Damachaur health post salyan
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Damachaur health post salyan, Health/Beauty, Chhatreshwari 1 damachaur, Salyan.
29/06/2024
बिदाइ तथा कदर पत्र प्रदान कार्यक्रम । मिति २०८१/०३/१४ गते मिति २०७२/०७/१८ गते म्याग्दीको पातलेखेत स्वास्थ्य चौकी बाट हे.अ.पद मा सरकारी स्वास्थ्य सेवामा प्रवेश गरी गोरखा जिल्ला अस्पताल हुदै मिति २०७६/०६/२८ गते छत्रेश्वोरी गाउँपालिका अन्तर्गत दमाचौर स्वास्थ्य चौकीमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहि कुशलतापुर्बक ,कर्तव्यनिष्ठ , इमानदारीका साथ यस सस्था ,गाउ समुदाय र समग्र रास्ट्रको जनस्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभै मिति २०८१/०२/२० गते स्वेच्छिक अबकास लिनुभएकी श्री सङ्गीता कुमारी खत्रीले सेवा अबधिभर यहाँले गरेको योगदानको उच्च मुल्यांकन गर्दछौं ।आगामी दिनमा पनि यहाँको निरन्तर सहयोगको अपेक्षा यस दमाचौर स्वास्थ्य चौकीले राख्दछ।यहाँको अबकास पछिको जिबन र अस्ट्रेलियाको बसाई सुखद र सुखमय बनोस् , आर्थिक रुपमा समृद्धि आओस् ,साथै सु स्वास्थ्य एबम दिर्घायुको शुभकामना व्यक्त गर्दछौं ।आजको यस कार्यक्रममा आआफ्नो क्षेत्रबाट सहभागिता जनाइ भब्य र सब्य बनाइदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं । धन्यवाद ।
26/06/2024
सुचना! सुचना! सुचना!
30/05/2024
आज मिति २०८१/०२/१७ गते छत्रेश्वोरि गाउपालिका भोटेचौर सल्यान को आयोजनामा आङ्ग खसेका महिलाहरुको लागि डाक्टर र तालिम प्राप्त साथै अनुभवि प्राबिधिक स्वास्थ्यकर्मी द्वारा चेक जाच गरि रिङ्ग पेसरि राख्ने तथा पाठेघरकाे मुख को क्यान्सर स्कृनिङ्ग शिबिर यस दमाचौर स्वास्थ्य चौकि मा सम्पन्न भयको छ र वडा १,र २ का र बागचौर नगरपालिका का केहि महिला दिदि बहिनि गरि जम्मा ८० जनाले सेवा लिनुभयको थियो जसमध्ये २ जनालाइ VIA जाच positive आयको थियो (यसको मतलब सम्भाबित पाठेघर को क्यान्सर हुनसक्ने भन्ने बुझिन्छ) र धेरै जसोलाइ अन्य पाठेघर को समस्या देखियको थियो र ६ जनामाआङ्ग खस्ने समस्या पनि देखियको थियो ।सम्पुर्ण महिलाहरुलाइ उचित परामर्श गरि आजको शिबिर समापन गरियो साथै यस शिबिरमा उपस्थित यस वडाका वडा अध्यक्ष्य, छत्रेश्वोरि गाउपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख , लेखपोखरा PHC मा कार्यरत डाक्टर ,जिल्ला अस्पताल मा कार्यरत स्टाफ नर्स , यस सस्थाका सम्पुर्ण कर्माचारिहरु दहखोला सामुदायिक स्वास्थ इकाइ प्रमुख , सम्पुर्ना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदिहरु र छत्रेश्वोरि गाउपालिका भोटेचौर सल्यान लाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ। साथै यस्तै शिबिर हरु आगामि बर्षमा पनि नियमित गरिदिनुहुन छत्रेश्वोरि गाउपालिका लाइ अनुरोध गर्दछौ ।
27/05/2024
सुचना ! सुचना! सुचना!
यहि मिति २०८१/०२/१७ गते छत्रेश्वोरि गाउपालिका भोटेचौर सल्यान को आयोजनामा आङ्ग खसेका महिलाहरुको लागि तालिम प्राप्त साथै अनुभवि प्राबिधिक स्वास्थ्यकर्मी द्वारा चेक जाच गरि रिङ्ग पेसरि राख्ने तथा पाठेघरकाे मुख को क्यान्सर स्कृनिङ्ग शिबिर यस दमाचौर स्वास्थ्य चौकि मा हुने भयकोले पाठेघर खसेका महिला हरु, पाठेघर सम्बन्धि समस्या भयका महिलाहरु उपस्थिति भैदिनुहुन अनुरोध गरिन्छ ।
बिस्तृत जानकारी को लागि यो नम्बरमा फोन गर्ना सक्नुहुनेछ 9844758336,9848962021
04/04/2024
छत्रेश्वोरी गाउँपालिका अन्तर्गत दमाचौर स्वास्थ्य चौकीमा आज मिति २०८०/१२/२२गते स्वास्थ्य सेवा को पहुच कम भयको समुदायमा क्ष्ययरोगको सक्रिय खोजपडताल सम्बन्धि महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरुलाइ १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।
22/02/2024
छत्रेश्वोरी गाउँपालिका पलाटे १ मा दादुरा रुबेला रोग विरुद्ध खोप अभियान ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाइ खोप लगाइ सम्म्पन्न गरियो ।
21/02/2024
यस छत्रेश्वोरी गाउपालिका अबस्थित दमाचौर स्वास्थ्य चौकी मा दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा स्तरीय खाेप समन्वय समितिकाे १ दिने अभिमुखिकरण गाेष्ठि सम्पन्न भयो
दादुरा रूबेला खाेप कार्यक्रम भाेलि १० गते देखि १४गते सम्म ४ वटा खाेप केन्द्रमा संचालन हुँदै छ । आफ्नो बालबालिकाहरुलाइ नजिकको खोप केन्द्रमा लिएर खोप लगाऔ ।
सहभागीता को लागि सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहन्छौ ।
20/02/2024
सुचना ! सुचना! सुचना!
यस छत्रेश्वोरी गाउँपालिका वडा न.१ मा अबस्थित दमाचौर स्वास्थ्य चौकि अन्तर्गतका खोप क्लिनिक हरुमा तपसिल अनुसारको मिति, समय र स्थानमा ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाइ दादुरा ,रुबेला खोप लगाइने भयको हुदा उक्त खोप केन्द्र मा उपस्तिथित को लागि अनुरोध गरिन्छ ।धन्यवाद
फोन न 9844758336
09/02/2024
यश सस्था प्रती जिम्मेवार हुँदै इमान्दारीका साथ आफ्नो काम कर्तव्य सम्पन्न गर्ने ,मेहनती र मिलनसार कर्माचारि सिस्टर अ.न.मि श्री हिमानी गोसाइलाइ आफ्नो जिवनको अमुल्य समय पाँच महिना यस सस्था लाई दिनुभयकोमा हार्दिक धन्यवाद दिना चाहन्छौ साथै आउने दिनहरु पनि सुखमय रहोस र सफल भबिस्यको कामना गर्दछौ। अमेरिकाको बसाइ सुखमय रहोस भनी सुभकामना पनि बेक्त गर्दछौं ।
Category
Telephone
Website
Address
Salyan
Alerts
Be the first to know and let us send you an email when Damachaur health post salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.