Udaudo Kiran

Udaudo Kiran

Share

# News & Media Webside, # Sports , # Music & Band , # Health & Beauty

09/10/2026

पोखरा, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरबाट खसेर दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ।

09/10/2026

पोखरा, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भिरबाट खसेर दुर्घटनामा परेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

08/10/2026

दुर्गा प्रसाईंले निर्वाचन आयोगबाट नयाँ राजनीतिक दल ‘नेपाल पथ दल’ दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रसाईंले यसअघि ‘नागरिक बचाउ दल’ नाममा रहेको दलको नाम परिवर्तन गरी ‘नेपाल पथ दल’ कायम गरेका हुन्। निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्रसमेत प्रदान गरिसकेको जनाइएको छ।

प्रसाईंले आगामी मंसिर ७ गते झापाको दमकमा पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

यसअघि प्रसाईंले राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणासँग सहकार्य गर्दै नयाँ दल दर्ता गर्ने तयारी गरेका थिए। तर, विवाद उत्पन्न भएपछि दुवै जना अलग भएका थिए। राणाले यसअघि नै ‘जय नेपाल पार्टी’ नामक छुट्टै दल दर्ता गराइसकेका छन्।

08/10/2026

भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्। आफू आबद्ध नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छन्।

यसैगरी, एमालेबाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले प्रधानलाई समेत कारबाही गरेको थियो।

पार्टीबाट कारबाहीमा परेपछि दुवै जनाले जनप्रतिनिधिको पदबाट राजीनामा दिएका हुन्।

08/10/2026

नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरको गुण्डु क्षेत्रतर्फ परिचालन भएको आशंका गरिएको छ।

युवा संघका केही नेताहरूले शोभा पाठक प्रकरणमा बस्नेतलाई नियन्त्रणमा लिन प्रहरी टोली उनको भक्तपुरस्थित निवासतर्फ अघि बढेको आशंका गरेका छन्। स्रोतका अनुसार प्रहरीको एउटा टोली गुण्डु क्षेत्रमा परिचालन गरिएको बताइएको छ।

बस्नेत पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारको चर्को आलोचना गर्दै आएका एमाले नेतामध्ये एक हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ नेताका रूपमा समेत चिनिन्छन्।

शोभा पाठकले दिएको जाहेरीका आधारमा बस्नेतलाई पक्राउ गर्न खोजिएको दाबी गरिएको भए पनि यसबारे प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

08/10/2026

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। पाटेकरको बिहीबार बिहान गोवास्थित निवासमा हृदयघातका कारण निधन भएको हो। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत बचाउने प्रयास गरे पनि उनलाई बिहान ५ः२० बजे मृत घोषित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नाना पाटेकरलाई गोवास्थित निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। मनिपाल अस्पतालका चिकित्सकका अनुसार उनको मृत्यु कार्डियाक अरेस्टका कारण भएको हो। घटनापछि कानुनी प्रक्रिया पूरा गरिएको र पोस्टमार्टम गरिने जनाइएको छ।

08/10/2026

"दशैँमा यात्रा गर्दा महिला यात्रुहरूलाई चालकको ठ्याक्कै छेउको क्याबिन (Cabin) सिटको टिकट नदिनू।" - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

08/10/2026

जय माँ पाथीभरा..हामी सबैको कल्याण गरुन !!🙏🙏

07/10/2026

विराटनगर । विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको संयोजनमा आगामी असोज २५ र २६ गते विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगिताको तयारीबारे आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ओमकुमार श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जानकारी दिनुभयो।

प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी कुल १७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा एकल स्पाइरिङ, ग्रुप स्पाइरिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। एकल स्पाइरिङमा पुरुषतर्फ ४५–५० किलोदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४०–४५ किलोदेखि ७६ किलोभन्दा माथिका तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडी सहभागी हुनेछन्। ग्रुप प्याटन तथा सेल्फ डिफेन्समा समेत पुरुष र महिला खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नेपालको राष्ट्रिय टोलीमा छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ। छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

आयोजकका अनुसार प्रतियोगितामा महासंघका प्रतिनिधि ३ जना, अम्पायर ३५ जना, प्रशिक्षक तथा व्यवस्थापक ३० जना र स्थानीय अम्पायर ५ जनासहित करिब २४३ जनाको प्रत्यक्ष सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तथा समापन असोज २६ गते कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

07/10/2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट पार्टी सभापतिमा गगन कुमार थापा निर्विरोध चयन ।

Category

Website

Address


Morang
Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Udaudo Kiran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Biratnagar.