Badimalika Care Pvt.Ltd.

Badimalika Care Pvt.Ltd.

Share

Health, medical � pharmacy,clinic

28/08/2026

🌸जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना 🌸

Badimalika Care Pvt.Ltd.

17/08/2026

शुभकामना !

08/08/2026

राष्ट्रिय खेाप तालिका

13/07/2026

बडीमालिका फार्मेसी एण्ड पोलिक्लिनिक प्रा.लि., आयोजित नि:शुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ।

यस शिविरलाई सफल बनाउन अमूल्य सहयोग गर्नुहुने तिलगंगा आँखा प्रतिष्ठान, मदन भण्डारी स्काउट क्रु, समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली, स्वयंसेवकहरू, सहयोगी संस्थाहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। विशेष त यो कार्यक्रम सफल पार्ने मुना खनाल जि लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

साथै, आफ्नो बहुमूल्य समय निकालेर आँखा परीक्षण गराउन सहभागी हुनुहुने सम्पूर्ण सेवाग्राहीहरूलाई पनि हार्दिक धन्यवाद। तपाईंहरूको विश्वास, सहभागिता र सहयोगले हामीलाई आगामी दिनहरूमा अझ प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्न प्रेरणा दिएको छ।

स्वस्थ आँखा, उज्यालो भविष्य भन्ने हाम्रो उद्देश्यलाई सफल बनाउन साथ दिनुहुने सबैप्रति पुनः हार्दिक धन्यवाद।

बडीमालिका फार्मेसी एण्ड पोलिक्लिनिक प्रा.लि.
महालक्ष्मी–७, ललितपुर
सदैव तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित। 🌿👁️

05/07/2026

निः शुल्क

मधुमेह (डायबिटिज) का बिरामीहरुका लागि रेटिना शिविर

मधुमेह नियन्त्रणमा राखौं, आँखा सुरक्षित राखौं ।

समयमै जाँच गरौं, दृष्टि बचाऔं !

बडीमालिका फार्मेसी एण्ड पोलिक्लिनिक प्रा. लि.

मितिः२०८३/३/२८ गते आइतबार

स्थानःबडीमालिका फार्मेसी एण्ड पोलिक्लिनिक प्रा.लि.

महालक्ष्मी ७, ललितपुर

30/05/2026

⚠️ रेबिजबाट बचौँ, जीवन जोगाऔँ

रेबिज के हो?

रेबिज एक घातक भाइरल रोग हो, जुन संक्रमित कुकुर, बिरालो, बाँदर, स्याल लगायतका जनावरको टोकाइ, चिथोर्ने वा र्याल घाउमा लाग्दा सर्छ। लक्षण देखिएपछि यो रोग प्रायः १००% घातक हुन्छ।

🐕 रेबिज सर्ने मुख्य कारणहरू

✅ कुकुरले टोकेको
✅ बिरालोले टोकेको वा कोट्याएको
✅ बाँदरले टोकेको
✅ संक्रमित जनावरको र्याल खुला घाउ वा आँखामा लाग्नु

🚨 रेबिजका लक्षणहरू

• ज्वरो आउने
• टाउको दुख्ने
• घाउ वरिपरि पोल्ने वा झमझम हुने
• पानी देख्दा डर लाग्ने (Hydrophobia)
• निल्न गाह्रो हुने
• अत्यधिक छटपटी हुने
• पक्षघात र मृत्यु

🩹 जनावरले टोकेपछि तुरुन्त के गर्ने?

1️⃣ घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा 15 मिनेटसम्म धुने।
2️⃣ आयोडिन वा एन्टिसेप्टिक लगाउने।
3️⃣ घाउमा तेल, धुलो, बेसार वा अन्य पदार्थ नलगाउने।
4️⃣ सकेसम्म छिटो स्वास्थ्य संस्थामा जाने।
5️⃣ चिकित्सकको सल्लाह अनुसार रेबिज खोप लगाउने।

💉 रेबिजबाट बच्ने उपाय

✔️ घरपालुवा जनावरलाई नियमित रेबिज खोप लगाउने।
✔️ छाडा कुकुर तथा जनावरबाट टाढा रहने।
✔️ बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार सिकाउने।
✔️ जनावरले टोकेपछि खोप लगाउन ढिलाइ नगर्ने।

📢 महत्वपूर्ण सन्देश

“रेबिज लागेपछि उपचार छैन, तर समयमै खोप लगाएमा पूर्ण रूपमा बच्न सकिन्छ।”

⸻

🏥 बडीमालिका फार्मेसी एण्ड पोलिक्लिनिक

📍 महालक्ष्मी–७, चाँगाथली, गोपालचोक, ललितपुर
📞 सम्पर्क: 9744375529

स्वस्थ जीवनका लागि सचेत बनौँ, रेबिजबाट बचौँ। 🐕💉🛡️

Photos from Badimalika Care Pvt.Ltd.'s post 25/05/2026

🌿 स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। 🌿
अब बडिमालिका पोलिक्लिनिकसँग घरमै सहज र भरपर्दो स्वास्थ्य जाँच सेवा। 🩺✨

✅
📌 सेवाहरू:
✔ Complete Blood Count
✔ Lipid Profile
✔ Thyroid Panel
✔ Diabetes Test
✔ Video X-ray Abdomen
✔ ECG
•. Vit D
•. Vit B12

🏥 बडिमालिका पोलिक्लिनिक
📍 चाँगाथली, ललितपुर
📞 9744375529

25/05/2026

🌿 स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। 🌿
अब बडिमालिका पोलिक्लिनिकसँग घरमै सहज र भरपर्दो स्वास्थ्य जाँच सेवा। 🩺✨

✅ Basic Full Body Checkup
💰 पहिले: Rs. 5800
🎉 अहिले मात्र: Rs. 4600 (20% छुट)

📌 सेवाहरू:
✔ Complete Blood Count
✔ Lipid Profile
✔ Thyroid Panel
✔ Diabetes Test
✔ Video X-ray Abdomen
✔ ECG

🏥 बडिमालिका पोलिक्लिनिक
📍 चाँगाथली, ललितपुर
📞 9744375529

21/05/2026

घरमै घाउ सफा गर्ने (Dressing) सेवा उपलब्ध छ।

30/12/2025

स्तन क्यान्सर सम्बन्धी जानकारी

स्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको कुनै पनि भागमा सुरु हुन सक्छ । प्रायः स्तन क्यान्सर दूध उत्पादन हुने ग्रन्थि (लोव्यूल्स) वा (डकट) अथवा दूध वाहन नलीबाट सुरु हुने गर्दछ । स्तन क्यान्सर रक्त नलीहरू तथा लिम्फ नलीहरू हुँदै शरीरको अन्य भागहरूमा फैलिन सक्दछ ।

स्तन क्यानसरका लक्षणहरु
- स्तन वा काखी मुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु
- स्तनको छालामा निको नहुने घाउ आउनु
- स्तनको आकारमा परिवर्तन आउनु
- स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु
- स्तनको मुन्टा भित्र तर्फ जानु
- स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
- स्तन दुख्नु वा सुन्निनु

यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा जाँच र परामर्शको लागि सम्पर्क गर्नुपर्छ ।

स्तन क्यानसरको जोखिमबाट बच्ने उपायहरु
- धुम्रपान तथा मद्यपान नगर्ने
- स्तनको नियमित जाँच वा परिक्षण गर्ने
- स्तनपान गराउने
- नियमित व्यायाम गर्ने
- तौललाई सन्तुलनमा राख्ने
- पोषणयुक्त खानेकुरा खाने

Category

Telephone

Address


Mahalaxmi-7
Lalitpur
44700