कन बिग्रन सक्छः मुटुसँग सम्बन्धित समस्या वा अनियमित रक्तचाप भएकाहरूका लागि, घाम तापेपछि तुरुन्तै चिसो पानीले नुहाउनु जोखिमपूर्ण हुन सक्छ । तापक्रममा ठूलो भिन्नताले मुटुको धड्कनमा तनाव दिन सक्छ ।
कति समयपछि नुहाउनु पर्छ ?
घाम धापिएर घर आएपछि कम्तीमा १५ देखि २० मिनेटसम्म शरीरलाई आराम गर्न, सेलाउन दिनु फाइदाजनक हुन्छ । यस समयमा शरीरको तापक्रम सामान्य स्तरमा फर्कन्छ र पसिना आउन रोकिन्छ । गर्मीमा बाहिरबाट घर छिरेपछि कम्तीमा एकछिन पर्खिएर नुहाउनु सुरक्षित मान्न सकिन्छ ।
यि हुन् बच्चाको दिमाग् तेज पार्ने खानेकुराहरु,
Click here to claim your Sponsored Listing.