संझा गुप्ता
“Government Nurse 💉
सेवा मेरो कर्तव्य हो।
सफलताको सूत्र पुस्तकको पन्नामा होइन✍️ मेहनतमा हुन्छ
ठुलो होइन, असल मान्छे बन्नु छ ❤️🌺🌹
06/07/2026
𝗗𝗮𝘆 𝟰 | 🚑 आपतकालीन अवस्थामा काम लाग्ने 𝗙𝗶𝗿𝘀𝘁 𝗔𝗶𝗱 𝗕𝗼𝘅 मा के–के हुनुपर्छ?
✅ ब्यान्डेज र गज (Gauze)
✅ मेडिकल टेप
✅ एन्टिसेप्टिक सोलुसन
✅ कटन
✅ डिजिटल थर्मोमिटर
✅ प्लास्टर (Band-Aid)
✅ ORS
✅ ज्वरो वा दुखाइ कम गर्ने औषधि (डाक्टरको सल्लाहअनुसार)
✅ कैंची र ट्विजर
ध्यान दिनुहोस्:
औषधिको म्याद (Expiry Date) समय–समयमा जाँच्नुहोस् र First Aid Box बालबालिकाको पहुँचभन्दा टाढा राख्नुहोस्।
सानो तयारीले ठूलो समस्या हुनबाट जोगाउन सक्छ।
05/07/2026
🦟 आजको स्वास्थ्य सल्लाह
डेंगुबाट बचौँ
अहिले गर्मी र वर्षायाममा डेंगुका बिरामी बढिरहेका छन्। स्वास्थ्य संस्थाहरूमा पनि धेरैमा डेंगु पुष्टि भइरहेको देखिन्छ। त्यसैले हामी सबैले अहिले नै सावधानी अपनाऔँ।
✅ घर वरिपरि पानी जम्न नदिनुहोस्।
✅ बिहान र साँझ लामखुट्टेको टोकाइबाट बच्नुहोस्।
✅ पूरा शरीर ढाक्ने कपडा लगाउनुहोस्।
✅ झुल वा लामखुट्टे भगाउने सामग्री प्रयोग गर्नुहोस्।
🚨 उच्च ज्वरो, शरीर धेरै दुख्ने, आँखाको पछाडि दुख्ने वा शरीरमा रातो दाग देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्।
डेंगुको उपचारभन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो। आफ्नो घर र वरपर सफा राखौँ, आफू पनि सुरक्षित रहौँ र परिवारलाई पनि सुरक्षित राखौँ।
04/07/2026
आजको स्वास्थ्य सल्लाह
झाडापखालालाई सामान्य नठानौँ।
यस गर्मी र वर्षायाममा झाडापखालाको जोखिम बढदै
गईरहेको छ। सानो सावधानी अपनाएर यसबाट बच्नसकिन्छ।
✅ सुरक्षित वा उमालेको पानी मात्र पिउनुहोस्।
✅ खाना खानुअघि र शौचालय प्रयोगपछि साबुनपानीले हात धुनुहोस्।
✅ ताजा खाना खानुहोस्, बासी वा खुला खाना नखानुहोस्।
✅ झाडापखाला भएमा प्रशस्त झोलिलो पदार्थ र ORS पिउनुहोस्।
बारम्बार पातलो दिसा, दिसामा रगत, वा अत्यधिक कमजोरी भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुहोस्।
सानो सावधानीले ठूलो समस्या रोक्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राखौँ र सही स्वास्थ्य जानकारी अरूसम्म पनि पुर्याऔँ।
👩⚕️
school health program
आजको PNC Visit मा....
04/06/2026
With Ramesh Kumar – I just got recognized as one of their top fans! 🎉
04/06/2026
With Nandlal Bishowkarma – I just got recognized as one of their top fans! 🎉
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini
32600