Shree Bhambak United Youth Club Official

Shree Bhambak United Youth Club Official

Share

स्वच्छ समाज परिवर्तनको लागी युवा एकता,भम्बक युनाइटेड युथ क्लबको प्रतिबद्धता ।

Photos from Shree Bhambak United Youth Club Official 's post 07/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना..!!
मिति २०८१ साल कार्तिक ३० गते, ५४ वर्षको उमेरमा स्वर्गीय श्री राम प्रसाद काफ्ले ज्युको असामयिक निधन भएको थियो । तत्कालिन समयमा हामी सम्पूर्ण भम्बक युनाइटेड युथ क्लब,रामपुर–५, भम्बक परिवार अत्यन्त मर्माहत भएका थियौँ। सो दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चिरशान्तिको कामना गर्दछौँ। साथै, शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति यस दुःखद घडीमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौँ।
भम्बक युनाइटेड युथ क्लब परिवार
रामपुर–५, भम्बक

Photos from Shree Bhambak United Youth Club Official 's post 13/06/2026

श्री भम्बक युनाइटेड युथ क्लबको आयोजनामा भैरहेको "टोल स्तरीय जुनियर भलिबल प्रतियोगिता" को पहिलो दिनको केहि झलकहरु...!!!

09/06/2026

श्री भम्बक युनाइटेड युथ क्लबको आयोजनामा हुन गइरहेको "टोल स्तरीय जुनियर भलिबल प्रतियोगिता" मा सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
आउनुहोस्, हाम्रो प्रतिभाशाली जुनियर खेलाडीहरूको उत्साह बढाऔँ, उत्कृष्ट खेलको आनन्द लिऔँ र खेलकुदको विकासमा साथ दिऔँ।
"तपाईंहरुको उपस्थितिले खेलाडीहरूलाई थप हौसला प्रदान गर्नेछ।"
सबैजना परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । 🙏🏆

14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण गाउँबासी, शुभेच्छुक, सहयोगी हातहरू तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्ष केवल नयाँ वर्ष मात्र होइन, यो नयाँ आशा, नयाँ सोच, नयाँ ऊर्जा र नयाँ संकल्पको सुरुवात हो। विगतका अनुभवलाई आत्मसात गर्दै, सफलताका पाइला अगाडि बढाउँदै, एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रण गर्दछौँ।
समाज विकास, युवा सशक्तीकरण, खेलकुद, संस्कृति संरक्षण र सामाजिक सेवाका क्षेत्रमा हाम्रो क्लबले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउँदै, सबैको साथ, सहयोग र विश्वासका साथ नयाँ उचाइमा पुग्ने दृढ अठोट लिएका छौं।
आउनुहोस्, नयाँ वर्षले ल्याएको उज्यालो सम्भावनालाई आत्मसात गर्दै, समृद्ध, सभ्य र विकसित समाज निर्माणमा सबै मिलेर हातेमालो गरौँ।
साथै अब आउने आगामी दिनहरुमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलताको कामना गर्दछौँ।
धन्यवाद। 🙏
श्री भम्बक युनाइटेड युथ क्लब
रामपुर–५, पाल्पा

Photos from Shree Bhambak United Youth Club Official 's post 27/03/2026

🚩 राम नवमी विशेष 🚩
हरेक वर्षझैं यस वर्ष पनि
यस श्री भम्बक युनाइटेड युथ क्लबको आयोजनामा
‘‘खुदे पानी वितरण कार्यक्रम’’
रामघाट धाम, रामपुर–५ पाल्पा,
आउनुहोस्, सेवा र श्रद्धाको यस कार्यक्रममा सहभागी बनौं।
🙏 जय श्रीराम 🙏

02/03/2026

🌸 होली २०८२ को हार्दिक शुभकामना 🌸
रङ्गहरूको यो पावन पर्व होली ले हाम्रो जीवनमा
खुशी, सद्भाव, प्रेम र एकताको रङ्ग भरिदियोस्।
समाजमा सकारात्मक सोच, भाइचारा सहकार्यको भावना अझ बलियो बनोस् भन्ने कामना गर्दछौं।
यस शुभ अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा यस श्री भम्बक युनाइटेड यूथ क्लब परिवारको तर्फबाट होली २०८२ को हार्दिक मंगलमय शुभकामना 💐
श्री भम्बक युनाइटेड यूथ क्लब स-परिवार
रामपुर 5 पाल्पा

Category

Telephone

Website

Address

रामपुर 5 पाल्पा
Tansen
32500