Devtal Public Health Laboratory, Dakshin jhitkaiya,Bara
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devtal Public Health Laboratory, Dakshin jhitkaiya,Bara, Health/Beauty, Devtal gaupalika Ward/02 Bara, Kalaiya.
24/03/2026
Future of Devtal Public Health Laboratory Bara
आज मिति २०८२-०८-०४ गते देखि यो Devtal Lab बिहान ७ बजे देखि बेलुका ४ बजे सम्म संचालनमा रहने व्यहोरा जानकारी गराईन्छ। धन्यवाद ।
23/08/2025
05/07/2025
हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न स्वस्थ व्यवहार अपनाऔं
- उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिऔं ।
- खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी निकालौं ।
- खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र झिङ्गा भन्केका खानेकुरा नखाने । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
- खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यलय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धोऔं ।
- साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गरौं ।
- दिसा पिसाब चर्पीमा मात्र गरौं र बालबालिकाको दिसापिसाबलाई पनि चर्पीमा नै फ्याकौं ।
- झाडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय झोलसँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाऔं ।
हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal
05/07/2025
हैजा बारे जानौं, बुझौं र सतर्क रहौं
गर्मी तथा वर्षायाम सुरु भएसंगै विशेषगरि बालबालिकामा झाडापखाला, हैजा जस्ता रोगहरु फैलने हुँदा सावधानी र सतर्कता आपनाउन असाध्यै जरुरी छ ।
घरैमा उपचार गर्ने ५ नियम -
- झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने
- प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने
- नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
- स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नविराइकन खुवाउने
- व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal
Nepal Red Cross Society
07/06/2025
१९ दिनको बच्चामा Antibiotic resistant देखिएको छ । Antibiotics को जथाभावी प्रयोग नगरौ ।
Category
Website
Address
Devtal Gaupalika Ward/02 Bara
Kalaiya
Alerts
Be the first to know and let us send you an email when Devtal Public Health Laboratory, Dakshin jhitkaiya,Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.