Sk Mission Media
खबरदारी अभियानमा सहभागी बनौ रास्ट्र प्रति ईमान्दार बनौ
उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय
29/07/2026
एसएसपी सुरेश काफ्लेद्वारा अवकाश प्राप्त सई राम कुमार बस्नेतको भव्य विदाई
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेद्वारा अनिवार्य अवकाश पाएका प्रहरी नायब निरीक्षक (सई) राम कुमार बस्नेतलाई एक भव्य समारोहका बीच विदाई गरिएको छ ।
विदाई समारोहमा बोल्दै प्रमुख एसएसपी काफ्लेले बस्नेतले आफ्नो सेवा अवधिभर प्रदर्शन गरेको व्यवसायिकता, अनुशासन र सडक व्यवस्थापनमा खेलेको उदाहरणीय भूमिकाको प्रसंशा गर्नुभयो।
प्रहरी सेवामा लामो समयसम्म पुर्याएको पुर्याएको पुर्य योगदान र निष्ठाको कदर गर्दै ट्राफिक प्रहरी कार्यालयले उनलाई सम्मानसहित विदाई गरेको हो ।
28/07/2026
सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर आइतबार राती नै २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि मंगलबार पनि दिनभर कोशी प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ । घटनाको प्रभाव सुनसरी, मोरङ हुँदै मधेश प्रदेशसम्म फैलिएको छ ।
प्रदर्शनका कारण सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो । राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिए भने यात्रुहरू समस्यामा परेका छन् । इटहरी–पश्चिमतर्फ सवारी सञ्चालनसमेत प्रभावित भएको थियो ।
यसका विच जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्र राजमार्गअन्तर्गत पकली चोकदेखि कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको दुवैतर्फ नै २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।
विराटनगरमा पनि आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायत बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरिएपछि अधिकांश पसल बन्द भए र बजारको जनजीवन प्रभावित बन्यो ।
आन्दोलनकारीहरूले बुधहाट चोकमा श्रद्धाञ्जली सभासमेत आयोजना गरेका थिए । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यता, सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा पनि तनाव उत्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका व्यवसायीका पसलमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
आन्दोलन फैलिन थालेपछि सुनसरीका विभिन्न संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ ।
आइतबार राति बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेका थिए । उक्त घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरिसकेको छ।
28/07/2026
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यमा “मानव वेचविखन रोकथामः सबैको साझा जिम्मेवारी” विषयक कार्यक्रम
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा विश्व मानव वेचविखन विरुद्को दिवस, २०२६ को अवसरमा “Trapped Behind the Scam” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ माईती नेपालको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित “मानव वेचविखन रोकथामः सबैको साझा जिम्मेवारी” विषयक कार्यक्रम सम्पन्न ।
28/07/2026
एआईजी राजन अधिकारीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा संञ्चालित ६ कार्यदिन अवधिको “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ.) प्रशिक्षक प्रशिक्षण तालिम” प्रथम समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तालिम संयोजक एसपी कोमल शाहले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक एआईजी राजन अधिकारीले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
विकटताबीच गौमूल पालिकाको प्रगति पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीयसुधार
एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा मुख्य आरोपी पक्राउ परिसकेको छ : मन्त्री पोखरेल
27/07/2026
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले उनीहरुलाई विगतमा सफाई पेश गर्न १५ दिनको म्याद दिएको थियो । उक्त अवधिभित्र उनिहरुले पेश गरेको सफाई सन्तोशजनक नदेखिएकोले दोस्रो पटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी नापी अधिकृत हुन् ।
निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ ।
स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो ।
मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले ३० दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।
मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
27/07/2026
इन्सपेक्टर किरण राउत असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै इन्सपेक्टर किरण राउत २०८३ साल असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत राउतलाई उनको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै कार्यालयले सो उपाधि प्रदान गरेको हो। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सेवामुखी बनाउन उनले कन्टेन्ट क्रिएसन, सामाजिक सञ्जाल व्यवस्थापन र अपरेसनल म्यानेजमेन्टमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेद्वारा हस्ताक्षर गरिएको प्रशंसापत्रमा जनाइए अनुसार, निरीक्षक राउतले कार्ययोजना निर्माण तथा कार्यान्वयन, गुनासो व्यवस्थापन र ट्राफिक सचेतना अभिवृद्धिमा परिणाममुखी ढङ्गबाट कार्य गरेका छन्। विशेषगरी सडकमा उत्पन्न हुने विभिन्न ट्राफिक समस्या र चुनौतीहरूको समयोचित समाधान गर्न उनले समन्वयकारी भूमिका खेलेका थिए।
त्यस्तै, सेवाग्राहीप्रति सरल, सभ्य र उत्तरदायी व्यवहार प्रदर्शन गर्दै आफ्नो जिम्मेवारीलाई अनुशासित, पारदर्शी र त्रुटिरहित ढङ्गले सम्पन्न गरेकाले उनलाई यो सम्मान दिइएको कार्यालयले जनाएको छ।
27/07/2026
डिआईजी ओम अधिकारीले ईलाका प्रहरी कार्यालय लालबन्दीको अनुगमन तथा निरीक्षण
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले ईलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीको भौतिक पूर्वाधार, आन्तरिक प्रशासन र सुरक्षा व्यवस्थाको प्रत्यक्ष अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालयको हाता, ब्यारेक, मेश, हिरासत कक्ष, तथा महत्वपूर्ण कागजातहरूको सुक्ष्म अवलोकन गर्नुभयो।
निरीक्षण पश्चात् कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै डिआईजीले नागरिकलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रवाह गर्न र स्थानीय शान्ति सुरक्षालाई थप मजबुत बनाउन, अपराध नियन्त्रण तथा अनुसन्धानमा शून्य सहनशीलताको नीति अपनाउन र समुदायसँगको समन्वयलाई अझ प्रगाढ बनाउन प्रहरी अधिकृत तथा जवानहरूलाई विशेष निर्देशन दिनुभएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu