Udaudo Kiran
# News & Media Webside, # Sports , # Music & Band , # Health & Beauty
06/08/2026
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थी, विशेषगरी छात्रामाथि हुने सम्भावित शारीरिक तथा मानसिक दुर्व्यवहार, लैङ्गिक हिंसा, छेडछाड, बुलिङ तथा मानसिक उत्पीडनजस्ता घटनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न ‘गुनासो सुनुवाइ तथा व्यवस्थापन संयन्त्र’ गठन गरेको छ।
विद्यालयद्वारा जारी सूचनाअनुसार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत यस्ता विषयमा गुनासा सार्वजनिक भएपछि शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले उक्त संयन्त्र गठन गर्ने निर्णय गरेको हो। विद्यालयले पीडित वा प्रभावित विद्यार्थीलाई निर्धक्क भई संयन्त्रमा आबद्ध शिक्षकहरूसँग सम्पर्क गरी गुनासो दर्ता गर्न आग्रह गरेको छ।
संयन्त्रको संयोजकमा अम्बिकाकुमारी बस्नेत रहेकी छन् भने अन्य सदस्यहरूमा धनकुमारी कालाखेती, विनिता दाहाल, योगिता धमला, अनु भट्टराई, प्रतिमा खतिवडा, सोमा बस्नेत, निर्मला सुवेदी, एलिजा लामाछाल, सिर्जना पौडेल तथा सदस्य सचिवका रूपमा विद्यालय नर्स भावना रायमाझी रहेकी छन्। सम्बन्धित शिक्षकहरूको सम्पर्क नम्बरसमेत विद्यालयले सार्वजनिक गरेको छ।
विद्यालयले गुनासो गर्ने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने जनाएको छ। साथै, विद्यार्थीका लागि सुरक्षित, सम्मानजनक र हिंसामुक्त शैक्षिक वातावरण निर्माण गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको विद्यालयको भनाइ छ।
06/08/2026
रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक आज बिहान करिब ५:३० बजे १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि आगलागी भएको छ।
अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा चालक सकुशल रहेका छन् भने घटनाबाट कुनै मानवीय क्षति भएको छैन। आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी र सम्बन्धित निकाय परिचालन गरिएको थियो।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
06/08/2026
राप्रपा परित्याग गरेका धवल शम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साउन २८ गते 'जय नेपाल' नामक नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।
उक्त दिन नै दल दर्ताका लागि निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गर्ने तयारीसमेत गरिएको स्रोतले जनाएको छ।
पार्टीको नेतृत्व संरचनाअनुसार धवल शम्शेर राणा अध्यक्ष रहने तथा दुर्गा प्रसाईं सर्वोच्च नेताको भूमिकामा रहने सहमति भएको बताइएको छ। यद्यपि, दलको चुनाव चिह्नबारे भने नेताहरूबीच छलफल जारी रहेको जनाइएको छ।
05/08/2026
सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विकास अर्थशास्त्र तथा सार्वजनिक नीतिकी विज्ञ उक्याबलाई चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त गर्ने निर्णय गरेको हो।
अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी उक्याबले यसअघि यूएनडीपी नेपाल, फिजीस्थित यूएनडीपीको प्रशान्त क्षेत्रीय कार्यालय तथा लगानी बोर्डमै वित्त तथा लगानी परामर्शदाताका रूपमा कार्य गरिसकेकी छन्।
टोकियो। जापानमा एक व्यक्तिले सार्वजनिक सडकमा खुलेआम हतियार देखाउँदै हिँडेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए र ती व्यक्तिलाई बिना कुनै ठूलो अप्रिय घटना हुन नदिई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त व्यक्तिको मानसिक अवस्था सामान्य नरहेको तथा मानसिक सन्तुलन केही बिग्रिएको देखिएको प्रहरीको भनाइ छ।
05/08/2026
मोरङ। सुन्दरहरैंचा नगरपालिकाले नगर अस्पताल, वडा कार्यालय तथा अन्य सेवा केन्द्रका लागि सेवा करारमार्फत विभिन्न ७ पदमा कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको छ।
नगरपालिकाले प्रकाशित सूचनाअनुसार पशु चिकित्सक, एमआईएस अपरेटर, इलेक्ट्रीसियन, कार्यालय सहयोगी, अफ्थाल्मिक असिस्टेन्ट, अप्टिकल डिस्पेन्सर तथा दन्त सहायक पदमा योग्य नेपाली नागरिकबाट दरखास्त मागिएको हो।
इच्छुक उम्मेदवारले सूचनामा उल्लेखित शैक्षिक योग्यता, उमेर सीमा र अन्य मापदण्ड पूरा गरी आवश्यक कागजातसहित तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्। उम्मेदवारको छनोट लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (आवश्यक पदमा) र अन्तर्वार्ता का आधारमा गरिने नगरपालिकाले जनाएको छ।
दरखास्त फाराम तथा विस्तृत जानकारी सुन्दरहरैंचा नगरपालिकाको वेबसाइट वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
05/08/2026
ब्लड क्यान्सरबाट पीडित भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। महाभारत मा अश्वत्थामाको भूमिका निभाएका रावतले सरफरोस, लगान र गजिनी लगायत चर्चित फिल्ममा खलनायकको प्रभावशाली अभिनय गरेका थिए। उनले हालै नेपाली फिल्म 'आबाट आमा–२' को छायांकन पनि सम्पन्न गरेका थिए।
02/08/2026
मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा आयोजित भव्य ग्राण्ड फिनालेमा उनले मिस नेपाल वर्ल्ड–२०२६ को ताज पहिरिन सफल भइन्।
यसैगरी, प्रतियोगितामा आर्या निशांत मिस नेपाल इन्टरनेशनल–२०२६ घोषित हुँदा कशिश सुब्बा मिस नेपाल कोस्मो–२०२६ बन्न सफल भइन्।
देशभरबाट छनोट भएका प्रतिभाशाली प्रतियोगीबीच भएको प्रतिस्पर्धापछि विजेताहरूको घोषणा गरिएको हो। कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति, आकर्षक राउन्ड तथा निर्णायकहरूको मूल्याङ्कनपछि सम्पन्न भएको थियो।
विजेता सम्पूर्ण प्रतियोगीहरूलाई हार्दिक बधाई तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व सफलतापूर्वक गर्न शुभकामना। 🇳🇵👏
01/08/2026
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका नेपाली पर्वतारोहीहरू निर्मल पुर्जा (निम्सदाइ), पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा तथा नवाङ थिन्दु शेर्पा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
उहाँहरूको साहस, समर्पण र नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदान सधैं प्रेरणाको स्रोत बनी रहनेछ। राष्ट्रले आफ्ना वीर सन्तान गुमाएको यस दुःखद घडीमा शोकसन्तप्त परिवार, आफन्त तथा सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली। 🙏🕯️
- उदाउँदो किरण परिवार
01/08/2026
विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ।
पुर्जा संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपेड ले शनिबार फेसबुकमार्फत आधिकारिक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको हो।
कम्पनीका अनुसार ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी पुर्जासँगै उनका आरोहण सहयोगी तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा को पनि मृत्यु भएको पुष्टि भएको छ।
निर्मल पुर्जा विश्वका सबै ८,००० मिटरभन्दा अग्ला १४ हिमाललाई कीर्तिमानी समयमा आरोहण गरेर अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली पर्वतारोही हुन्। उनको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रसँगै विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Morang
Biratnagar
56600