The Youth Force

The Youth Force

Share

“Together we rise, together we shine, together we make a difference.”

19/02/2026

नुवाकोटका जनतालाई भ्रमको पर्दा ओढाउँदै दुई पात्र फेरि रंगमञ्चमा उत्रिएका छन्।🤭😁

19/02/2026

धनगढीमा रास्वपाको माहोल😱😲

03/01/2026

# समय सान्दर्भिक

एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन विरोध आन्दोलन सुरु गरे ।

व्यवस्थापन ले आन्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”

यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी

सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।

अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”

भोट नतिजा यस्तो आयो:

समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%

गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत

# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।

अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" एस्तै हो देश र जनता को चाला । परिबर्तन आफै हुन्छ जबबर्दस्त होइन।

03/01/2026

“युवाको शक्तिलाई हल्का नलिनुहोस्। — इतिहास बदल्ने हात यही हो।✊”
#जय नेपाल

15/09/2025

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।👏👏🎉

13/09/2025

परिवर्तन जरुरी थियो तर विनाशकारी होइन।😥🥺

13/09/2025

📖 संसद विघटन (Parliament Dissolution)

1. संसद विघटनको सामान्य अर्थ

संसद विघटन भन्नाले, जनताबाट निर्वाचित भएका सांसदहरूको कार्यकाल समयभन्दा अघि नै समाप्त गर्ने र संसदलाई अस्तित्वविहीन बनाउने प्रक्रिया हो।
यसपछि संसद अस्तित्वमा रहँदैन, सांसदहरूको पद पनि सकिन्छ, र नयाँ निर्वाचनको बाटो खोलिन्छ।



2. संसद विघटन किन आवश्यक पर्छ?
• राजनीतिक अस्थिरता: सरकार निरन्तर टिक्न नसकेको, बहुमत हराएको वा सरकार गठन गर्न नसक्ने अवस्था।
• जनताको नयाँ आदेश आवश्यक: प्रधानमन्त्री वा राजनीतिक दलहरूले जनतालाई सीधै आफ्नो समर्थन नवीकरण गर्न चाहने बेला।
• संवैधानिक बाध्यता: संविधानमा तोकिएका प्रक्रियाहरू पुरा नभएमा संसद स्वतः विघटन हुने अवस्था आउन सक्छ।



3. संसद विघटनको परिणाम
• संसद विघटन भएलगत्तै सरकारले कार्यवाहक (caretaker) को रूपमा मात्र काम गर्छ।
• नयाँ निर्वाचन घोषणा गरिन्छ, सामान्यतया केही महिनाभित्रै।
• पुराना सांसदहरू पदमुक्त हुन्छन्, नयाँ प्रतिनिधि चुनिएपछि मात्रै नयाँ संसद गठन हुन्छ।



4. नेपालको सन्दर्भ

नेपालको संविधानअनुसार:
• प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि अर्को कोही सांसदले पनि बहुमत देखाउन नसकेमा,
• अन्ततः प्रधानमन्त्रीले सिफारिस गर्छन् र राष्ट्रपतिले संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्छन्।

यो व्यवस्था लोकतान्त्रिक अभ्यासमा जनताको सर्वोच्चता कायम राख्नको लागि गरिएको हो।



5. ऐतिहासिक झलक (नेपालमा संसद विघटन भएका उदाहरण)
• २०४८ सालपछि नेपालमा पटक–पटक संसद विघटन भएको छ।
• २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार हुँदा संसद विघटन।
• २०५९ सालमा राजा ज्ञानेन्द्रले संसद विघटन गरे।
• पछिल्ला पटकहरूमा पनि राजनीतिक विवादका कारण संसद विघटन भएर विवादास्पद निर्णयहरू भएका थिए।

13/09/2025

आजैका मितिदेखि संसद विघटन, र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन।

12/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् पद तथा गोपनीयताको शपथ

12/09/2025

नयाँ संविधान जारी भएपछि धारा ७६ बाहेक अन्य धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो र ऐतिहासिक घटना हो।

12/09/2025

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

यो ऐतिहासिक उपलब्धिले नेपालको लोकतान्त्रिक अभ्यास, लैङ्गिक समानता र समावेशी शासन व्यवस्थातर्फ महत्वपूर्ण कदमका रूपमा स्थान हासिल गरेको छ। राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारीका साथ अन्तरिम प्रधानमन्त्रीमा चयन हुनु स्वयंमा गौरवमय उपलब्धि हो।

हामी विश्वास गर्दछौं कि नवनियुक्त अन्तरिम प्रधानमन्त्रीज्यूको नेतृत्वमा मुलुकको संक्रमणकालीन यात्रालाई सफलतापूर्वक अगाडि बढाइनेछ, सुशासन, स्थायित्व र राष्ट्रिय एकताको आधारलाई अझ सबल बनाइनेछ।

राष्ट्र र जनताको हितलाई सर्वोपरि राखी अन्तरिम सरकारका कार्यहरू प्रभावकारी ढङ्गले सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu
KATHMANDU