EPS Chingu Travel

EPS Chingu Travel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS Chingu Travel, Seoul.

30/04/2026

उडान सुरु, अब यात्रा सहज! 🛫 साउदी, कतार, मलेसिया र दुबईका सबै उडानहरू खुलेका छन्। आफ्नो तयारी गर्नुहोला।

10/03/2026

नेपाल एरलाइन्सको सुचना !
आदरणीय यात्रु महानुभावहरू,

मध्यपूर्व क्षेत्रमा जारी परिस्थितिका कारण हवाई मार्ग (Airspace) बन्द भएकोले नेपाल वायुसेवा निगमका निम्न उडानहरू रद्द गरिएको जानकारी गराइन्छः

काठमाडौं – दोहा (RA 239) — ११ मार्च २०२६
काठमाडौं – दमाम (RA 241) — ११ मार्च २०२६
दोहा – काठमाडौं (RA 240) — १२ मार्च २०२६
दमाम – काठमाडौं (RA 242) — १२ मार्च २०२६

यस परिस्थितिका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति निगम हार्दिक क्षमाप्रार्थी छ।

मध्यपूर्वका दुबई, दोहा र दमामबाट/तर्फ नेपाल वायुसेवा निगमका आगामी उडान सम्बन्धी जानकारीका लागि निगमले जारी गर्ने सूचना वा तोकिएका फोन नम्बरहरूमा सम्पर्क गरी मात्र विमानस्थल आउन अनुरोध गरिन्छ।

थप जानकारीका लागि नेपाल वायुसेवा निगमको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू नियमित रूपमा हेर्नुहुन अनुरोध छ।

जरुरी जानकारीका लागि सम्पर्क:
+977 9851273459 / 9851422156

काठमाडौंबाट इस्तानबुलका लागि उडेको टर्किस एयरको एक इन्जिन फेल, कलकातामा सुरक्षित अवतरण 04/02/2026

काठमाडौंबाट इस्तानबुलका लागि उडेको टर्किस एयरको एक इन्जिन फेल, कलकातामा सुरक्षित अवतरण काठमाडौं । काठमाडौंस्थ्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरला....

टर्किस एयरलाइन्सको इस्तानबुल उडान रनवेबाट फर्काइयो 25/01/2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उड्न लागेको टर्किस एयरलाइन्सको विमान रनवेबाट फर्काइएको छ ।

उडान नम्बर टीके–७२७ निर्धारित समय १२:३५ बजे उडानका लागि रनवेमा पुगिसकेको थियो । उडानको क्रममा रनवेमा दौडिँदै गर्दा विमानमा प्राविधिक समस्या देखिएको संकेत प्राप्त भएपछि सुरक्षाका कारण उडान तत्काल रोकिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानलाई पुन: पार्किङ क्षेत्रमा फर्काएर प्राविधिक जाँच सुरु गरिएको छ । आवश्यक जाँच पूरा भएपछि विमान उडान भर्ने तयारी गरिने विमानस्थलले जनाएको छ । यात्रु तथा चालकदल सबै सुरक्षित रहेको पनि स्रोतले स्पष्ट पारेको छ ।

टर्किस एयरलाइन्सको इस्तानबुल उडान रनवेबाट फर्काइयो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उड्न लागेको टर्किस एयरलाइन्सको विमान रनवेब...

19/01/2026

🚫✈️ कोरिया यात्रा गर्ने सबैमा महत्वपूर्ण सूचना ! 🇰🇷🇳🇵

विदेशबाट आँपजस्ता फलफूल, वनस्पतिजन्य सामग्री, तथा ससेजजस्ता मासुजन्य पदार्थ कोरिया ल्याउन कडा रूपमा प्रतिबन्ध लगाइएको छ।

📦 यस्ता सामग्रीहरू हुलाकमार्फत (पार्सल गरेर) पठाउन पनि पूर्ण रूपमा निषेध गरिएको छ।

⚠️ यदि तपाईंसँग यस्ता कुनै सामग्री छन् भने, आगमनस्थलको क्वारेन्टाइन काउन्टरमा अनिवार्य रूपमा घोषणा गर्नुहोस्।
घोषणा नगरेमा एक करोड कोरियन वोनसम्म जरिवाना तथा कानुनअनुसार कारबाही हुन सक्छ।

🌱 बीउ, बिरुवा तथा माटोसहितका वस्तुहरू विशेष रूपमा निषेधित छन्।

🙏 सबैको सहयोगले मात्र सुरक्षित यात्रा र सुरक्षित कोरिया सम्भव छ।
📞 थप जानकारी: 054-912-1000 | 🌐 www.qia.go.kr

#कोरिया_यात्रा #महत्वपूर्ण_सूचना

14/09/2025

जरुरी सुचना !

देशको बिसम परिस्थितिका कारण Cathay Pacific ले 15 Sep-30 Sep सम्म कोरीया बाट हंङकङ हदै नेपाल ऊड्ने र नेपाल बाट हंङकङ हुदै कारिया ऊड्ने उडान क्यानसिल गरेको छ । टिकट काट्नु भएका यात्रू महानुभाबहरूले आफुले टिकट काटेको एजेन्सी संग सम्पर्क गर्नुहोला । अरु उडान भने हाल सम्म परिवर्तन नभएको जानकारी गराउछु ।

इपिएस छिङगु ट्राभल
चावाहिल , काठमाडौं

२४२ यात्रु बोकेको एअर इन्डियाको विमान दुर्घटना : अहिलेसम्म के थाहा छ ? 12/06/2025

काठमाडौं । उडान भरेको केही समयपछि नै एअर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले ‍बताएअनुसार विमानस्थल क्षेत्र बाहिर बाक्लो धुवाँ देखिएको थियो, त्यसपछि अनुसन्धानको लागि सम्पूर्ण टोली घटनास्थलमा पठाइएको छ ।

२४२ यात्रु बोकेको एअर इन्डियाको विमान दुर्घटना : अहिलेसम्म के थाहा छ ? काठमाडौं । उडान भरेको केही समयपछि नै एअर इन्डियाको यात्रुवाहक विमान अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्र...

08/05/2025

भारत र पाकिस्तानबीच हाल बढ्दो तनावका कारण भारतीय

विमानहरूले पाकिस्तानको एयरस्पेस प्रयोग गर्न नपाइरहेका छन्, तर तेस्रो मुलुकका जहाजहरूलाई हालसम्म असर परेको छैन। यदि तनाव युद्धमा बदलियो भने नेपालबाट गल्फ मुलुक र युरोपजस्ता ठाउँसँगको हवाई सम्पर्क तत्काल बन्द हुन सक्छ, किनभने ती सबै रुट पाकिस्तान र भारतको एयरस्पेस हुँदै काठमाडौं आउँछन्।

युद्ध चर्किएमा व्यावसायिक उडानहरू युद्धग्रस्त क्षेत्रको आकाशबाट सञ्चालन गर्न जोखिमपूर्ण हुन्छ। अहिले चीन, भुटान, मलेसिया, सिंगापुरजस्ता देशबाट आउने उडानहरू पूर्वी नेपाल हुँदै आउँदा भारत–पाकिस्तान तनावले पश्चिमी नेपालबाट आउने उडानहरू बढी प्रभावित हुन सक्छन्। हालसम्म कुनै रि-सेड्युल वा डिले रिपोर्ट गरिएको छैन, र नागरिक उड्डयन प्राधिकरणले स्थिति बिग्रन नजाओस् भन्ने अपेक्षा राखेको छ l

06/05/2025

िकट 😊

काठमाडौ देखि दक्षिण कोरिया सम्मको लागि कोरियन एरको अफर टिकेट आएको छ । यहाहरु पनि कोरिया जाँदै हुनुहुन्छ भने वा डिपेन्डेन्टमा आफ्नो मान्छे कोरिया लान लाग्दै हुनुहुन्छ भने ०२ जुन र ४ जुलाईको लागि केही सिटहरु अरु दिन भन्दा एकदम सस्तोमा आएको छ । चाडो सम्पर्क गर्नुहोला र आफ्नो सिट सुरक्षित राख्नुहोला ।

सम्पर्क न : 9841655366 / 981-8345747
Luggage : 23kg+10 kg
इपिएस छिंडगु ट्राभल
चाबाहिल , पिपलबोट ,नरमाया भवन

EPS Chingu Travel Travel Company

03/02/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक सोह्र घण्टा खुल्ने
——————
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेब्रुअरी १ तारिख शनिबारदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ। पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ।”
विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उहाँले जानकारी दिनुभयो। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ।

सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन्। उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन्।
https://gorkhapatraonline.com/news/141351

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कता 07/01/2025

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार

नेपाल एयरलाइन्सको बजार हिस्सा २५ बाट ११.२८ प्रतिशतमा झर्‍यो, सबैभन्दा बढी यात्रु बोक्नेमा कता काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० म.....

Want your business to be the top-listed Beauty Salon in Seoul?
Click here to claim your Sponsored Listing.

Website

Address


Seoul
100-011