CMC Cancer Institute
CMC Cancer Institute -diagnose, treat and research in complex cases of Cancers .
07/05/2025
क्यान्सरसँगको लडाईको यात्रामा मानसिक र शारीरिक स्वास्थ्यको सन्तुलन कायम राख्न महत्त्वपूर्ण हुन्छ। 🫁💙
के तपाईंलाई थाहा छ? गहिरो श्वासप्रश्वास अभ्यासले तनाव कम गर्न, अक्सिजन प्रवाह सुधार गर्न, र सकारात्मक सोचको वृद्धि गर्न सहयोग गर्दछ।
03/04/2025
🔬 तनाव र क्यान्सर: के तपाईं जानकार हुनुहुन्छ? 😟➡️🦠
दीर्घकालीन तनावले क्यान्सरको वृद्धि सहज बनाउन सक्छ! 😨 तनावले शरीरको रोग प्रतिरोधी प्रणाली कमजोर पार्छ, सूजन बढाउँछ, र उपचारको प्रभावकारिता घटाउन सक्छ। 🚨
✅ तनाव कम गर्ने उपायहरू अपनाऔं
✅ मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔं
✅ स्वस्थ जीवनशैली अपनाएर क्यान्सरलाई हराऔं!
🧠 स्वस्थ मन, सशक्त शरीर 💪
📢 CMC Cancer Institute – तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता!
30/03/2025
के तपाईंलाई थाहा छ❓
तनाबले हाम्रो शरीरका हर्मोनलाई प्रभावित गरी क्यान्सरको जोखिम बढाउँछ। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ र अप्रत्यक्ष रूपमा क्यान्सरको विकासमा भूमिका खेल्न सक्छ।
स्वस्थ जीवनशैली अपनाएर तनाबलाई नियन्त्रण गर्न सकिन्छ।
पाल्पा जिल्लाका हरि भण्डारी, जो १२ कक्षा पास गरेर वैदेशिक रोजगारीको लागि दुबई जानुभएको थियो। व्यस्त कामको दौरान खुट्टामा समस्या देखिएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पत्ता लाग्यो।
स्वास्थ्य सुधारको चाहनामा नेपाल फर्कनुभएका उहाँ, अहिले सी.एम.सी. क्यान्सर इन्स्टिच्युटमा डा. पंकज कुमार वर्मन नेतृत्वको विशेषज्ञ टोलीद्वारा उपचाररत हुनुहुन्छ। दिनानुदिन सुधार हुँदै, उहाँ पुन: आफ्नो जीवनलाई सामान्य बनाउन तयार हुँदै हुनुहुन्छ।
हरि भण्डारीजस्तै कयौं पीडितको जीवनमा आशा र उपचारको किरण बनेको सी.एम.सी. क्यान्सर इन्स्टिच्युटमा, हामी तपाईंको सेवामा सँधै समर्पित छौँ। 🙏
उहाँ र उहाँका परिवारको थप अनुभव सुनौं, यसै भिडियोमार्फत।
04/02/2025
❤🎗 पीडालाई माया र आशाको प्रकाशले जित्दै...
आजको विश्व क्यान्सर दिवसको अवसरमा,अस्पतालका प्रिय बिरामीहरूसँग फलफूल बाँड्दै उनीहरूलाई माया, प्रेरणा, र सहानुभूतिको विशेष अनुभूति गराउने हाम्रो एक सानो प्रयास।
हामीलाई विश्वास छ, शारीरिक स्वास्थ्यसँगै मनको हौसलाले पनि जीवनमा चमत्कार ल्याउँछ। 🙏💜
हामी सँधै तपाईंको साथमा छौँ—दु:खमा माया, पीडामा सहारा।
#पीडालाई_जितौं #विश्व_क्यान्सर_दिवस #माया_र_प्रेरणा
04/02/2025
🌍 𝐖𝐨𝐫𝐥𝐝 𝐂𝐚𝐧𝐜𝐞𝐫 𝐃𝐚𝐲 2025: 𝐔𝐧𝐢𝐭𝐞𝐝 𝐛𝐲 𝐔𝐧𝐢𝐪𝐮𝐞 🌈
This morning at Chitwan Medical College, we walked together, hand in hand, embracing our unique stories in the fight against cancer. Each step we took symbolizes our commitment to raising awareness and supporting one another. Together, we shine brighter!
Let’s keep inspiring hope and stand united in this important journey. 💪❤️
04/02/2025
🌍✨ World Cancer Day 2025: Together, we embrace our diversity under the theme "United by Unique."
At Chitwan Medical College, we stand hand in hand, celebrating each individual story in the fight against cancer. Let’s unite to raise awareness, support one another, and inspire hope! 💖
🌈
30/01/2025
❝ समयमै स्वास्थ्य परीक्षण गरौं, सुरक्षित भविष्य सुनिश्चित गरौं। ❞
🌷🎗️ विश्व क्यान्सर दिवस २०२५ विशेष 🎗️🌷
आउनुहोस्, स्वास्थ्य लाभको यो विशेष अवसरलाई उपयोग गरौं। 💕
📞 थप जानकारीका लागि: ०५६-४९४३३३
#स्वास्थ्यसुरक्षा #मायासंगहेरचाह
सुर्खेतका शशीराम बि.क.लाई जिब्रोमा तेस्रो चरणको क्यान्सर पत्ता लागेपछि सि.एम.सी क्यान्सर इन्स्टिच्युटको डा. सुवास देवकोटा लगायतको नेतृत्वमा विशेषज्ञ टोलीद्वारा जिब्रो र घाँटीको गिर्खा सफलतापूर्वक शल्यक्रिया गरिएको छ। अब उहाँलाई बोल्न र निल्न सहज हुनेछ, जसले उहाँको जीवनमा नयाँ आशा र उत्साह थपेको छ।
उहाँ अझै फलोअपका लागि आउनुपर्ने भए पनि यो उपचार क्यान्सरको विरुद्धको यात्रामा महत्वपूर्ण कदम साबित भएको छ।
सि.एम.सी क्यान्सर इन्स्टिच्युट: जहाँ हरेक क्यान्सर रोगीको जीवनलाई सहज र आशास्पद बनाउन हाम्रो प्रतिबद्धता निरन्तर रहिरहनेछ। ❤️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bharatpur/10
Bharatpur
44200