Nepal khoj Khabar

Nepal khoj Khabar

Share

www.nepalkhojkhabar.com
दर्शक पाठक र हामी असल मित्र सबै खबर नेपाल खोजखबर भित्र सत्य निष्पक्ष-खबरको यात्रामा तपाइँ सम्पुर्ण लाई स्वागत छ 🙏✍️....

15/09/2026

शुभ–प्रभात सबैमा! जुम्ला विमानस्थल क्षेत्रको यो सुन्दर बिहानी दृश्य।
प्रकृतिको मनमोहक दृश्यसँगै दिनको सुरुवात गरौँ।तपाईंलाई यो दृश्य कस्तो लाग्यो? 😊 ❤️ लाइक गर्नुहोस् सेयर गर्नुहोस्
आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस्।

15/09/2026

रसुवा बाडिमा छोरा छोरी डोराउदै भग्दै गर्नु भएकि २२ वर्षीया उनले बालख जुम्ल्याहा छोरीलाई निजी स्कुल पढाउन कुवेतमा १६ महिना घरेलु श्रमिकका रूपमा काम गरिन्।

उनका श्रीमान टिपर चलाउँछन्। उनको कमाइले मात्र पुग्दैन।

त्यसैले चिन्ता छ- अब छोरीहरूलाई राम्रो शिक्षादीक्षा कसरी दिने?

देशभर मनसुनी वायुको प्रभाव यस्तो छ आज को मौसम 15/09/2026

देशभर मनसुनी वायुको प्रभाव यस्तो छ आज को मौसम

देशभर मनसुनी वायुको प्रभाव यस्तो छ आज को मौसम काठमाडौ - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय र....

आजको विदेशी मुद्राको विनिमयदर 15/09/2026

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर काठमाडौ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्री.....

आज मिति २०८३ भाद्र ३०गते मंगलबार आजको राशिफल 15/09/2026

आज मिति २०८३ भाद्र ३०गते मंगलबार आजको राशिफल

आज मिति २०८३ भाद्र ३०गते मंगलबार आजको राशिफल 🌼🌻🙏🙏

Photos from Nepal khoj Khabar 's post 14/09/2026

दाङको एक सिमेन्ट उद्योगले पाँच वर्षअघि भारतबाट नेपालगन्ज भन्सार हुँदै भित्र्याएका १३ वटा ‘हेभी टिप्पर’ अहिले कवाड बन्ने अवस्थामा पुगेका छन्।

डिलरमार्फत खरिद नगरी सिधै कम्पनीबाट आयात गर्न मिल्ने प्रावधान नरहेको भन्दै भन्सार कार्यालयले ती टिप्पर ‘होल्ड’ गरेको थियो। त्यसपछि टिप्परको विषयलाई लिएर उद्योग र भन्सार कार्यालयबीच कानुनी लडाइँ सुरु भयो, जुन अझै जारी छ।

करिब सात करोड रुपैयाँ हाराहारी मूल्य पर्ने यी महँगा टिप्पर पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा रहँदा कवाड बन्ने अवस्थामा पुगेका हुन्।

तस्बिर : कमल डाँगी

14/09/2026

जनजाती नेता आङकाजी शेर्पा भन्छन्, 'आदिवासीहरूलाई नाक थेप्चे र ऑखा चिम्से भयो भनेर फिल्ममा नखेलाउने ! तर तीजको गीतमा पैसा दिएर तीज मनाउन लगाउने षड्यन्त्र हाे । तीज नमनाउँ ।' उनले भनेका छन्, तपाईहरूको एक दिनको मनोरन्जनले आदिवासीको संस्कृतिमा अपुरणीय क्षति पुग्छ भन्ने हेक्का छ कि छैन ? २५० बर्षदेखि हिन्दुकरणको शोषण र दमनका कारण लोप हुने अवस्थामा पुगेका हाम्रा चाडपर्वहरुलाई संरक्षण र विकास गर्नुकाे सट्टा अरुको चाडपर्व मनाउदा हाम्रा चाडपर्वहरु अस्तित्व समाप्त हुदैन र ? सामाजिक सदभावको नाममा हामी आदिवासीहरू तीज कार्यक्रम आयाेजना गरेर छमछम नाच्छौ ! तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजाहरूमा बाहुन बाहुनीहरू आएर नाचेकाे र आयाेजना गरेकाे कसैले देख्नु भएको छ ? फाेटाे छ भने देखाउनुस त ?

आङकाजी शेर्पाको यो भनाइबारे तपाईंको धारणा के छ? कमेन्टमा आफ्नो विचार सभ्य भाषामा खुलेर लेख्नुहोस् कमेन्ट बकस ओपान छ 👇

14/09/2026

दु* खद खबर अर्घाखाँची मालारानी गाउँपालिका बाँगीका युवा अटो दु*र्घटनामा परी मृ*त्यु भएको खबर प्राप्त भएको छ थप विवरण आउन बाकी
Nepal khoj Khabar

14/09/2026

अर्घाखाँची : भूमिकास्थान नगरपालिका वडा नम्बर - ८ नुवाकोट हटियामा भैरव नाँच लाटाे लाटि नाच

Photos from Nepal khoj Khabar 's post 14/09/2026

दुःखबीच पनि संस्कृति र सामाजिक एकताको निरन्तरता।

अर्घाखाँचीको ऐतिहासिक तथा पर्यटकीय स्थल पोखेडाँडामा हरितालिका तीज मेला तथा तीज गीत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विपत्तिको कठिन परिस्थितिका बाबजुद सयौँ सर्वसाधारणको सहभागितामा तीज गीत, नृत्य र मौलिक संस्कृति प्रस्तुत गर्दै पर्व मनाइएको हो।
तस्बिर = कमल भुसाल Nepal khoj Khabar

Category

Address

Kathmandu
KATHMANDU

Alerts

Be the first to know and let us send you an email when Nepal khoj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.