Toll lamki
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Toll lamki, Health/Beauty, Kailali, Kathmandu.
#
16/08/2024
४० घरको बस्तीमा बाढी पस्यो, एक होस्टेल र ४ घर बगे
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।
हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताए । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । तस्बिरः रासस
11/08/2024
अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर र उपमेयर दुई महिनादेखि काठमाडौँबाट पालिकाकाे काममा नफर्कीएपछि स्थानीयहरू सेवाबाट बञ्चित भएका छन् । स्थानिय सेवाग्राहीका अनुसार मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावल दुबै जना लामो समयदेखि पालिका बाहिर रहँदा पालिकाका दैनिक कार्य सञ्चालनसँगै सेवाग्राहीहरु पालिकाको सेवा लिनबाट बञ्चित भएका हुन् ।
25/07/2024
शौर्य प्लेन दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्य भन्छन्, 'करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो । त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन । एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट निस्कन लाग्दा कसैले मलाई तानेको याद छ !'
25/07/2024
धनगढी । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुको साटो अल्पमतमा पर्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (बिहीबार) पुन: मन्त्रीमण्डल हेरफेर गर्नुभएको छ ।
नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिनुभएको छ । एकीकृत माओवादीका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको छ ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रीमा कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापा, सामाजिक विकासमन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया पन्तलाई बनाइएको छ । यसअघि भागबन्डा मिलाउन मुख्यमन्त्री सोडारीले सातवटा मन्त्रालय टुक्रयाएर १० वटा बनाउनुभएको थियो । अहिले पुन: मन्त्रिपरिषद्बाट निर्णय गर्दै त्यसलाई घटाएर सातवटा कायम गर्नुभएको छ ।

वैशाख २० गते एमालेले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ । प्रदेशमा अहिलेसम्म बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था छ । सरकारको खर्च आम्दानी पनि ठप्प छ । मुख्यमन्त्री सोडारीले बजेट अधिवेशन अन्त्य गरे पछि कांग्रेस-एमालेको आग्रहमा प्रदेश प्रमुखले प्रदेश सभाको विशेष बैठक पनि आह्वान गरिसक्नुभएको छ । तर मुख्यमन्त्री सोडारी उक्त बैठकमा पनि सहभागी नभएपछि सभा पुन: अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
५३ सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । कांग्रेसका १८ र एमालेका ११ सदस्य भएकाले सहजै सरकार बन्ने अवस्थामा छ ।
कांग्रेस-एमालेले लिखित रूपमै राजीनामा दिन पटक-पटक आग्रह गरे पनि मुख्यमन्त्री सोडारीले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै अहिले नै राजीनामा नदिने अडान राख्नुभएको छ । खासगरी एमालेका आर्थिक मामिलामन्त्रीले बजेट ल्याएर पास नगरी सरकार छाडेपछि सोडारी रुष्ट हुनुभएको छ । मुख्यमन्त्री सोडारी र एमालेको इगोका कारण प्रदेशमा बजेट शून्यताको अवस्थाले भने आर्थिक संकट चुलिँदै गएको छ ।
25/07/2024
बुधबार भएको विमान दुर्घटना र करिब दुई हप्तादेखि त्रिशुलीमा हराइरहेका बसका यात्रुको सम्झनामा दीप प्रज्वलन । नेविसंघ त्रिचन्द्र इकाइले बिहीबार दीप प्रज्वलन गरेको हो । तस्बिर : संजित परियार/नयाँ पत्रिका
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kailali
Kathmandu