Garima Teej Utsab

Garima Teej Utsab

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Garima Teej Utsab, Health/Beauty, Dharan.

14/04/2026

नव वर्ष २०८३ को हार्दिक शुभकामना🎉🎊💐🎈🙏
Happy New Year 2083

गरिमा डान्स सेन्टर धरान

12/04/2026

न्यु पाथीभरा क्लब भेडेटारको प्रस्तुति " #चौथो_भेडेटार_म्युजिकल_नाइट-२०८३"
गरिमा डान्स सेन्टर धरानको नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति साथै हाउजी, तम्बोला खेल आदि...
मिति :२०७३ बैशाख १ गते
स्थान : भेडेटार चौक,

11/04/2026

जन्म दिनको शुभकामना...
गरिमा डान्स सेन्टर धरानका प्रबन्धक तथा नृत्य निर्देशक आदरणीय गुरु मणिकुमार लिम्बूज्युलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🎂🎁💐🎉🎊🙏

07/03/2026

जन्म दिनको शुभकामना🎂
गरिमा डान्स सेन्टर धरानको कलाकार तथा कोरियोग्राफर रबिना तुलाधर र गरिमाका पुर्व कलाकार दिपशन तामाङ डाक्टर साहबलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।🎁🎉🎊🎈💐
Garima Dance Center Dharan Nepal

18/02/2026

शेर्पा समुदायको 'ग्याल्पो ल्होसार-२०८२'को सम्पूर्णमा शुभकामना🙏💐🎉
तस्बिरमा - गरिमा डान्स सेन्टर धरानका कलाकारहरू💃🕺
Garima Dance Center Dharan Nepal

19/01/2026

सम्पूर्णमा सोनाम ल्होसारको हार्दिक शुभकामना🙏🎉🎊🎈💐🙏
'🎉



गरिमा डान्स सेन्टर धरान

20/10/2025

सम्पूर्णमा हार्दिक शुभकामना🙏💐🎊🎉

02/10/2025

हार्दिक शुभकामना...
सम्पूर्णमा बडा दशै २०८२को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना🎉
🙏गरिमा डान्स सेन्टर धरान 🙏
गरिमा डान्स सेन्टर धरान
Garima Dance Center Dharan Nepal

Photos from Garima Teej Utsab's post 30/08/2025

गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ' #गरिमा_तीज_उत्सव_२०८२ ' सम्पन्न...
गरिमा डान्स सेन्टर धरानले हरितालिका तीजको अवसरमा शनिबार धरान-१ स्थीत धुलिखेल समाजको हलमा 'गरिमा तीज उत्सव' सम्पन्न गरेको छ।
उक्त तीज उत्सव अन्तरगत आयोजना भएको नृत्य प्रतियोगिता 'गरिमा तीज क्वीन-२०८२'मा विजेता धरान-८ को अनिता तामाङ हुनुभएको छ।
यसैगरी प्रतियोगिताको फस्ट रनरअप धरान-३ को मेन्दो मोक्तान, सेकेन्ड रनरअप धरान-३ को सोनी बिष्ट बन्नुभयो।
विजेता र उपविजेताहरुले क्राउन, ट्रफी, प्रमाणपत्र, स्यास, गिफ्टह्याम्यर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर पुरस्कारमा प्राप्त गर्नु भएको छ।
गरिमा तीज क्वीनको प्रतियोगिहरुलाई विभिन्न टाईटल अवार्ड समेत प्रदान भएको छ।
जसमा बेष्ट डान्स धरान-१० कि मनिता लिम्बू, मोस्ट एक्टिभ धरान-१३ कि सीतादेवि विश्वकर्मा, बेष्ट ड्रेसअप धरान-१० कि राधा बुढाथोकी, बेष्ट मेकअप धरान-१५ कि मीना पाख्रिन, बेष्ट चियरफूल धरान-१५ कि माया गुरुङ बन्नु भएको छ।
यसैगरी बेष्ट स्माईल धरान-७ कि सम्झना बिष्ट, बेष्ट फिगर धरान-९ कि चन्द्र याख्खा, मोष्ट ईनरजेटिक धरान-१९ कि सरिता राई, मोष्ट चार्मिङ धरान-१५ कि रेणुका राई(लिम्बू) घोषित हुनुभयो।
उपाधी बिजेताहरुले ट्रफी, स्यास, गिफ्टह्याम्पर, गरिमा डान्स सेन्टर धरानमा दुई महिना निशुल्क नृत्य सिक्ने अवसर पुरस्कारमा प्राप्त गर्नु भएको छ।
वहाँहरूलाई ट्रफी र पुरस्कार गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बू, नृत्य निर्देशकहरु बिनिता राई, सरस्वती योगी, धरान-१५ नंबर वडा सदस्य रचना नेपाली, एशियन थाई फुड्स प्रा.लि.का सेल्स अफिसर द्वय अमित गुरुङ, भुवनमणि दाहाल, एलाईनेट जीम धरानका अध्यक्ष बिक्रम लिम्बू, अम्बिका तामाङले प्रदान गर्नुभयो।
गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बूज्युको सभापतित्व तथा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बरिस्ठ अन्कोलोजी / क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकहरु नृत्य निर्देशक द्वय सरस्वती योगी, विनिता राई रहनु भयो।
उक्त कार्यक्रममा गरिमा डान्स सेन्टर धरानको कलाकारहरुले विभिन्न तीजको गीतहरुमा नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्नुभयो।
विजेता, उपविजेता र विभिन्न टाईटल विजेतालाई हार्दिक बधाई सहित सम्पूर्णमा तीजको शुभकामना🙏🎉🎊🎈💐
गरिमा डान्स सेन्टर धरान
Garima Dance Center Dharan Nepal

गरिमा डान्स सेन्टर धरानले 'गरिमा तीज उत्सव-२०८२' सम्पन्न 26/08/2025

Thanks For News Coverage 🙏 dharanemidea.com

गरिमा डान्स सेन्टर धरानले 'गरिमा तीज उत्सव-२०८२' सम्पन्न गरिमा डान्स सेन्टर धरानले 'गरिमा तीज उत्सव-२०८२' सम्पन्नसमाचारदाता : गोपाल पौडेल२०८२ भदौ ०९ गते ।धराने मिडिया : हर.....

Want your business to be the top-listed Beauty Salon in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Dharan
56700 (SUNSARI), 56702 (MANGALBARE)