End of days
End of days
“त्यसपछि येशू मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी उहाँको नजिक आए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, ‘तिमीहरूले यी सब देख्छौ, होइन त? साँच्चै, म तिमीहरूलाई भन्छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ।मत्ती 24:1-2
सन ७० मा रोमी शासक टाइटसले इस्राएलमा भएका यहुदीहरुको मन्दीरलाई भत्काएर देश निकाला गरी दिए
तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस।”। २ तिमोथी 3:1-5
तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरै जना भड्केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्वासघात गरेर सुम्पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। मत्ती 24:9-11
Category
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when End of days posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.