Roshani stha
Find many friends
12/08/2026
दैनिक बिहान खाली पेटमा सौंफ उमालेर त्यसको पानी पिउनुहोस्। यसले पाचन प्रणालीलाई स्वस्थ राख्न र ग्यास्ट्रिक निको हुन मद्दत गर्छ।
यदि तपाईंको घुँडा धेरै दुखेको छ भने एउटा अचूक उपाय:
कागतीलाई काट्नुहोस् र आधा कागतीमा विक्स (Vick)लगाउनुहोस्। त्यसपछि त्यस माथि नुन छर्कनुहोस् र त्यो कागतीलाई बिस्तारै दुखेको घुँडामा हल्का मसाज गर्नुहोस्। तपाईंको घुँडाको दुखाइ निको हुनछ ।
तामाको भाँडा टल्काउने सजिलो उपाय:
कागतीको रसमा गहुँको पीठो र नुन राखेर एउटा पेस्ट बनाउनुहोस्। त्यही पेस्टले तामाको भाँडा माझ्नुहोस्, टलक्क टल्किन्छ र हात पनि फुट्दैन।
पायल्सको बिरामीले बिहान खाली पेटमा ३ वटा अम्बाको पात मजाले चपाएर खानुहोस्। १० दिनसम्म दैनिक चपाउनुहोस्, तपाईंको पायल्स निको हुन्छ। एकचोटि ट्राइ गर्नुहोस्।
उच्च रक्तचाप (High Blood Pressure) को लागि घरेलु उपाय यस प्रकार छ:
आधा चम्चा जीरा, आधा चम्चा ज्वानो र आधा चम्चा मेथीलाई एक गिलास पानीमा भिजाएर राख्नुहोस्। भोलिपल्ट बिहान त्यो पानीलाई ५ मिनेट उमालेर पिउनुहोस्। यसरी पिउँदा रक्तचाप कम हुन मद्दत गर्छ। यो प्रक्रिया दिनमा ३ पटकसम्म पिउन सकिन्छ। १५ दिनसम्म गरेर हेर्नुहोस्, आफैंले फरक थाहा पाउनुहुनेछ।
अम्लिसोको जरा घोटेर पिलो भएको वरिपरि लगाउँदा बिस्तारै सुक्दै जान्छ। अनि जिब्रोमा घाउ आएमा पनि अम्लिसोको जरा पानीमा उमालेर सहन सक्ने गरी चिस्याएर कुल्ला गर्दा छिटो निको हुन्छ।
पिपलको जराको बोक्रा मज्जाले पिसेर घाउमा लेप लगाउँदा हड्डीभित्रको घाउ पनि निको हुन्छ।
माछाको काँडा अड्केमा मनतातो पानीमा अलिकति नुन र कागती राखेर पिउनुहोस्, ठीक हुन्छ।
Category
Website
Address
NOYET
Alerts
Be the first to know and let us send you an email when Roshani stha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.