Dr. Prem Raj Shrestha Hematologist

Dr. Prem Raj Shrestha Hematologist

Share

You're cellular health is the most important to cure and care.

01/08/2026

हाम्रो आर्थिक संरचना केही हदसम्म सन् १९७० तिरको फिलिपिन्स र इन्डोनेसियाको अवस्थासँग तुलना गर्न सकिन्छ, जहाँ उत्पादनभन्दा जमिन र भाडामुखी अर्थतन्त्रले प्राथमिकता पाएको थियो। नेपालमा पनि रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनशील उद्योग, आधुनिक प्रविधि, अनुसन्धान, कृषि आधुनिकीकरण वा कलकारखानामा लगानी हुनुको सट्टा जग्गा र घरमा केन्द्रित भएको देखिन्छ। यसले सम्पत्ति त बढाउँछ, तर दीर्घकालीन रोजगारी, निर्यात र औद्योगिक विकास भने सिर्जना गर्दैन।

अब नेपाललाई इतिहासको गौरवमा मात्र होइन, भविष्यको सम्भावनामा अघि बढाउनुपर्छ। त्यसका लागि आधुनिक प्रविधि, अनुसन्धान, उत्पादनमुखी उद्योग, हरित ऊर्जा, डिजिटल अर्थतन्त्र, र दक्ष जनशक्तिमा ठूलो लगानी आवश्यक छ। देशभर नयाँ कलकारखाना स्थापना, उद्यमशीलतालाई प्रोत्साहन, र पारदर्शी नीतिमार्फत युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउने वातावरण बनाउन सकियो भने मात्र समृद्ध नेपालको आधार तयार हुनेछ।

राष्ट्रको समृद्धि नाराले होइन, उत्पादन, नवप्रवर्तन, सुशासन र समान अवसरले निर्माण हुन्छ। यदि हामीले रेमिट्यान्समा निर्भर अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्न सकेँ, भने भविष्यका पुस्ताले विदेश जानु बाध्यता होइन, विकल्पका रूपमा मात्र हेर्नेछन्। यही परिवर्तन नै अब नेपालको नयाँ राष्ट्रिय अभियान हुनुपर्छ।

29/07/2026

आकस्मिक कक्षमा बिरामीको ज्यान बचाउन अन्तिम क्षणसम्म संघर्ष गरिरहेका डा. प्रमोद राममाथि भएको निर्मम कुटपिटले एउटा गम्भीर प्रश्न उठाएको छ—अब नेपालमा चिकित्सकले बिरामीको उपचार गर्ने कि आफ्नै ज्यान जोगाउन विदेशिने?
Protect Doctors, Protect Patients.
No Safe Doctors, No Safe Healthcare

किन नहुनु, लापरबाही छ!!

नेपालमा समस्या चिकित्सक होइन, प्रणाली हो।

बिरामीको मृत्युको पीडामा आवेग आउन सक्छ। तर ८०–९० जनाको भीडले योजनाबद्ध रूपमा चिकित्सकमाथि ज्यानै जाने गरी आक्रमण गर्नु शोक होइन—अपराध हो। त्यस्तो अपराधमा पनि कानुन प्रभावकारी रूपमा लागू हुन नसक्नु राज्यको असफलता हो।

"म तेरो ज्यान लिन्छु, अनि तँ चाहिँ मेरो उपचार गर।"

यस्तो विडम्बना कुनै सभ्य समाजमा स्वीकार्य हुन सक्दैन।

अस्पतालमा लापरबाही छैन त?
छ। अवश्य छ।

एक चिकित्सकले दिनमा १००–२०० बिरामी हेर्नु लापरबाही हो।
७५ स्वीकृत बेडमा ४०० बिरामी राख्नु लापरबाही हो।
एकै सर्जनले दिनमा ८–१० वटा शल्यक्रिया गर्नु लापरबाही हो।
३६ घण्टासम्म लगातार ड्युटी गर्नु वा गराउनु लापरबाही हो।
पर्याप्त ICU, बेड, औषधि, उपकरण र जनशक्ति नहुनु लापरबाही हो।
टिकटदेखि उपचारसम्म बिरामीलाई घण्टौँ लाइनमा राख्नु लापरबाही हो।
सम्मानजनक तलब र सुरक्षित कार्यस्थल नदिनु पनि लापरबाही हो।

तर यीमध्ये कति लापरबाही चिकित्सकले सिर्जना गरेका हुन्?

यसको उत्तर डाक्टरसँग होइन—स्वास्थ्य नीति बनाउने सरकार, सांसद र मन्त्रीसँग माग्नुपर्छ।

नारायणी अस्पताल, वीरगञ्जको घटना एउटा चिकित्सकमाथिको आक्रमण मात्र होइन; यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो, सीधा साधा उपचार पाउन नसकेका विरामी माथिको हातपात नै हो।

यो कुनै विशेष सुविधा मागिएको आन्दोलन होइन; सुरक्षित कार्यस्थल र कानुनको शासनको न्यूनतम अधिकारको आन्दोलन हो।

अझ दुःखको कुरा, यति गम्भीर घटनापछि पनि धेरै चिकित्सक–सांसदहरू मौन देखिए। घाइते चिकित्सकप्रति खुलेर ऐक्यबद्धता वा चासो व्यक्त गर्न नसक्नुले धेरै प्रश्न उठाएको छ। कहिलेकाहीँ मौनता पनि एउटा सन्देश हुन्छ।

आज तपाईंलाई केही भएको छैन भनेर मौन नबस्नुहोस्। भोलि पालो तपाईंकै र अस्पतालको पनि पर्न सक्छ।

आज OPD चलाएर केही बिरामी हेर्न सकिएला। तर यदि आज चिकित्सकमाथिको हिंसाविरुद्ध उभिन सकिएन भने, भोलि त्यो OPD चलाउने चिकित्सक नै नहुन सक्छ।

यदि तपाईंलाई लाग्छ—"हामीलाई केही हुँदैन"—इतिहासले देखाइसकेको छ, हिंसाले अस्पताल, जिल्ला वा व्यक्ति छानेर आउँदैन।

आज यदि तपाईंलाई नेपाल मेडिकल एसोसिएसन (NMA), DSON र सम्पूर्ण चिकित्सक समुदायको साथ चाहिन्छ भने, आज तपाईं पनि समुदायसँगै उभिनुहोस्।

एकताको विकल्प छैन।

डाक्टरलाई कुटेर अस्पतालमा बेड थपिँदैन।
डाक्टरलाई मारेर ICU बढ्दैन।
डाक्टरलाई धम्क्याएर स्वास्थ्य सेवा सुध्रिँदैन।

हिंसाले समस्या समाधान गर्दैन; उपचार गर्ने हात मात्र घटाउँछ।

आजको मौनता भोलिको असुरक्षा बन्न सक्छ।

आज एकतामा उभिऔँ, ताकि भोलि एक्लै लड्न नपरोस्।

हामी न्यायको माग गरिरहेका छौँ—विशेष सुविधा होइन।
हामी सुरक्षित कार्यस्थलको माग गरिरहेका छौँ—विशेषाधिकार होइन।
हामी कानुनको शासनको माग गरिरहेका छौँ—भीडतन्त्रको निर्णायक बन्ने कु-व्यवहारको अन्त्यका लागि।

21/07/2026

समाजका बुझ्ने मान्छेको नियति नै अनौठो हुन्छ, 🖊️सही गरे दोष र गाली, नगरे "किन गरिनस्?" भन्ने प्रश्न। अझ ठूलो विडम्बना ⚡त के भने, कसैको बलिदान, पीडा र लासमाथि उभिएर केहीले आफ्ना स्वार्थको महल ठड्याउँछन् र नेतृत्वको अवसर खोज्छन्। यही नै समाजको सबैभन्दा तीतो विडम्बना हो।

16/07/2026

अल्फा-गल सिन्ड्रोम (Alpha-gal Syndrome) र यससँग जोडिएको हल्लाको बारेमा छोटो र सरल जानकारीलाई यहाँ प्रस्तुत गरिएको छ:

अल्फा-गल सिन्ड्रोम (रातो मासुको एलर्जी) के हो?

🪲कारण: यो 'लोन स्टार' (Lone Star) नामको #किर्ना (Tick) ले टोक्दा लाग्ने एक प्रकारको स्वास्थ्य समस्या हो ।
🌡️असर: यो किर्नाले टोकेपछि मानिसको शरीरमा रातो मासु (खसी, भैँसी, बँदेल आदिको मासु) र दुग्धजन्य पदार्थसँग लड्ने एन्टिबडी बन्छ। त्यसपछि मासु खाँदा शरीरमा कडा #एलर्जी (जस्तै: #चिलाउने, #डाबर आउने, #बान्ता हुने वा #सास फेर्न गाह्रो हुने) हुन्छ।

सामाजिक सञ्जाल (टिकटक, इन्स्टाग्राम) मा केही मानिसहरूले दाबी गर्छन् कि यो रोग प्राकृतिक होइन। संसारका शक्तिशाली र धनी मानिसहरूले सर्वसाधारणलाई मासु वा प्रोटिन खानबाट रोक्नका लागि लुकेर "बाकसका बाकस" यस्ता #किर्नाहरू जङ्गल र खेतबारीमा छाडेका हुन्।

वास्तविकता 🧪 वैज्ञानिक र डाक्टरहरूका अनुसार यो पूर्ण रूपमा एउटा अन्धविश्वास वा भ्रम मात्र हो।

👺 यो कुनै सरकार वा संस्थाले बनाएको किर्ना होइन।
🦠🧟‍♂️मौसम परिवर्तन (जलवायु परिवर्तन) र जङ्गलमा जनावरहरूको सङ्ख्या बढेका कारण यी किर्नाहरू प्राकृतिक रूपमै तीव्र गतिमा फैलिरहेका छन्।

अत: किर्नाले टोक्दा रातो मासुको कडा एलर्जी हुनु एउटा वास्तविक जैविक सत्य हो, तर यसलाई कसैले षड्यन्त्र गरेर #फैलाएको भन्ने कुरा केवल इन्टरनेटको एउटा हल्ला मात्र हो।
यदि तपाईंलाई यस रोगका लक्षणहरू वा किर्नाको टोकाइबाट बच्ने उपायहरू बारे अझ थप स्पष्ट रूपमा जान्न मन छ भने "जानकारी" लेखी गर्नु होला।

AGS symptoms usually take 2 to 8 hours to appear. Because many reactions occur in the middle of the night (after a dinnertime steak or burger), it can be difficult to pinpoint the cause.
Unlike typical lifelong allergies, AGS may lessen or go away entirely over time, provided you avoid further tick bites.

Alpha-gal (galactose-α-1,3-galactose) is a carbohydrate molecule (sugar) naturally produced by almost all mammals—such as cows, pigs, lambs, and deer. However, humans and other Old World primates do not produce alpha-gal due to an evolutionary genetic mutation. Under normal circumstances, our digestive systems process mammalian meat without an issue.

Related visual 🖇️📝
https://www.facebook.com/reel/1693566614996536/?mibextid=9drbnH&s=yWDuG2&fs=e

29/06/2026

When highly educated professionals struggle to afford basic financial stability, it's not an individual failure 👉🏼it's a systemic one. If years of education, specialized skills, and essential public service still can't provide a decent standard of living, the problem lies in the system, not the people. Nepal needs policies that restore the link between professional merit, fair compensation, and economic opportunity. A nation cannot expect to retain its skilled workforce while making financial security feel out of reach.

24/06/2026

स्वास्थ्य संकट विङ्कट 🎣🧳💺🛫✈️

20/06/2026

From Everest summits to social change, Kalpana Maharjan continues to prove that courage can transform lives.

Honored to share a few moments with her on today's hike while discussing how we can inspire our youth and children to dream fearlessly and serve society with purpose.

If you can conquer Everest, you can conquer life's challenges.

Kalpana Maharjan - Back To Everest: A Campaign Against Child Marriage

20/06/2026
Photos from Dr. Prem Raj Shrestha Hematologist's post 20/06/2026

Hiking for health, fitness, and a stronger tomorrow. 🌿⛰️

Celebrating Olympic Day by embracing the power of movement.

You can do this. Let's move!🚶‍♂️🏃‍♀️

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Swayambhu
Kathmandu