Aaja Ko Trend
Breaking news देखि special कार्यक्रमसम्म
सत्य, छिटो र स्पष्ट जानकारी
हामी तपाईंको आवाज
28/08/2026
. ४७० मात्रै होइन, यो मानवताको ठूलो पाठ हो
रौतहट — रकम जम्मा रु. ४७०। तर, त्यसमा लुकेको भावना भने करोडौँको छ। रौतहटको एक विद्यालयका नानीबाबुहरूले आफ्नो सानो-सानो बचत सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ४७० सहयोग गरेका छन्।
कसैका लागि रु. ४७० सामान्य रकम हुन सक्छ। तर, यी बालबालिकाका लागि यो उनीहरूको इच्छा, त्याग र मानवताको प्रतीक हो। आफ्ना साना आवश्यकता थाती राखेर विपद्मा परेका मानिसका लागि सहयोग गर्ने उनीहरूको सोचले समाजलाई नै एउटा ठूलो सन्देश दिएको छ।
हामीले यी नानीबाबुबाट पाठ सिक्न जरुरी छ।
एक दिनको अनावश्यक खर्चमा हामीले सजिलै सक्ने पैसा कसैको घरमा चुलो बाल्ने आधार बन्न सक्छ, कसैको गाँस टार्न सक्छ, कसैको दुःखमा थोरै भए पनि मलम बन्न सक्छ।
त्यसैले, रु. ४७० लाई सानो भनेर नहासौँ।
बरु एकपटक आफ्नै मनलाई सोधौँ—
“मैले एक दिन अनावश्यक रूपमा खर्च गर्ने रकम कसैको जीवनमा सहयोग बन्न सक्छ कि सक्दैन?”
राहतका लागि लाखौँ रुपैयाँ नै चाहिँदैन। मन ठूलो हुनुपर्छ।
तपाईंले एक दिनको अनावश्यक खर्च मात्रै कटाएर सहयोग गर्नुभयो भने पनि त्यो कसैका लागि ठूलो सहारा बन्न सक्छ।
यी नानीबाबुले रु. ४७० दिएर केवल राहत कोषमा पैसा जम्मा गरेका होइनन्, हामी ठूला भनिनेहरूलाई मानवताको एउटा ठूलो पाठ पढाएका छन्।
रकम रु. ४७० होला, तर भावना करोडौँको छ।
सलाम छ यी नानीबाबुको सोचलाई।
देश शोक र दुःखको घडीमा गुज्रिरहेको बेला रविन्द्रले दिएको यो खुसीले केही राहतको अनुभूति गराएको छ। दुःखद परिस्थितिमा उहाँले खुसीको खबर दिएर घाउमा मलम लगाउने काम गर्नुभएको छ।
यो खुसी केवल रविन्द्रको मात्र होइन, हामी सबै नेपालीको खुसी हो।
रविन्द्रलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना!
चीनतर्फ थुनिएको ड्याम पुनः फुट्यो, भोटेकोसी र त्रिशूली किनारमा उच्च सतर्कता सबै जाना सुरक्षित बस्नु होला सक्दो सेर गरु
28/08/2026
शव पहिचानका लागि आएका आफन्तजन ...
भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा राखिएको डिस्प्लेमा देखाइएको शवको तस्बिर हेरेर पहिचानका लागि आएका आफन्तहरू। चितवन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ। चितवन उद्योग संघको एउटा हलमा डिस्प्लेमार्फत शवको तस्बिर देखाउने व्यवस्था गरिएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म चितवनमा १७८ शव भेटिएका छन्
28/08/2026
प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।
28/08/2026
भोटेकोशीको बा'ढी स्याप्रुबेसीसम्म पुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउनु : बाढी पूर्वानुमान महाशाखा! जनायको छ सक्द्दो सेर गरै मानबिय छेती हुन बाट बचाउ
जरुरी सुचना,शेयर गर्नुहोस, फेरि ताल फुटेको जानकारी आएको छ ।
सबै सुरक्षित हुनु हाेला।चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनु भयको छ ।
सबै सुक्षित रहन सक्दो शेयर गर्नुस
28/08/2026
धादिङ प्रशासनले भन्यो– भोटेकोशीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको छ । त्रिशूली नदीको दुवै किनारतर्फ बस्ने नागरिकहरु जोखिमयुक्त स्थानबाट तत्काल टाढा रही सुरक्षित स्थानतर्फ जानुहोला ।
28/08/2026
बाढी पूर्वानुमान महाशाखाले भन्यो- बाढी स्याफ्रुबेसीसम्म आइपुगेको छ
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Nepal
Kathmandu
023