RedBook.Com
Corruption does not end by being honest.
11/09/2026
ग्यास कहाँ छ? सरकारसँग यसको जवाफ छ?
बजारमा उपभोक्ता भन्छन्— “ग्यास छैन।”
समाचारमा आउँछ— “हजारौँ, लाखौँ सिलिन्डर बजारतर्फ पठाइँदैछ।”
त्यसो भए प्रश्न स्वाभाविक छ—
ती ग्यासका सिलिन्डरहरू कहाँ छन्?
कुन उद्योगबाट कति ग्यास निस्कियो?
कुन बाटो हुँदै आयो?
कुन बोटलिङ प्लान्टमा भरियो?
कुन डिलरलाई कति वितरण गरियो?
र अन्ततः उपभोक्तासम्म कति पुग्यो?
सरकारले अब भाषण होइन, ग्यासको सम्पूर्ण आपूर्ति र वितरण शृङ्खला सार्वजनिक गर्नुपर्छ।
सडक अवरुद्ध हुनु प्राकृतिक विपत्ति हो, तर विपत्तिपछि आएको ग्यास बजारसम्म पुर्याउन नसक्नु व्यवस्थापनको प्रश्न हो।
यदि ग्यास साँच्चै पर्याप्त मात्रामा आइरहेको छ भने उपभोक्ताको चुलो किन बल्दैन?
त्यसैले अब खोजी हुनुपर्छ—
उपभोक्ताले ग्याँस किन पाएन?
ग्यास कहाँ छ?
कसले रोक्यो?
कसले थुपार्यो?
कसले वितरण गरेन?
र सरकारको अनुगमन कहाँ चुक्यो?
जनतालाई तथ्य चाहिएको छ, आश्वासन होइन।
02/09/2026
सुरुङमा मानिस फसेको जानकारी दिँदा पनि ७२ घण्टासम्म सुनुवाइ भएन : ज्ञानेन्द्र शाही
02/09/2026
PM Balen Shah regarding recent flood says, "विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमाली क्षेत्रको हिउँ चट्टानले हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद् बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।"
Gyanendra Shahi भन्नुहुन्छ :
प्रधानमन्त्रीज्यूले संसदमा दिनुभएको जानकारीअनुसार सुरुङमार्गमा फसेका नागरिकहरूको उद्धार अझै पनि अत्यन्तै कठिन अवस्थामा रहेको रहेछ। तर मेरो विचारमा उद्धार असम्भव होइन, पर्याप्त स्रोत–साधन, दक्ष जनशक्ति र प्रभावकारी समन्वय भयो भने कठिनभन्दा कठिन परिस्थितिमा पनि नागरिकको ज्यान बचाउन सकिन्छ।
01/09/2026
देशलाई दुःख पर्दा युवाहरू भन्छन्— “We will stand with our motherland.” 🇳🇵❤️
सडक बगाएको ठाउँमा समेत हिम्मत नहार्दै, डोकोमै राहतका सामग्री बोकेर करिब ५ घण्टा पैदल यात्रा गर्दै सहयोगका लागि अघि बढे। बाटो कठिन थियो, तर मनमा देश र जनताको पीडा थियो।
यसै क्रममा रसुवा–नुवाकोट सीमासम्म पुगेर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्ने प्रयास गरियो।
देशलाई साँच्चै आवश्यक परेको बेला युवाको काँधमा केवल डोको होइन, आशा र भरोसा पनि हुन्छ। 🇳🇵🙏
देशका लागि, जनताका लागि— हामी सधैं उभिनेछौँ।
काठमाण्डौं स्थित बागमती नदि गौरीघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहान सम्मै उच्च सतर्क रहनुहोला।
31/08/2026
काठमान्डौमा बाढीको ड र ,विष्णुमति र धोबीखोलामा देखियो बढी जोखिम,सतर्क रहन आग्रह !
भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि सांसद ज्ञानेन्द्र शाहीले नेपाली सेनाको समन्वयमा उद्धार टोली ड्याम साइड मा पठाउँदै ! तीन दिनदेखि लगातार जुम्ला लगायतका विभिन्न ठाउँका नागरिकहरू फसेका ठाउँमा अमर बिष्ट लगायतको टोलीलाई समन्वय गर्दै उद्धारकार्यमा निरन्तर लागिराख्नुभएको खबर हामीले प्राप्त गरेका छौं ।
26/08/2026
भोटेकोशीमा बाढीको खतरा: रसुवादेखि चितवनसम्मका ५ जिल्लाका तटीय बासिन्दालाई सुरक्षित रहन अपिल !
भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव अत्यधिक बढेपछि आसपासका ५ जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सम्भावित विपद्बाट जोगिन सतर्क रहन अपिल गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशीमा जलसतह निरन्तर बढ्दो क्रममा रहेको छ। यसको प्रत्यक्ष असर पर्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदी तथा खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन भनिएको छ।
नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्कता अपनाउन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्। बाढीको सम्भावित खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ र तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारीका साथ सुरक्षित रहन सूचित गरेको छ।
26/08/2026
Important Request: गृह मन्त्रालयले मुग्लिङ - नारायणगढ सडक, पृथ्वी राजमार्ग, गल्छी -नुवाकोट- रसुवा- स्याफ्रुबेसी सडकमा तत्कालको लागि यात्रा नगर्न अनुरोध गरेको छ। 🙏
Cliquez ici pour réclamer votre Listage Commercial.
Type
Site Web
Adresse
Democratic Republic Of The