SHARE Bazzar WITH BINAM
New ipo alert � devidend information �
21/01/2026
Shout out to my newest followers! Excited to have you onboard! Gir B. Magar, Kafle Ram Ankit, Jiwan Tamang Moktan, Carlo Sylvain, Achyut Shrestha, Bishnu Prasad Bhandari, Madan Raj Upadhyay, Ekraj Hamal, Krishna Saraswati, Mohamed M Mkg, Bhes Bahadur Pariyar, Manisha Subedi Paudel, Pitamber Sapkota, Dhirendra Bikaram Bhandari, Kundan K Yadav, Suraj Kumar Barai, भिम गलकाेटे, Yadav Psd Pandey, Bhojraj Budhathoki, Krishna Bishwakarma, Indi Hernuwati, Himal Kadara, Suraj Raj, Deepak Pandit, Narendra Rawal, Prakash Kulung, AangDawa P Sherpa, Dilkumar Rayamajhi, Anil Mehta, Pratik Pathak, Ramsamujh Ramsamujh, Dapchali Milan, Manisha Neupane, Janak Karki, जित बहादुर बुढा, Kamal Prakash Kc, Kartik Yadav, Rajesh Hansda, Asha Thakur, Deependra Bhandari, Arbaj Ali Mansoori Mansoori, Laxman Chauhan, Rahul Thakur, Binita Dhami, Amit Kr Sahani, भरत शाही ठकुरी, Shree Dhar Bhattarai Bhattarai, Gopal Bhandari, Md Sanju, Sawan Pandit
12/01/2026
माघ ६ गतेदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आउँदो माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २२ हजार कित्ता सेयर निष्कासन गरिनेछ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा बाग्लुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सबै वडाहरू (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी, र दर्लिङ गाविसका सबै वडाहरू) र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २,३,४ र ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ भने आयोजना प्रभावितको छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते निष्कासन बन्द हुनेछ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। आयोजना प्रभावितले ग्लोबल आइएमई बैंकको नक्साल, बुर्तिवाङ, बाग्लुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड–५, ग्वालीचौर शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुतिर्वाङ शाखा कार्यालयमा आईपीओको फाराम पाउनेछन्।
अर्थसंसारबाट साभार : विनम लिम्बु
11/01/2026
Shout out to my newest followers! Excited to have you onboard!
Tej Rana, Rohit Karmacharya, Blo Blo Ray, Dhani Swor Pandey, Mangal Chaudhary, Narayan Acharya, Dipak Kumar Basnet, Khagendra Bici, Raju Shresth, Bishnu Pandey, Kashiram Nihure, माइला दाइ, Krishnaram Shrestha, Purna Mukhiya Sunuwar, Manoj Yadav, Mahalaxmi Joshi, Mahesh Karki, Avdhesh Yadav, Aaditay Patel, Amit Rai, Janak Saud, Rit Bhujel, Roshan Yadav, Punyaram Gosain, Man Singh Chaudhary, Tapendra Shahi, Maipokhari Maipokhari, Naresh Shahi Thakuri, Sabinakhoyahang Limbu, Manoj Modei, Shesh Chaudhari, Pappu Kapoor, Mbak Gik, Kb Saud, New Laure Keto, Rokon Mia Farmar, Sajid Malhi, Ram Ishwar Ray, Binod Bindash, Pooja Chaudhary, Sanu Ko Maya Sane, Kazumil Samson Mphuliwa, Sanjaya Kamdung Rai, Ranjit Magar, Dhiraz Kumar, Uttam Mahat, Sainj Valley Vikas Samiti, Erlinda Dy, Kaha Xau Kaha, सुशान्त थापा
11/01/2026
माघ ४ देखि होटल फरेष्ट इनको आईपीओ आउँदै
होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा बिक्री गर्न लागेको हो ।
यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ । पहिलो चरणको आईपीओ बाँडफाँड भएपश्चात् होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थसंसारबाट साभार : विनम लिम्बु
#
05/01/2026
पुस २९ गतेदेखि निष्कासन हुँदै सोलु हाइड्रोपावरको आइपिओ
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको पुस २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले १ करोड कित्ता स्थानीयका लागि निष्कासन गरेको सेयरको प्रि–अलटमेन्ट गरिसकेको छ । कम्पनीले १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।
पुस २९ गतेदेखि जारी हुने उक्त आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा माघ ४ गते र ढिलोमा १४ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट आइआरएन डबल बी इस्यूअर रेटिङ्ग पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपिओ सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो सेयर अनलाइन प्रयोग गरेर पनि आइपिओमा आवेदन दिन सकिनेछ ।
मेरोलगानीबाट साभार : विनम लिम्बु
सुपरमादी हाइड्रोपावरको करिब २ करोड कित्ता शेयरको 'लकइन' माघ २१ पछि सकिँदै
सुपरमादी हाइड्रोपावर लिमिटेड (SMHL) को १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको 'लकइन' अवधि आगामी माघ २१ गतेपछि सकिने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि २०७९ साल माघ २३ गते शेयर बाँडफाँट गरेको थियो। सोही मितिबाट तीन वर्षका लागि लकइनमा रहेको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर अब कारोबार योग्य हुन लागेको हो।
कम्पनीका अनुसार लकइन अवधि सकिन लागेका शेयरहरूमध्ये संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीयको ११ लाख २ हजार ५०० कित्ता र कर्मचारीको ४४ हजार १०० कित्ता रहेका छन्। माघ २१ पछि यी शेयरहरू दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछन्।
यसैबिच, कम्पनीले गत पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट आर्थिक वर्षको मुनाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ।
सभाले ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत (१:०.५ अनुपात) हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुगेको छ। कम्पनी अब सोही पूँजीको आधारमा हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको छ।
मेरो लगानीबाट साभार:~ विनम लिम्बु
सिटी होटल लिमिटेडको हकप्रदमा आवेदन दिन असोज २६ गतेसम्म अवसर
सिटी होटल लिमिटेडले आफ्नो हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो, जसमा लगानीकर्ताले अब असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्दै १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै आवेदन दिन योग्य छन्।
कम्पनीको हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (CARE NP BB-) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट वा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
हाल सिटी होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। हकप्रदमार्फत संकलन हुने रकम कम्पनीले आफ्ना ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।
अर्थकेन्द्र बाट साभार विनम लिम्बु
सबैलाई नमस्कार! 🌟 तपाईँ ताराहरू पठाएर मलाई सहयोग गर्न सक्नुहुन्छ - यी ताराहरूले मलाई पैसा कमाएर तपाईँलाई मन पर्ने सामग्री बनाइराख्न मद्दत गर्छन्।
तपाईँले तारा आइकन देखेपछि तपाईँ मलाई ताराहरू पठाउन सक्नुहुन्छ!
09/10/2025
फेरि SY PANEL को 10 कित्ते मालिक भैगएछु। बधाई छ मलाई 😂😂😂
Breaking: राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी लामो समयदेखि लागू गरिएको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा (Single Obligor Limit) हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २०८२ मा जारी गरेको परिपत्र नं. ६ (क, ख, ग) मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यो व्यवस्था संशोधन गरेको हो।
पहिलेको व्यवस्थाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत मार्जिन प्रकृतिको ऋण लिन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको थियो। तर, पुँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापित संस्थागत लगानीकर्तालाई भने उक्त सीमा लागू नहुने प्रावधान थियो।
अब राष्ट्र बैंकले उक्त सीमा पूर्ण रूपमा हटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै जोखिम मूल्यांकन प्रणालीका आधारमा सेयर धितो कर्जा प्रवाह गर्न सक्ने भएका छन्। यसअघि तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंकले त्यसमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने थियो।
अर्थ संसार बाट साभार विनम लिम्बु
08/10/2025
Shout out to my newest followers! Excited to have you onboard!
Ram Maharjan, Khadaka Bed, Prem Magarx, Basudev Chaurasiya, Deepak Poudyal, Pradhansharada Laxmi Pradhan
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu
00977