Katha,kabita ko sangaarha
writer
20/05/2021
र्शिषकःसमय
कविता
समयलाई कहिले बुझ्न सकिन
किन कि म जिन्दगी बुझ्ने परे
समयसँग कहिले हिँड्न सकिन
किन कि म कर्ममा हिँड्ने परे।
समयसँग कहिले चल्न सकिन
किन कि म परिस्थितिसँग चल्ने परे
समयसँग कहिले परिचित हुन सकिन
किन कि म अाफु देखि कसैलाई परिचित गराउन न सक्ने परे।।
समयलाई कहिले दोष दिन सकिन
किन कि म कहिले समयसँग नचल्ने परे
समयलाई कहिले अँगाल्न सकिन
किन कि म अाफन्तलाई अँगाल्दा अँगाल्दै थाक्ने परे।।।
समय के हो? कहिले पहिल्याउन सकिन
किन कि म जिन्दगी पहिल्याउनेमा परे
समय कहाँ छ कहिले पत्ता लगाउन सकिन
किन कि म मेरो अाफ्नै स्थान खोजी रहनेमा परे।।।।
समयको सुरुवात कहिले भयो थाहा पाउन सकिन
किन कि म अाफ्नो नयाँ कार्यको सुरुवात गर्नमा व्यस्त परे
समय कसरी अाउँछ जिन्दगीमा सोच्नै सकिन
किन कि म जिन्दगीको सुख दुःख सोच्नेमा परे ।।।।।
समयको अर्थ कहिले नजाने सकिन
किन कि म रुनु,हाँस्नुको अर्थ खोज्ने परे
समयसँग लड्न सकिन
किन कि म यो समाजसँग अन्याय विरुध्द लड्न चाहाने
परे।।।।।।
वास्तमा मैले समय नै चिनीन्
किन कि दुँनियालाई म चिनाउन खोज्नेमा परे
वास्तवमा मैले समय नै जानिन
किन कि म कहिले समय जान्न नखोज्नेमा परे।।।।।।।
01/01/2021
र्शिषक: साथी
कविता
साथी म झुट बोल्न जान्दिनन्थेे
साथी म चोर्न जान्दिन्थे
झुट बोल्न सिकायौ धन्यवाद
चोर्न सिकायौ धन्यवाद
साथी म हिँड्न जान्दिन्थे
साथी म बोल्न जान्दिन्थे
हिँड्न सिकायौ धन्यवाद
बोल्न सिकायौ धन्यवाद
साथी म कोहि चिन्दिन्थे
साथी म संसार चिन्दिन्थे
सबै चिनाइ दियौ धन्यवाद
संसार चिनाइ दियौ धन्यवाद
साथी म अबुझक थिए
साथी म घमण्डी थिए
बुझक बनाई दियौ धन्यवाद
थोरै घमण्ड तोडि दियौ धन्यवाद
साथी म समयसँग चल्न जान्दिन्थे
साथी म समाजको नियम जान्दिन्थे
समयसँग चल्न सिकाइ दियौ धन्यवाद
समाजको नियम सिकाइ दियौ धन्यवाद
01/01/2021
र्शिषक:डर
कविता
डर लाग्छ नि कतै
भरोसामा धोका त छैन
डर लाग्छ नि कतै
मैले सम्बन्ध निभाउन जानेको त छैन
डर लाग्छ नि कतै
कसैको लागि म बोझ त भएको छैन
डर लाग्छ नि कतै
मेरो कारण कोहि रोएको त छैन
डर लाग्छ नि कतै
मेरो कारण कोहि देखावटी हाँसो देखाको त छैन
डर लाग्छ नि कतै
कसैको मन अनजानमा दुखाइ दिएको त छैन
डर लाग्छ कतै
सत्य न जानिकन सजाए त हुने छैन
डर लाग्छ कतै
एक्लै हिँड्न, बस्न पनि कहि केही गलत त भाको छैेन
डर लाग्छ कतै
नँया सम्बन्ध बनाउन कतै घात त हुने छैन
डर लााग्छ कतै
सत्य छोडि झुटको पछाडि म पनि दौडिएकी छैन
13/12/2020
नाम -स्नेहा राई
ठेगना-धनकुटा-१ हिले
कथा
बल्तकार
भाग-४
त्यति भन्दा गालामा थपड खाइयो यस्को अर्थ उस्को बहिनी छ र धेरै माया गर्छ उस्ले तर किन बुझ्दैन त फेरि हामी पनि कसैको बहिनी हो हाम्रो पनि परिवार छ म बाबा ले हामीलाई भेटाउनु होस जति जे भए पनि धेरै वर्ष भएको थियो सबै खुसी
एकै छिनमा बिलाउदै जाँदै थियोे। पहिले नैै हाम्रो शरीरसँग पहिले नै खेली सके फेरि किन यिनीहरु अगाडि बढ्दै छन्।
हामी डराउदै थियौ कराउदै चिच्याउदै पनि थियौ तर हाम्रो सुने कोहि थिएनन् न त उनिहरु माथि हमला गर्नको लागि हतियार नै थियो फेरि हाम्रै आँखा अगाडि हाम्रो शरीर लुटियो हामी केही गर्न सकेनौ उनिहरुले हामी भाग्न नसक्ने गरी जँहाको त्यहि बानेर यहाँबाट भाग्ने कोशिश पनि नगरे भन्दै गए। मेरो सामु पछुताउनु बाहेक केही थिएन। मैले पढेर पनि न आफ्नो शरीरको रक्षा गर्न सके न त अरुको म आफैंले आफैंलाई थुक्नु बाहेक केही देखिन।त्यसै बिच दिदीले भन्नू भयो मैले गर्दा तिम्रो
जीन्दगी बिगरियो सक्छौ भने मलाई माफ गर है
उनिहरु चार पाँच जना हामी दुई जना के गर्न सक्छौ र कोही त आउँछ यिनीहरूलाई राम्ररी तह लगाउन चिन्ता नगर पाप धुरी बाट कट्छ जे हुनु भइसक्यो तिमी तिम्रो बारेमा भन्न म मेरो बारेमा भन्छु यसरी नै हाम्रो दिनहरु बिते उनीहरू आउथे मज्जा लिएर जान्थे। उनीहरुले हामीसँग जे पनि गरे हामी कुरा गर्न थाले पछि सबै भुलथ्यौ मैले उनीहरु सबको अनुहारमैले मेरो मन र दिमाग मा उतारे एक दिन सबै जाना आए र भने आज अन्तिम दिन हो अनि आजबाट तिमीहरूलाई मुक्ति मिल्ने छ। हामीलाई खुसी पार्न अरु नै आउने वालामा छ।
क्रमश:
अबको आउँछ होला??? के जिहान्सी र उस्को दिदीले भनेको जस्तै हुन्छ??? या जिहान्सी र उस्को दिदीको जस्तै हालत हुन्छ ???
यदि केही कतै गल्ती भए माफी चाहान्छु धेरै पछाडि कथा लिएर आए त्यसको लागि पनि माफी चाहान्छु है।।
09/12/2020
शिर्षक:भेदभाव
कविता
जात सानो भएमा
पानी छुन नपाइने
मन्दिरमा जान नपाइने
यही त हो रे भेदभाव।
छोरा जन्मिए वा वा
छोरी जन्मिए मर्नु पर्ने या मारिनु पर्ने
कि त फ्याकिनु पर्ने
यही त हो रे भेदभाव।।
घरमा छोरी रानी
बुहारी नोकरानी रे
आमा बाबाको प्यारी रे
यही त हो रे भेदभाव।।।
छोराले हाँस्दा,मद्यपान गर्दा केही नहुने
आफ्नो चेलीलाई अरुले छुन त के गिद्धी नजरले हेर्न नपाउने रे
छोरी हाँस्दा छिलिने,मद्यपान सेवन गर्दा संस्कार नभएको रे
यही त हो रे भेदभाव।।।।
धनीले गरे अत्याचार कारबाही नहुने
गरिबले अनजानमा गरेको गलत सजाय हुने रे
अरूको चेलीलाई जे गर्दा पनि हुने रे
यही त हो रे भेदभाव।।।।।
07/12/2020
शिर्षक : सपना
कविता
राति सुते पछि निद्रामा गरिने कार्य हो सपना
आफ्नो लक्ष्य,उद्देश्य र आफ्नो वा आफ्नो नजिकको
मित्रताको आकृति हो सपना
भविष्यको लागि गरिने योजना हो सपना।
कसैको सम्झना हो सपना
तिता,मिठा यादको कल्पना हो सपना
एउटा सुन्दर बगैंचा हो सपना
आफ्ना रहर,इच्छाहरु पुरा गर्ने योजना हो सपना।।
पुतली जस्तै उडि जाने र परी हो सपना
हिमाल,पहाड र तराई जस्तै अटुट हो सपना
खुसी,डर,दु:ख,सुख र आँशु हो सपना
हावा जस्तै बहकि जाने हो सपना।।।
बादल जस्तै सबैलाई ढाकि जाने हो सपना
पानी जस्तै सबैलाई रुझाउने हो सपना
फुल जस्तै फक्रिने र सुवास छर्ने हो सपना
कसैको खुसी बनी आउने बाहार हो सपना।।।।
कसैको दु:ख भुलाउने बाहाना हो सपना
खुल्ला आकाश भई छाउने हो सपना
खुल्ला पङ्ख फिजाइ उडी जाने हो सपना
कसैको नाम हो सपना।।।।।
कसैको कल्पना हो सपना
जे जस्तो भएनी सबैको खुसी हो सपना
कसैको दु:खको आशुत कसैको सुखको हाँसो हो सपना
हरेकको भित्र इच्छा,आकांक्षा बनेर बस्छे सपना।।।।।
04/12/2020
नाम-स्नेहा राई
ठेगना-धनकुटा -1हिले
कथा
बलत्कार
भाग -3
फोनको आवाजले सबै भयभित भए त्यसैबेला एक जनाले भन्यो "सबैको फोन अफ गर भनेको होइन कस्को फोनको आवाज हो "त्यतिकैमा "सबैले भने हाम्रो फोन अफ नै छ "फेरि एक जनाले भन्यो "यहाँ हामी बाहेक अरु कोही पनि छ"।फेरी अर्कोले भन्यो कतै पुलिस त होइन सबैले मलाई खोज्न थाले मैले त्यसको फाइदा उठाएर दिदीलाई लिएर भागे अलिकति पर के मात्र हिडेको थिए सबैले हामीलाई घेरे फोन पनि स्विच अफ भइसकेको थियो नत्र यहाँबाट भाग्ने उपाय सोध्नु हुन्थ्यो।
म बुबा छिटो आइदिनु भएको भए हुन्थ्यो भन्दै थिए। त्यसैबेला उनीहरुले हामीलाई त्यहाँ राख्न उचित ठानेन हामीलाई छोडिदिनु भनेर रोए कराए तर उनीहरूलाई यो सब सुने बानी परिसकेको थियो हाम्रो केही लागेन उनीहरुले हामीलाई बेहोस हुने स्प्रे छिटि दिए र कहाँ लगे पत्तै भएन बाबा जति सक्दो म भएको ठाउँमा आउने कोशिस गर्दै हुनुहुन्थ्यो तर म त्यहाँ थिइन मनबाट भगवानलाई कि त मेरो बुबा यहाँ पठाइ देऊ कि त मेरो दाजुलाई यहाँ पठाइ देऊ यही मात्र कुरा बेहोसी अवस्थामा पनि थियो अरु केही थाहा थिएन।
जब होस आयो मैले सुरु मै दिदीलाई हेरे दिदी रोहिरहनु भएको थियो लुगा उहाँको शरीरमा थिएन त्यस्तो हालत देखेर म झसङ्ग भए मैले मेरो शरीरको गति त्यस्तै पाए मैले त्यति बेला रुनु उचित ठानिन तर बेहोस हुदाँ खेरी के गरे थाहा भएन तर सबै जना एकएक गरी दिदी र म भएको ठाउँ तिर आउदै थिए साथै तिनीहरूले बोलेको बोली छि मैले भने छोडीदे हामीलाई तपाईंको घरमा आमा दिदी बहिनी होला त उसको साथ यस्तो गर्नु त्यति न भन्दै एक जनाले आएर गाला रन्किने गरि हान्यो।
क्रमश
कथा कस्तो लाग्दै छ कहीँकतै लेख्न छुटेको छ भने कहीँकतै अक्षर अशुद्ध छ भने सच्याएर पढि दिनु होला साथै कमेन्ट पनि गरिदिनु होला अगाडिको कथामा लाइक कमेन्ट र सेयर गरी दिनु भएकोमा धन्यवाद।
30/11/2020
30/11/2020
लेखक -स्नेहा राई
ठेगना-धनकुटा-1हिले
कथा
बलत्कार
भाग -2
म डराए पनि को होलान ति उता बाबा पनि डराइसक्नु भयो होला ठिक त्यति बेला नै बाबाको फोन आयो मैले उठाए बाबा आइ पुगे बस बाट ओर्लेर सिधै सिधा आए हाम्रो गाउँको वारि पट्टी छु कोही आएको जस्तो लागेर पर्खेको आइनै पुग्नु भएन म उहाँहरूसँगै आउँछु बाबाले डराएको स्वरमा भन्नुभयो "बसबाट झर्ने बित्तिकै मलाई फोन गर्नु पर्दैन त्यो तिम्ले देखेको गाउँ हाम्रो हैन तिमी उभिएको ठाउँमा रूखहरू धेरै छन् हो" मैले भने अँ धेरै छन बाबा झन डराउदै "त्यस ठाउँबाट छिटो निस्क छिटो "भन्दै बाबा कराउनु भयो आमा आएर भन्नुभयो "निस्किए त आज सरप्राइज दिन्छु भन्नु भाको हैन खै त सरप्राइज यतिबेला भइसक्यो "बाबा "एक छिन पखन दिइ हाल्छु नि म बाहिर गएर आउछु ल बस्दै गर "आमा "हुन्छ छिटो आउनु है" बाबा "हुन्छ "।
यति भनेर मलाई लिन आउनु हुन्छ बाबा निकै अध्यारो भइसक्यो छिटो आउनुन मलाई डर डर पनि लाग्दै छ बाबा मेरो नजिक धेरै मान्छेहरू आउँदैछन् एउटा दिदी त रूनु पो हुदै छ बाबाले भन्नुभयो "नानी तिमी नडराउ त्यता लुक्ने ठाउँ छ भने लुकेर बस है "मैले भने म किन लुक्ने नि मैले केही गल्ती गरेको नै छैन बाबा ले भन्नुभयो म न आइपुगिन्जेल तिमी त्यही कतै लुकेर बस पिल्ज छोरी मैले भने हुन्छ मैले लुक्ने ठाउँ खोजेर म लुके बाबा फोनमा नै कुरा गरिरहनु भयो म अलिकति लुक्न ढिला गरेको भए मलाई देख्ने रहेछन् उनिहरु आइपुगे थुप्रै केटाहरू अनि एउटी केटी त्यो पनि एउटा केटा ले केटीलाई काधँमा बोकेर ल्याएका थिए त्यो केटीलाई मर्ने गरी भुइँमा पछारे दिदी रुनु हूदै थियो हात जोडेर मलाई छोडी दे भन्दै हुनुहुन्थ्यो अनेकथरी गाली पनि दिनु हुदै थियो तर ति सबै केटाहरुको मन अलिकति पनि बिझेको थिएन थाहा छैन किन दिदी भन्न मन लाग्यो तर बाबाले मलाई नबोली बस भन्नु भएको थियो म बाबा छिटो आइदिनु होस भन्दै बसे नभए कोही न कोही आएर दिदीलाई सहयोग गरिदिएको भए पनि हुन्थ्यो धन्य मेरो बाबा,दाजु यस्तो हुनून हाम्रो गाउँमा यस्तो केटा मान्छे कोही पनि छैन होला ?
त्यति कै एउटा उपाय आयो बाबा बोलिनै रहनु भएको थियो दिदीको अनुहार म लुकेको ठाउँबाट देखिदैनथ्यो तर शरीर देखिन्थ्यो अनि केटाहरुको अनुहार भने स्पष्ट देखिन्थ्यो त्यसै कारण मैले भिडियो बनाइदिए बाबा आइपुग्नु नै भएन बाबा अझै बोलि रहनु भएको थियो म भिडियो बनाइ दिदै थे त्यतिकैमा फोनको ब्याट्री सकिन लागेको आवाज आयो
क्रमश।।।
कथा कस्तो छ कृपया कहीँकतै गल्ती भएको भए या कथामा केही लेख्न छुटाएछु भने कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।
28/11/2020
कथा
बलत्कार
भाग-1
पात्र -जिहान्सी
साझॅ हुनै लागिसकेको थियो मन भरि खुसी लिएर म घर जादै थिए मेरो पढाइ पूरा भएको थियो म आमा बाबा दाजु बाट टाढा भएको पनि 18 वर्ष भइसके छ तर टाढा भए पनि माया चै सबैको पाएको थिए दाजुले हरेक किसिमका फोन,ल्यापटप बाबा आएको बेलामा पठाइदिनू हुन्थ्यो बाबाले एक महिना को खर्च भनेर चार,पाँच हजार दिनु हुन्थ्यो आमा ले विभिन्न प्रकारका अचार,फल,दुध,घिउ पठाइ दिनुहुन्थ्यो आज त घर आउदै छु आमाको हातले खाना खान्छु यस पालि ढुक्क सॅगले दसैं,तिहार मनाउछु वर्षौ भयो दाजु र मेरो निधार खाली भएको यस पाल त म दाजुको निधार भरि लगाइदिन्छु म उता हुदा कति याद आयो बाबाको काखमा लडिबुडी गर्दै सुनाउछु अनि अब म यतै पढ्छु भन्छु यस्तै सपना बोकेको म थाहा न पाइ बसमै निदाएछु बैनी तिम्रो गाउँ आइ पुग्यो भन्दा पो झसङ्ग भए म बस बाट झरे रात परि सकेको थियो दाजु लाइ लिन बोलाउनु पर्ने रहेछ सरप्राइज दिने भनेर बाबा बाहेक कसैलाइ भनिन बाबालाई पनि लिन न आउनु भनि हाले अब कता जानु
कोही भेटेको भए पनि हुन्थ्यो ।
फोन गर्न पनि फोन मा पैसा छैन जे पर्ला पर्ला यो बाटो सिधा जान्छु म आफ्नै सुर मा हिडिरहेको थिए अलिक पर बत्तीहरू साथै घरहरु देखिए मैले सोचे सायद यही मेरो गाउँ हुनुपर्छ जहाँ मेरो आमा, बाबा , दाजु बस्नु हुन्छ म अगाडि मात्र पाइला बढाउन खोज्छु तब पछाडि बाट आवाज आउछ
क्रमश।
को हो लान ति जिहान्सीको पछि आउने?के जिहान्सी उसको गाउँमा सहि तरिकाले पुग्छे ?के उसले देखेको गाउँ साच्चै उसको गाउँ हो त ? कथाको पहिलो भाग कस्तो लाग्यो? अब दोस्रो भागमा के होला? यो कथा र पात्र काल्पनिक हुन यदि कथा र पात्र मिलेमा संयोग मात्र हुनेछ धन्यवाद
Namste ma hjr haru ko samu katha,kabita liyer chadae aaune xu aasa x sabaele man parae dinu hune x
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dhankuta
SNEHA