Dr Sagar Koirala, MD
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Sagar Koirala, MD, Dang, Tulsipur.
30/09/2026
के हो CRP ?
यसको मतलब बुझ्नुभएको छ?
खाना खाने बित्तिकै दिसा दगुर्नुपर्ने वा दिनौंसम्म पेट सफा नहुने समस्या छ? 🩺
हाम्रोमा दैनिक धेरै यस्ता बिरामीहरू आउनुहुन्छ, जसलाई लामो समयदेखि पेटको समस्या छ— कसैलाई कडा कब्जियत (Constipation), त कसैलाई खाना खाने बित्तिकै दिसा लाग्ने (Diarrhea/Urgency)। धेरैले भिडियो एक्सरे, इन्डोस्कोपी वा अन्य जाँच गराउँदा रिपोर्टहरू सबै "नर्मल" आउँछन्, तर समस्या भने जस्ताको तस्तै रहन्छ।
यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई यस्तै भइरहेको छ भने, यो IBS (Irritable Bowel Syndrome) वा इरिटेबल बाउल सिन्ड्रोम को लक्षण हुन सक्छ!
यो के हो? यसका प्रमुख लक्षणहरू के-के हुन् र यसलाई कसरी व्यवस्थापन गर्ने? विस्तृत जानकारीका लागि यो २ मिनेटको भिडियो पूरा हेर्नुहोला।
💡 भिडियो उपयोगी लागेमा सेयर गरेर अरूलाई पनि सचेत बनाउनुहोला। पेट सम्बन्धी कुनै पनि समस्या लामो समयदेखि छ भने विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहाेस्।
(PS: Iran and Strait of Hormouz on the background screen)
28/09/2026
CBC
धेरैजसो स्वास्थ्य समस्याको पहिचान गर्ने पहिलो पाइला भनेकै CBC (Complete Blood Count) परीक्षण हो।
यो सामान्य देखिए पनि हाम्रो शरीरको आन्तरिक अवस्था बुझ्न अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
CBC ले के-के कुरा थाहा पाउन मद्दत गर्छ?
🔴 हिमोग्लोबिन र RBC: शरीरमा रगतको कमी (एनिमिया) वा थकानको कारण पत्ता लगाउन।
⚪ WBC (श्वेत रक्तकोष): शरीरमा कुनै प्रकारको संक्रमण (Infection) वा इन्फ्लेमेसन छ/छैन हेर्न।
🩸 प्लेटलेट्स (Platelets): रगत जम्ने क्षमता र डेङ्गु वा अन्य भाइरल संक्रमणको अवस्था मूल्यांकन गर्न।
27/09/2026
अकस्मात छाती दुखेको त छैन??
एउटा ECG गरेमा समयमै हृदयघात पत्ता लाग्न सक्छ है ।
लामो समयसम्म ग्यास्ट्रिकको औषधि (PPIs) खाइरहनुभएको छ? होसियार! 💊👇
हामीमध्ये धेरैलाई अलिकति पेट पोल्यो वा अमिलो पानी आयो कि तुरुन्तै ग्यास्ट्रिकको औषधि (Pantoprazole, Rabeprazole आदि) खाने बानी हुन्छ। कतिपयले त वर्षौंसम्म डाक्टरको सल्लाहबिनै यी औषधि लगातार प्रयोग गरिरहेका हुन्छन्।
तर के तपाईंलाई थाहा छ? लामो समयसम्म ग्यास्ट्रिकको औषधि निरन्तर प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ:
🔻 भिटामिन र खनिजको कमी: विशेष गरी भिटामिन B12, क्याल्सियम र म्याग्नेसियमको शोषणमा कमी आउनु
🔻 हड्डी कमजोर हुने: क्याल्सियमको कमीले गर्दा हड्डी कमजोर भई फ्याक्चरको जोखिम बढ्नु
🔻 पेटको सङ्क्रमण: पेटमा एसिडको मात्रा घट्दा हानिकारक जीवाणु (जस्तै C. difficile) को सङ्क्रमण सजिलै हुनु
🔻 मिर्गौलामा असर: लामो समयसम्म प्रयोग गर्दा मिर्गौलासम्बन्धी समस्या देखिन सक्ने जोखिम
यस्तै महत्वपूर्ण असरहरू र यसबाट कसरी बच्ने भन्नेबारे विस्तृत रूपमा बुझ्न माथि दिइएको १ मिनेट ३८ सेकेन्डको भिडियो/रिल पूरा हेर्नुहोला!
22/09/2026
अरु कोलेस्टेरोल ठिकठाक
तर यो Triglyceride चै हुनुपर्नेभन्दा डबल।
यत्तिकै लागी औसधी चै चाहिदैन है ।
तपाईंले खानुभाको छैन नि?
21/09/2026
दङ्गीशरणबाट नियमित स्वास्थ्य परीक्षणका लागि आउनुहुने प्रेम बहादुर कुसारी दाई। उहाँसँगको यो डाक्टर-बिरामीभन्दा माथिको आत्मीय सम्बन्ध सुरु भएको पनि करिब दुई वर्ष भइसकेछ।
लामो समयदेखि ग्यास्ट्रिकको समस्याले सताएका दाई नियमित फलोअपमा आउने गर्नुहुन्छ। आज भेटमा मुस्कुराउँदै भन्नुभयो— "डाक्टर साब, मेरो पुरानो ग्यास्ट्रिकको समस्या तपाईंसँग उपचार गराएपछि धेरै हदसम्म सन्चो भएको छ। आज आउँदा धेरै त केही ल्याउन सकिनँ, यही दुई-तीनवटा अम्बा गोजीमा हालेर ल्याइदिएको छु।"
उहाँको त्यो सरल मुस्कान, पवित्र मन र गोजीबाट निकालेर दिएको अम्बाको उपहारले मनै सिरिङ्ग र प्रफुल्लित बनायो। बिरामी निको भएर अनुहारमा फर्किने यो खुसी र उहाँहरूले देखाउनुहुने निष्कपट माया नै एक चिकित्सकका लागि जीवनको सबैभन्दा ठूलो कमाइ र सन्तुष्टि रहेछ।
प्रेम बहादुर दाईको यो माया र विश्वासप्रति धेरै धेरै धन्यवाद! उहाँको पूर्ण स्वास्थ्य लाभ र दीर्घायुको सधैँ कामना गर्दछु।
19/09/2026
यतातिर त यसलाई "कालो जन्डिस" भनिने रैछ !
तपाईंहरुको तिर के भनिन्छ ?
"भिडियो एक्सरे (USG) गराएँ, ग्यास्ट्रिक देखियो!" — के यो सम्भव छ?
सोध्नुहुन्छ भने, उत्तर हो — विल्कुलै छैन! ❌
हाम्रो समाजमा पेट पोल्ने वा डकार आउने बित्तिकै भिडियो एक्सरे गराउने र त्यसैबाट ग्यास्ट्रिकको पत्तो लाग्छ भन्ने ठूलो भ्रम छ। एक फिजिसियनको नाताले म यो भ्रम चिर्न चाहन्छु:
१. भिडियो एक्सरेले के हेर्छ?
भिडियो एक्सरेले पित्तथैलीको पत्थरी, कलेजो, प्यानक्रियाज वा मिर्गौला जस्ता ठोस अङ्गको स्थिति हेर्छ। तर आमाशय (Stomach) भित्रको सुन्निएको, घाउ (Ulcer) वा ग्यास्ट्रिक भिडियो एक्सरेमा देखिँदैन।
२. त्यसो भए ग्यास्ट्रिकको वास्तविक जाँच के हो?
इन्डोस्कोपी (Endoscopy):
आमाशयभित्र क्यामेरा हालेर प्रत्यक्ष घाउ वा सुन्निएको हेर्ने एकमात्र आधिकारिक जाँच।
एच. पाइलोरी (H. pylori) टेस्ट:
ग्यास्ट्रिक गराउने मुख्य जीवाणु भए/नभएको थाहा पाउन गरिने दिसा वा सासको परीक्षण।
३. भिडियो एक्सरे किन त?
ग्यास्ट्रिक जस्तै पेट पोल्ने लक्षण पित्तथैलीको पत्थरी वा प्यानक्रियाजको समस्याले पनि दिने भएकाले ती अन्य रोगहरू हुन् कि होइनन् भनेर छुट्याउन (Rule Out गर्न) मात्र भिडियो एक्सरे गरिन्छ।
17/09/2026
उमेर केवल एउटा संख्या मात्र हो भन्ने कुराको प्रत्यक्ष उदाहरण आज आफ्नो ओपिडीमा भेटेँ!
बबई-५ का ६५ वर्षीय रिम बहादुर खड्का बुवा छातीको जाँचका लागि आउनुभएको थियो। कुराकानी गर्दै जाँदा थाहा भयो— उहाँ अहिले ६५ वर्षको उमेरमा पनि जोस र जाँगरका साथ स्थानीय विद्यालयको कक्षा ९ मा पढ्दै हुनुहुन्छ!
आँखाको रोशनी अलि कमजोर भए पनि उहाँको सिक्ने र पढ्ने इच्छाशक्ति भने असाध्यै कडा छ। "कम्तीमा एसईई (SLC) सम्म त जसरी नि पास गर्छु डाक्टर साब" भनेर मुस्कुराउँदै भन्दा मेरो छाती गर्वले चौडा भयो। उहाँको यो हिम्मत र पढाइप्रतिको लगाव देख्दा मनै प्रफुल्ल भयो।
जीवनमा केही सिक्न र अघि बढ्न उमेरले कहिल्यै छेक्दैन भन्ने कुराको जीवित प्रेरणा हुनुहुन्छ रिम बहादुर बुवा। उहाँको सुस्वास्थ्य र अध्ययन यात्राको सफलताको हार्दिक शुभकामना! 🎓✨
Website
Address
Tulsipur
Alerts
Be the first to know and let us send you an email when Dr Sagar Koirala, MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.