Nepal Cancer Cure & Herbs Research Center.

Nepal Cancer Cure & Herbs Research Center.

Share

"Expand Life and Comfort Death is Our Minimum Motto"

13/03/2026

कोदोको सेवनले क्यान्सर जोखिममा कमि:-

कोदोमा पनि केही हदसम्म एण्टिक्यान्सर गुणसँग सम्बन्धित तत्वहरू पाइन्छन्।
कोदोलाई वैज्ञानिक रूपमा
Eleusine coracana भनिन्छ।
कोदोमा पाइने क्यान्सर विरुद्ध सहयोगी तत्व
कोदोमा यस्ता पोषक तत्व हुन्छन्:
Polyphenols – शक्तिशाली antioxidant, जसले कोशिकालाई क्षति हुनबाट जोगाउन मद्दत गर्छ।
Dietary Fiber – विशेषगरी आन्द्राको स्वास्थ्य राम्रो राख्छ, जसले आन्द्रासम्बन्धी क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ।
Phytic acid – केही अध्ययनले क्यान्सर कोशिका वृद्धि कम गर्न सहयोग गर्न मद्दत गर्दछ।
Iron, Calcium र Amino acids – शरीरको समग्र स्वास्थ्यका लागि राम्रो फाइदा गर्दछ।
नियमित रूपमा कोदोको परिकार (जस्तै ढिँडो, रोटी) खाँदा:
पाचन प्रणाली राम्रो हुन्छ
शरीरमा antioxidant activity बढ्छ
दीर्घकालीन रोगको जोखिम केही कम हुन्छ।

05/12/2025

नेपाली भान्सामा नियमित रूपले प्रयोग हुने धेरै खानेकुराहरूमा क्यान्सर प्रतिरोधात्मक (anti-cancer) गुण पाइन्छन्। यी खाद्य पदार्थले क्यान्सर “निकै” गर्छन् भनेर भन्न मिल्दैन, तर शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस कम गर्ने, प्रतिरक्षा शक्ति बढाउने र क्यान्सर हुने जोखिम घटाउने वैज्ञानिक प्रमाणहरू छन्।

✅ नेपाली भान्सामा पाइने क्यान्सर प्रतिरोधात्मक खानेकुरा

१) बेसार (Turmeric / Curcumin)

करक्यूमिन नामक तत्वले क्यान्सर कोशिका विस्तार रोक्ने धेरै अध्ययनले देखाएका छन्।

२) अदुवा र लसुन

अदुवा (Gingerol)

सूजन घटाउने।
फ्री–र्याडिकल नियन्त्रण, मुख र घाटिको क्यान्सरमा लाभ गर्दछ।

३)लसुन (Allicin)
क्यान्सर कोशिकाको वृद्धि रोक्ने प्रभाव,
विशेषगरी पेट, कलेजो, आँतको क्यान्सर जोखिम घटाउँछ।

४) गोलभेँडा (Tomato – Lycopene)
Lycopene एक शक्तिशाली antioxidant
प्रोस्टेट, फोक्सो, पेट क्यान्सरको जोखिम घटाउछ।

४) साग–सब्जी (Green leafy vegetables)

जस्तै: पालुङो, रायोको, सिस्नो, मेथीको साग यीमा भिटामिन A, C, E, फाइबर र Chlorophyll प्रशस्त हुन्छ, जसले DNA क्षति रोक्छ।

५) कागती, अमला, स्याउ–कागती (Vitamin C sources) Vitamin C ले फ्री-र्याडिकललाई निष्क्रिय पार्छ। प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

६) दाल, चना, राजमा (Legumes)

उच्च फाइबर → आँतको क्यान्सरको जोखिम कम गर्दछ। यस्मा एन्टिअक्सिडेन्ट र फाइटो–केमिकल भरिपूर्ण हुन्छ।

७) कोइरालाको फुल/तितेपाती/करेला (Bitter foods)

शरीरको detox क्षमता बढाउछ साथै
क्यान्सर विरोधी प्राकृतिक यौगिक पनि प्रसस्त हुन्छ।

८) मेवा, अम्बा:- Beta-carotene, Vitamin A, C धेरै पाइन्छ।क्यान्सर बिरूद्धको प्रतिरक्षा बलियो बनाउछ।

९) चिया (विशेषगरी हरियो चिया – Green Tea) Catechins (EGCG) क्यान्सर कोशिकाको वृद्धि रोक्न मद्दत गर्छ।

१०) दही (Probiotics)

पेट र आँत स्वस्थ राख्ने → colon cancer जोखिम कम गर्दछ।

नोट
यी खानाले क्यान्सर रोक्न मद्दत गर्छन्, तर:
क्यान्सर भएको मानिसका लागि उपचारको विकल्प होइन।

04/08/2025

किडनी मानव शरिरकाे एउटा महत्वपूर्ण अ‌ंग हाे । तर हाम्राे अाफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाअाज सामान्य जस्तै बनेकाे छ ।
किड्नी फेल हुनु भनेकाे किड्नी खुम्चनु हाे । किड्नीमा रहेकाे नेफ्राेन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फाेहाेर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ । तर किड्नी खुम्चिएकाे अवस्थामा नेफ्राेन्स थिचिनाले यसले राम्ररी फाेहाेर छान्न सक्दैन । यसाे हुँदा हाम्राे शरिरमा रहेकाे विषाक्त पदार्थ Creatinine र Urea का रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ । यसैलाइ अाधुनिक अाैषधि विज्ञानले किड्नी फेल भएकाे भन्दछ । र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्काे बिकल्प याे विज्ञानसँग छैन ।
कवाई, काली गेडी जंगली वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बाेधन हुने याे झार नेपालमा जताततै पाइन्छ । अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएकाे याे झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन् ।
याे वनस्पतीकाे पुरै बि@रुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनकाे दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहाेस । र यस पछि Sonography गराएर नतिजा हेर्नुहाेस ।

Photos from Nepal Cancer Cure & Herbs Research Center.'s post 11/06/2024

दमकाे राेगीहरुका लागी राेग मुक्तिकाे अचुक उपाय
Scientific Name: Tylophora Indica
English Name: Ipecacuanha
स‌‍स्कृत लताक्षीरी
नेपाली अन्तमुल
अन्तमूल एक प्रकारकाे लहरा प्रजातीकाे वनस्पती हाे । याे वनस्पती दम ( Asthma), Antidot,स्वासप्रस्वाश लगायतका राेगहरुमा एउ६ा अचुक उपाय हाे ।
दमका राेगीहरुले बिहान खाली पेटमा यसकाे एउटा पातमा मरिचकाे दाना राखेर पान चबाए झै‌ चबाएर मनताताे पानीसँग निल्ने । केही समय पछि वान्ता हुन्छ तर नअात्तिने । याे सकारात्मक लक्षण हाे । याे प्रकृया निरन्तर ३ दिन सम्म दाेहाेर्याउने । ३ दिनसम्म पनि यसबाट केही सुधारकाे अनुभव गर्नु भएन भने १ हप्ता नियमित गर्नुहाेस । पुरानाे र कडा भन्दा कडा दमकाे राेगबाट तपाइले मुक्ति पाउनु हुनेछ । तर ख्याल गर्नुहाेलाऽ याे पातकाे सेवन गर्न थालेकाे १ महिनासम्म घ्युऽ तेल लगायत चिल्लाे अमिलाे पिराे र चिसाे हुने खानेकुराहरु खान भने निषेध छ ।

21/05/2024

थाइरायड

याे राेग हिजाे अाज सामान्य झै‌ं भएकाे छ । हाम्राे घाँटीमा रहेकाे एउटा ग्रन्थी हाे थाइरायड जसले हामीलाइ अावश्यक पर्ने थाइरक्सिन हर्माेनकाे उत्पादन गर्दछ । यही थाइरक्सिनकाे उत्पादनमा हुने गडबडीकै कारण हुने शारिरिक गडबडीलाइ सरल भाषामा थाइरायड भनिएकाे हाे । थायरायड दुइ प्रकारका हुन्छन १‍‍ हाइपर थाइरायड र २ हाइपाेथाइरायड । थाइरक्सिन हर्माेन अावश्यकता भन्दा कम भएकाे अवस्थामा हाइपर थायरायड हुन्छ भने यही हर्माेन शरिरलाइ चाहिने भन्दा बढी उत्पादन भएमा हाएपाेथायरायड भएकाे मानिन्छ ।
हाइपर थायरायड भएकाे अवस्थामा मानिसकाे शरिरकाे ताैल घट्ने मुटुकाे चाल बढ्ने अनावश्यक रुपमा पसिना अाउने हातखुट्टा काम्ने जस्ता लक्षण देखा पर्दछा् भने हाइपाेथाइरायडमा शरिरकाे ताैल बढ्ने भाेक नलाग्ने कब्जियतकाे लक्षण देखा पर्नु छालामा सुख्खापन देखा पर्नु अनुहार र अाँखा सुन्निनु टाउकाे घाँटी र जाेर्नी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन् ।

कारण
दुबै प्रकारका थायरायड हुनुमा तनावयुक्त जिवनशैली खानामा अायाेडिनकाे मात्रा असन्तुलित हुनु प्राेटिन पाउडर वा फुड सप्लिमेण्टका नाममा साेया प्राेडक्टकाे अधिकतम प्रयाेग र कहिले कहिं अाैषधिकाे साइडइफेक्टका रपमा पनि थायरायडकाे समस्या देखा पर्दछ । मुलत हिजाेअाजकाे तनावपूर्ण जीवनशैलिनै याे राेगकाे प्रमुख कारण हाे ।

उपचार

१ शंखपुष्पिकाे पञ्चांग (पञ्चांग भन्नाले फुल फल जरा काण्ड र पात भन्ने बुझाउँदछ) चुर्ण ३ द्खी ६ ग्राम दिनकाे ३ पटक खानु पर्दछ ।

२ दैनिकरुपमा राती सुत्ने बेलामा एक चिया चम्चा बेसारकाे धुलाे एक गिलास गाइकाे दुधमा पकाएर नियमित सेवन गर्ने ।
३। राती सुत्नेबेलामा एउटा राताे प्याज बिचमा काट्ने र ति दुइ टुक्राले थायरायड ग्रन्थीकाे वरिपरि १५ मिनेटसम्म रगड्ने र नपखालीकन रात भरी छाडिदिने ।
४। हरियाे धनिया पिंधेर लेदाे बनाउने र याे लेदाे एक चम्चा एक गिलास पानीमा फिटेर दैनिक सेवन गर्ने । लेदाे बनाउन प्रयाेगमा ल्याएने धनिया ताजा हुनु पर्दछ ।
५। नियमित कुनै न कुनै रुपमा मरिचकाे सेवन गर्ने ।
६। राति सुत्ने बेला एक चम्चा अश्वगन्धाकाे धुलाे गाइकाे दुधसँग नियमित तिन महिनासम्म खाने ।
७। कागतीकाे पातकाे चिया नियमित तिन महिनासम्म खाने ।
८। सबै भन्दा महत्वपुर्ण उपराेक्त उपायसँगै आफुलाइ तनाव मुक्त बनाउने प्रयास गर्ने ।

13/12/2023

प्रदर राेग(याेनीबाट सेताे पानी वा रगत बग्ने समस्या) काे घरेलु उपचार

अाज हामीले महिलाकाे पाठेघर सम्बन्धि समस्याकाे जराेका रुपमा रहेकाे प्रदर(श्वेत प्रदर, Leukorrhea र रक्त प्रदर Metrorrhea) का बारेमा सानाे चर्चा गर्ने प्रयास गरेकाछाैं । प्रदर मुलत महिला प्रसुती सम्बन्धि राेग हाे । माथी नै भनियाे याे दुइ प्रकारकाे हुन्छ श्वेत प्रदर र रक्त प्रदर ।

श्वेत प्रदर
महिलाकाे याेनीबाट नियमित सेताे पानी बगिरहनुलाइ श्वेत प्रदर भनिन्छ
। तर कतिपय अवस्थामा सेता पानी बग्दा श्वेत प्रदर नभएकाे पनि
हुनसक्दछ । सेताे पानी बग्नुका खास दुइ अवस्था हुन्छन् सामान्य र
असामान्य ।
सामान्य अवस्था
मासिक धर्मकाे अगाडी वा पछाडी चरम याैन उत्तेजनाकाे समयमा
प्राकृतिक रुपमै सेताे पानी बग्दछ । याे कुनै राेग नभइ स्वभाविक प्रकृया
हाे ।
असामान्य अवस्था
अस्वाभाविक रुपमा कहिले चामल पखालेकाे चाैलानी जस्ताने त कहिले
भातकाे माड जस्तो चिप्लाे र दुर्गन्धयुक्त तरल पदार्थ निरन्तर बगिरह्याे भने
यस्ताे अवस्था श्वेत प्रदरकाे लक्षण हाे । रिंगटा लाग्नु हात खुट्टा र पिंडाैला
करकर खानु अनुहार पहेंलाे हुँदै जानु भाेक नलाग्नु राैंहरु कमजाेर हुँदै जानु
दृष्टि कमजाेर हुनु बरम्बार पिसाब लागेनु याेनी चिसाे हुनु चिलाउनु याैन
उत्तेजनामा कमी अाउनु लगायत यसका प्रमुख लक्षण हुन । याे अाफैं भने
राेग हैन तर पाठेघर सम्बन्धि राेगकाे लक्षण मध्ये पनि प्रमुख लक्षण भने
हाे । त्यसैले यसकाे समयमै उपचार नगराए पछि गएर पाठेघरकाे
क्यान्सर लगायतका गम्भीर प्रकृतीका राेगहरु लाग्ने प्रबल सम्भाबना
हुन्छ । श्वेत प्रदर जति जटिल राेग भए पनि यसकाे समाधान सजिलाे र
सरल छ । यसलाइ विज्ञ चिकित्सककाे अभावमा अाफैं घरमै बसेर उपचार
गर्न सकिन्छ ।

घरेलु उपचार
१‍। राम्ररी पाकेकाे मालभाेग केरा एक काेसा केरा र २० देखी २५ ग्राम गाइकाे
नाैनी घ्युसँग बिहान खाली पेट दुइ हप्तासम्म खाने । याे समस्याबाट
मुक्ति पाइन्छ ।
२। ताजा काँचाे भिण्डी(राम ताेरिया) ५ वटा बिहान खाली पेटमा चिसाे
पानीसँग नियमित एक हप्ता खाने राेग निकाे हुन्छ ।
३। सिसाैकाे पातकाे धुलाे र कालाे मिश्री एक एक ताेला मिसाएर बिहान र
बेलुका एक हप्तासम्म खाने ।
४। लज्जावती झारकाे पञ्चांग (पुरै झार अर्थात जरै देखी उखलेर) राम्ररी सफा
गरि हावामा सुकाएर पिंध्ने र २ चिया चम्चा पिंधेकाे लज्जावतीकाे धुलाे
गाइकाे घ्युसँग नियमित एक हप्ता सम्म खाने गरे यसकाे समस्याबा६
मुक्ति पाइन्छ ।
५। बिहान बेलुका खाना अगाडी भातकाे माड उक गिलास िनयमित एक
हप्तासम्म खाने गरे पनि याे समस्या हट्दछ ।

रक्त प्रदर
महिलाहरुका लागि मासिक धर्म एक नियमित एवं प्राकृतिक प्रक्रिया हाे ।
सामान्यत यसकाे चकर २२ दिन देखी ३५ दिन सम्मकाे हुन्छ । नियमित
मासिक धर्मकाे शुरुका तिन दिन ज्यादा मात्रामा रक्तश्राव हुन्छ । ७ दिन
सम्म पनि सामान्य रक्तश्राव भइ नै रहन्छ । सामान्य अवस्थामा शुरुका
तिन दिन ३०/३५ मि लि सम्म रक्तश्राव ठिकै हाे तर याे मात्रा बढेर ७५/८०
या त्याे भन्दा बढी भयाे र यस्ताेमा जमेका रगतका लेघ्रा वा रजयुक्त वा
गन्धयुक्त रगत बग्न थाल्याे भने रम्त प्रदर भएकाे मान्नु पर्ने हुन्छ ।
मासिक धर्मका बेला कम्मर दुख्ने ज्यादा थकाइ लाग्ने अनुहार पहेंलिने र
रक्त अल्पताका लक्षण देखा पर्नु यसका लक्षणहरु हुन । विषेशत यस्ताे
बेलामा राेगीले ज्यादा मसला हालेका अमिलाे पिराे मरिच कफि पाेलेकाे
डढेकाे माछा मासु अादी खानेकुरा भने खानुहुँदैन । र यसकाे उपचार बिरामी
अाफैंले घर मै बसेर गर्न सक्दछ ।

घरेलु उपचार
१। पाकेकाे मालभाेग केरा र ३० ग्राम गाइकाे नाैनी घ्यु मिलाएर नियमित
एक हप्ता बिहान खाली पेट एक हप्तासम्म खाने गरे रक्त प्रदर निकाे
हुन्छ ।
२। ताजा दुबाेकाे रस एक कपमा त्यती नै गाइकाे दुधमा २० ग्साम कालाे
मिश्री मिलाएर बिहान खाली पेट नियमित एक हप्ता सम्म खाने गरे
रक्त प्रदरकाे समस्याबाट मुक्ति पाइन्छ ।
३। लज्जावती झार जरै देखी पुरै उखेलेर छायाँमा सुकाएर पि‌ध्ने र चुर्ण
बनाउने । एक बित्ता लामाे गुर्जनेकाे डाँठलाइ राम्ररी पखालेर कुट्ने र
बेलुका एक गिलास पानी भिजाएर छाडी दिने । बिहान खाली पेट गुर्जाे
भिजाएकाे पानी छानेर लज्जावतीकाे तयार चुर्ण एक चम्चा सहित
नियमित एक हप्ता खाने गरे रक्त प्रदर ठिक हुन्छ । लज्जावती झारकाे
अभावमा तपाइ सिसांकाे पातकाे चुर्णकाे पनि प्रयाेग गर्न सक्नु हुन्छ ।

07/12/2023

क्रियटिनिन बढ्याे ? घटाउने सजिलाे उपाय !

क्रियटिनिन बढ्नु भनेकाे मिर्गाैलामा खराबि अाएकाे संकेत हाे । समयमै क्रियटिनिनलाइ नियन्त्रण गरिएन भने समस्या डायलासिस र मिर्गाैलानै फेर्नु पर्ने सम्मकाे अवस्थामा पुग्न सक्दछ । बढेकाे क्रियटिनिनलाइ एक हप्तामै नियन्त्रित गर्न सकिन्छ । यस पटक हामीले बढेकाे क्रियटिनीनलाइ घटाउने उपायका बारेमा चर्चा गर्दैछाैं ।
पिपलकाे रूखकाे बाेक्रा आधा किलोग्राम र नीमकाे रुखकाे बाेक्रा आधा किलोग्राम दुई लिटर पानीमा मिसाएर अाधा हाेउन्जेल सम्म फलाम वा माटाकाे भाँडामा पकाउनु हाेस । अाधा भएपछि निकाल्नुस र सेलाएपछी सिसा या काठको भाडोमा राख्नुस। दैनिक तीन पटक दस एम एल का दरले एक हप्ता सम्म सेवन गर्नुहाेस । क्रियटिनीन घटेर अाफ्नाे स्तरमा अाउनेछ । हप्ता दिन सम्म नियमित यही उपायले काँढा बनाइ सेवन गर्नुहाेस । तर ख्याल राख्नु हाेला एक पटक पकाएकाे काँढा दाेहाेराएर तताउने गल्ती नगर्नु हाेला ।
साथै काँढा खान थालेकै कारण अाफुले नियमित खाइरहेका अाैषधीहरु बन्द नगर्नु हाेला । क्रियटिनीन बढेकै कारण बिरमीले सास्ती खेपिरहेका छन भने त्यस्ता बिरामीलाइ काँढा खुवाउनु ३।४ दिन अघिबाट खाली लिक्वीड डाइट जस्तै सुन्तला माैसम गाजर लाैका घ्युकुमारी लगायत माेसम अनुसारका फलफुलका जुसकाे सेवन गराउनु र अन्नकाे भाेजन बन्द गराउनु उपयुक्त हुन्छ । यसले बिरामीकाे पि एच स्तर ठिक रहन्छ अर्थात शरिरमा अल्कालाइनकाे स्तर बृध्दी हुन्छ । लाैका बन्दाकाेबि फर्सी तुलसी अल्कालाइनका राम्रा श्राेत हुन् । याे उपाय अवलम्बन गरि उपराेक्त नीम र पिपलकाे काँढा एक हप्तासम्म सेवन गर्नाले बढेकाे क्रियटिनीनकाे स्तर एक हप्तामै अाफ्नाे ठाउँमा अाइपुग्दछ ।

20/11/2023

स्तन क्यान्सरको सन्दर्भमा।

स्तन क्यान्सरका संकेत ( Symptoms of Breast Cancer)
स्तनमा भएका कोषहरु अप्राकृतिक ढङगले बढेर नियन्त्रीत बाहिर गएको अबस्थामा क्यान्सर भएको मान्नुपर्छ । र यस्तो ट्युमरको रुपमा हुन्छ ।
सामान्यत DNA मा अाउने परिवर्तन का कारण स्तनका कोषहरु क्यान्सरमा परिणत हुन्छन । यो प्रकृया चाहिं वशाणुगत हो । यसबाहेक स्तनक्यान्सरका लागि अाधुनिक जिवनशैली, अाहार विहार मुख्य कारण हो । स्तन क्यान्सरका संकेतहरु:-
१) स्तनको छाला बाक्लिदै जानु र खस्रो हुनु ।
२) स्तनमा सुन्तलाको बोक्रामा जस्ता छिद्र हरु देखा पर्नु ।
३ स्तनको मुन्टोबाट निरन्तर तरल पदार्थ बगिरहनु ।
४) स्तनको वरिपरि खस्रा टाटाहरु देखिनु ।
५) स्तनको मुन्टोको वरिपरि को भागमा खाटा पर्नु ।
६) स्तनको अाकार परिवर्तन हुनु ।
७) स्तन सुन्निनु ।
८) स्तनमा गाठाँहरु देखा पर्नु ।
९) स्तगको मुण्टो भित्र गाढिनु ।

स्तनलाई स्वास्थ राख्न केरोटेनाइड्स र सल्फोराफेन नामक तत्वको आवस्यक पर्दछ।सल्फोराफेनले स्तनलाई स्वास्थ राख्न मात्रै हैन स्तन क्यान्सर फैलनबाट समेत रोक्न मद्धत गर्दछ।कहिलेकाही रगतमा स्टेरायडको मात्रा बढ्नाले स्तन क्यान्सरको खतरा निम्त्याउँछ । यो तत्वले स्तनमा अप्राकृतिक कोषको वृद्धिमात्रै हैन ट्युमरको वृद्धि गर्न समेत मद्धत पुर्याउछ। यस्तो बेला स्तनमा अधिक मात्रामा सल्फोराफेनको आवश्यक पर्दछ। जब स्तन भित्रको एण्ड्रीनल ग्रन्थीको वृद्धि हुन्छ त्यो इस्ट्रान्जेन (Esrangen) मा परिणत हुन्छ। र पछि गएर क्यान्सरका कोषहरुको बिकासमा अग्रणी भुमिका खेल्न थाल्छ। यस्तो अवस्थामा क्यान्सरका कोषहरुको बिकासको सुगम स्थान पनि स्तन नै बन्न पुग्छ। यहाँ चाहे एण्ड्रील ग्रन्थिको वृद्धि नियन्त्रण होस वा रगतमा स्टेरायडको वृद्धिको समस्या होस, यीनको समस्याको उपाय भनेको सल्फेराफेनको प्रयोग नै हो। यस्को रोकथामका लागि केरोटेनाइड्स र सल्फेराफेनको प्रयोग उचित हुन्छ।
सल्फेराफेनको प्राकृतिक श्रोत भनेको हरियो काउली (ब्रो काउली) हो। प्राकृतिक रुपमा हुर्केको ब्रो-काउलीमा ५०% सम्म सल्फोराफेन पाइन्छ। त्यसैले कम्तीमा हप्ताको दुई दिन ब्रो-काउली नियमित खानाले स्तन क्यान्सरबाट टाढा रहन सकिन्छ। त्यस्तै केरोटेनाइड्सको प्राकृतिक श्रोत भनेको पाकेको केरा हो। प्राकृतिक रुपमा पाकेको केरामा केरोटेनाइड्स अधिक मात्रामा पाइन्छ। यौटा औसत आकारको केरामा २२% चिनी, १% बोसो, ११६ क्यालोरी उर्जा र ४६७ मिलिग्राम पोटासियम पाइन्छ। त्यसैले दिनको दुई कोसा केरा खानाले उच्च रक्तचापको नियन्त्रण, धमनीहरुको सुरक्षा, डिप्रेसनलाई मात्रै लाभ पुग्ने नभै स्तन क्यान्सर वृद्धि नियन्त्रणमा ठुलो सहयोग पुग्छ।

01/09/2023
Photos from Nepal Cancer Cure & Herbs Research Center.'s post 28/08/2023

सफल नतिजा !!!....

Photos from Nepal Cancer Cure & Herbs Research Center.'s post 26/08/2023

श‌ंखपुष्पी Convolvulus Pluricaulis

अंग्रेजीमा English speedwheel भनिने शंखपुष्पि एउटा बहुपयाेगी अाैषधिय वनस्पती हाे । सेताे राताे र निलाे रंगकाे फुल फुल्ने याे वनस्पती ढुंग्याइलाे भूभागमा बाह्रै महिना पाइन्छ । अाैषधिय प्रयाेगमा भने सेताे फुल फुल्ने जाती उपयुक्त मानिन्छ । Shankhapuspine, B-Sitosterol, Kaempfrrol, N- hexacosanol,Hydroxy Cinnamic Acid लगायतका रसायनिक तत्व पाइने याे वनस्पती मुलत हाइपरथाइरायड, अटिज्म, स्मरणशक्तिमा ह्रास, Mental hyper sensivity लगायतका समस्यामा याे अति नै उपयाेगी छ ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


DillibaZar, Pipalbot
Kathmandu

Opening Hours

Monday 10:00 - 14:00
Tuesday 10:00 - 14:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 14:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 14:00