Good Wellness Group

Good Wellness Group

Share

Here you get Health related Knowledge and Product

07/04/2021

We promote wellness industries and Direct selling .

26/03/2014

८१ म्यानपावर कारबाहीमा

काठमाडौं, ११ चैत्र । वैदेशिक रोजगार विभागले मोरङ, सुनसरी, झापा र कास्की जिल्लाका ८१ वटा म्यानपावरलाई कारबाही गरेको छ । ती जिल्लामा रहेका म्यानपावर कम्पनीहरुका शाखा कार्यालय तथा एजेन्ट कार्यालयहरुमा अनुगमनको क्रममा त्रुटि देखिएपछि ४४ वटा म्यानपावरलाई जनही रु एक लाखका दरले गरी ४४ लाख जरिवाना गरिएको र ३७ वटा म्यानपावरलाई सचेत पार्ने तथा चेतावनी दिने निर्णय विभागले गरेको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिनुभयो ।
विभागको टोली अनुगमनका क्रममा गत फागुनको दोस्रो र तेस्रो साता म्यानपावर कार्यालयमा जाँदा आवश्यक प्रक्रिया र म्यानपावर सञ्चालनसम्बन्धी न्यूनतम सर्तसमेत पालन नगरेको देखिएकाले कारबाही गरिएको हो ।
कारबाहीमा परेकामध्ये २० म्यानपावर कम्पनी कास्की जिल्लाका र बाँकी ६१ वटा मोरङ, सुनसरी, झापा जिल्लाका हुन् ।

Photos 16/03/2014

होलीको सबैलाई शुभकामना र आजको खेलको लागी नेपाली क्रीकेट टोलीलाई धेरै धेरै शुभकामना।

11/03/2014

तेश्रोलिंगीले अब 'एक्स' लेखेको राहदानी पाउने

काठमाडौं, फागुन २७ - सरकारले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी दिने भएको छ ।

परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो ।

विभागका महानिर्देशक रमेश खनालले लिंगको महलमा यौनिक तथा लैगिंक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अव छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिनुभयो । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेश्रोलिंगीलाई लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी वितरण गर्न महानिर्देशक खनाललाई अनुरोध गर्नु भएको थियो ।

गुरुङले महानिर्देशक खनाललाई पत्र लेखेर पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्था अन्त्य गर्दै लिंगको महलमा एक्स उल्लेख गरेर एमआरपी वितरण गर्न आग्रह गरेको नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परशु राईले जानकारी दिनुभयो । नील हिरा समाजको अनुरोध अनुसार अव एमआरपीमा एक्स उल्लेख गरेर वितरण गर्ने प्रक्रिया सुरु हुने राहदानी विभागका महानिर्देशक खनालले जानकारी दिनुभयो ।

‘मेरै कार्यकालमा समलिंगी तेश्रोलिंगीलाई पहिचान सहितको राहदानी एमआरपी वितरण हुनेछ’, महानिर्देशक खनालले भन्नुभयो ‘पहिचान लुकाएर एमआरपी लिनुपर्ने अवस्थाको छिट्टै अन्त्य हुनेछ ।’

अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले एमआरपी वितरण गर्दा मेल, फिमेल र एक्स उल्लेख गर्न सकिने व्यवस्था गरेकाले एक्सनै उल्लेख गरेर समलिंगी तेश्रोलिंगीलाई राहदानी वितरण गर्न पनि आग्रह गरेको समाजकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

समलिंगी तेश्रोलिंगीको अधिकारप्राप्तीका अभियन्ता तथा पूर्व सभासद सुनिलबाबु पन्तले सरकारले यौनिक तथा लैंगिक पहिचान अनुसारको राहदानी उपलब्ध गराउने निर्णय गरेकोमा त्यसको स्वागत गर्नुभयो । उहाँले समलिंगी तेश्रोलिंगीको अधिकारको क्षेत्रमा यो निर्णय एउटा कोशेढुंगा सावित हुने बताउनुभयो ।

11/03/2014

एसएलसी परीक्षाको तयारी पूरा

फागुन २७ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत ६ देखि १४ गतेसम्म देशभर सञ्चालन हुने एसएलसी (प्रवेशिका) परीक्षाको आवश्यक तयारी पूरा गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षाको आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति परिचालन गरिने बताउनुभयो । परीक्षा केन्द्र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइने भएको छ ।
सरकारले परीक्षालाई मर्यादित बनाउन मन्त्रालयको सहसचिवहरू संलग्न केन्द्रीय अनुगमन समिति बनाएर परिचालन गर्ने भएको छ ।
यसअन्तर्गत मेचीमा खगराज बराल, कोसीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुङ्गेल, जनकपुरमा डिल्लीराम रिमाल, बाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी, नारायणीमा कमलेशकुमार सिन्हा र गण्डकीमा देवकुमारी गुरागाईं खटिने भएका छन् ।
त्यसैगरी लुम्बिनीमा गणेशप्रसाद ज्ञवाली र बाबुराम पौडेल, धौलागिरिमा सूर्यप्रसाद गौतम, राप्तीमा कमलप्रसाद पोखरेल, भेरीमा टेकनारायण पाण्डे, कर्णालीमा गणेश राई, सेतीमा देविना प्रधानाङ्ग र महाकालीमा खगेन्द्रप्रसाद नेपाल खटिने भएका छन्् ।
उपनियन्त्रक अर्यालले एसएलसी परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्रीहरू जिल्ला जिल्ला पु¥याई सकिएको जानकारी दिनुभयो ।
कार्यालयले परीक्षाका लागि गत वर्षभन्दा ५० वटा परीक्षा केन्द्र थप गर्दै देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ भने यस वर्षदेखि देशभरबाट होम सेन्टर हटाएको छ ।
यस वर्ष नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फाराम भरेका छन् । जसमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्र्ष पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा नियमिततर्फ चार लाख ३० हजार ९९ विद्यार्थी सहभागी थिए ।
आवेदन दिएकामध्ये गत वर्ष २० हजार विद्यार्थी अयोग्य ठहरिएका थिए भने यस वर्ष सबै जिल्लाबाट परीक्षार्थीको यकिन तथ्याङ्क आएपछि मात्रै यसबारे थाहा हुने भएको कार्यालयको भनाइ छ ।
सेन्टअप परीक्षा हटेपछि सबैले प्रवेशिका दिन पाउने व्यवस्थाअन्तर्गत कक्षा १० मा ७५ प्रतिशत हाजिरीलाई अनिवार्य गरिएपछि हाजिरी पुग्नेले मात्र परीक्षा दिन पाउने प्रावधानअन्तर्गत कति परीक्षार्थी अयोग्य भए भन्ने विवरण कार्यालयले जिल्ला जिल्लाबाट सङ्कलन गरिरहेको छ ।
विद्यालयहरूले अयोग्य विद्यार्थीको विवरण फागुन १० भित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा बुझाउन कार्यालयले निर्देशन जारी गरे पनि केही जिल्लाबाट अझै तथ्याङ्क आउन बाँकी नै रहेको कार्यालयले जानकारी दिएको छ । रासस

Photos 10/03/2014

रमेश खरेलले भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा बिहान तीन बजे पेस्तोलसहित भेटिएकालाई म छाड्दिन’

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर गैरकानुनी हातहतियारसहित पक्राउ परेका नेविसंघका नेताहरुलाई नछाड्ने बताएका छन्।
खरेलले आइतबार भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा पुलिसले छोड्छ भन्ने भ्रम उनीहरुलाई होला, तर पुलिसले कानुनको कोर्स पूरा नगरी छोड्ने छैन।’

आजैमात्र (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरुलाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति लिएको जानकारी पनि उनले दिए।

सोमबार बिहान काठमाडौंको सीतापाइलाबाट एउटा पेस्तोल, टु नट टु र बाह्र बोरका बन्दुकसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित पाँचजनालाई प्रहरी हातहतियार तथा खरखजाना कानुनअन्तर्गत कारबाही चलाइरहेको छ।

खरेलले बस्नेतको टोलीबाट बरामद भएका तीनवटा हतियारमध्ये एउटा पेस्तोलको अनुमति नवीकरण नगरेको जानकारी दिए। ‘स्वीकृति लिएर हतियार घरमा राख्न पाइन्छ, तर उनीहरु शंकास्पद अवस्थामा बिहान तीन बजे हतियार लिएर हिँडेका थिए,’ खरेलले भने, ‘उनीहरु हतियार बोकेर कहाँ र किन जाँदै थिए?’

खरेलले भने, ‘नवीकरण नभएको हतियार बोक्नु भनेको गैरकानुनी हतियार बोक्नुसरह नै हो।’

पक्राउ परेकामध्ये राजेश शाहीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको स्विमिङ पुल भाडामा चलाएको र उनी त्यसको पैसा नतिरी फरार रहेको खरेलले जानकारी दिए। पक्राउ परेका अरु शंकरदेव क्याम्पसअगाडि गाडी तोडफोड गर्ने र जलाउने कार्यमा संलग्न रहेकोसमेत उनले बताए।

अनुसन्धान सकिएपछि अभियुक्तहरुलाई अदालतमा मुद्दा चलाउने जानकारी खरेलले दिए।

09/03/2014

बाल श्रमिक राख्नेलाई पचास हजार जरिवाना

सुर्खेत, फागुन २५ गते । वीरेन्द्रनगरमा होटल सञ्चालन गरेका एकजनालाई बालबालिकालाई काममा लगाएर श्रम शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५० हजार जरिवाना गरेको छ ।
वीरेन्द्रनगर–६ तल्लो बजारमा होटल सञ्चालन गर्दै आएका कर्णबहादुर थापाले तीनजना बालकलाई होटलमा राखेर काम गराएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले उहाँलाई नियन्त्रणमा लिएर ५० हजार रुपैयाँ जरिवानास्वरुप तिराएको हो । जिल्ला बालकल्याण समितिको पहलमा जिल्ला प्रहरी कार्यालयले थापालाई पक्राउ गरेको थियो । बालश्रम ऐन २०५६ र त्यससम्बन्धी नियमावली २०६२ बमोजिम थापालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
होटल सञ्चालक थापाले ११ वर्षीय अभिशेष परियार, १२ वर्षीय विनोद परियार र १३ वर्षीय मनोज भुसाललाई काममा लगाएको प्रहरीको भनाइ छ । कानुनअनुसार जोखिमपूर्ण रूपमा बालबालिकालाई श्रम गराउनेलाई एक वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ । दुवै सजाय हुने व्यवस्थाअनुसार ५० हजार रुपैयाँ जरिवाना र १५ हजार रुपैयाँ बालकहरूलाई क्षतिपूर्ति उपलब्ध गराइएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।
होटलबाट उद्धार गरिएका अभिशेष र विनोदलाई परिवारको जिम्मा लगाइएको छ भने मनोजलाई बाल संरक्षण केन्द्रमै राखिएको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत रमा भण्डारीले जानकारी दिनुभयो ।

04/03/2014

दमक, २० फागुन
दमकलाई खुल्ला दिसा मुक्त नगरका रुपमा बिकास गर्न दमक १८ मा वडा स्वच्छता समन्वय समिति गठन गरिएको छ । वडा सचिव अन्जु पौडेलको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको हो ।
समितिमा टोल बिकास सस्थाका प्रतिनिधी, स्वमसेबिका उमा भण्डारी, शान्ता पाँचकोटी लगायत सदस्य रहनुभएको छ । दमकलाई सन २०१६ सम्ममा खुल्ला दिशा मुक्त नगरपालिका बनाउने लक्ष्य राखिएको छ ।

Want your business to be the top-listed Beauty Salon in Jhapa District?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Damak, Jhapa
Jhapa District
00977