Netural Swatha Life
पायल्स,फिस्टुला,पिनास,ग्यास्टिक,कब्जियत लगायत बाथरोग,हाडजोर्नी तथा नसा सम्बन्धि रोग,छाति पेटको समाधान लगायत सम्पूर्ण समस्या अब एकै ठाउँमा ....
21/07/2026
08/06/2026
आर्तव (Artava) आयुर्वेदमा महिलाको रजस्वला धर्म (महिनावारी) वा प्रजननसँग सम्बन्धित धातु लाई जनाउने शब्द हो।
आर्तवको परिचय
स्वस्थ महिलामा प्रत्येक महिनामा नियमित रूपमा हुने रजःस्रावलाई आर्तव भनिन्छ।
आर्तव सन्तानोत्पत्तिको लागि आवश्यक मानिन्छ।
आयुर्वेद अनुसार आर्तव रक्तधातुको उपधातु हो।
स्वस्थ आर्तवका लक्षण
✅ प्रत्येक २८–३० दिनमा नियमित रूपमा आउनु
✅ ३–५ दिनसम्म रहनु
✅ अत्यधिक न धेरै न कम रक्तस्राव हुनु
✅ रातो वा लाक्षारसजस्तै रंग हुनु
✅ दुर्गन्ध, अत्यधिक पीडा वा असामान्य लक्षण नहुनु
आर्तव बिग्रँदा देखिने समस्या
महिनावारी अनियमित हुनु
अत्यधिक रक्तस्राव (रक्तप्रदर)
कम रक्तस्राव
महिनावारी बन्द हुनु (अनार्तव)
पेट तथा कम्मर दुखाइ
बाँझोपन सम्बन्धी समस्या
आर्तवकाल (रजस्वला अवस्था) मा अपनाउनुपर्ने कुरा
पथ्य
हल्का तथा सुपाच्य भोजन
पर्याप्त आराम
सफा पानी पिउने
मानसिक तनाव कम गर्ने
अपथ्य
अत्यधिक व्यायाम
राति अबेरसम्म जाग्राम बस्ने
धेरै चिल्लो, पिरो तथा जंक फुड
मानसिक तनाव र क्रोध
आयुर्वेदमा आर्तवलाई महिलाको स्वास्थ्य, प्रजनन क्षमता तथा हार्मोन सन्तुलनको महत्वपूर्ण सूचक मानिएको छ।
02/06/2026
जानकारी को लागि
01/06/2026
महिनाभरि भएको बेलामा खाना हुने खाना नहुने अनि गर्न हुने र गर्न नहुने कामहरु जानि राखम्।
25/05/2026
गर्मी याम बढे सँगै विच्छीको टोकाइ पनि बढ्जे हुदा न आति यो कुरा गर्नुहोस्।
13/05/2026
📝बैसाख महिनामा के खाने ?
गर्मी बढ्ने समय भएकाले शरीरलाई चिसो, हल्का र पाचनमा सजिलो खानेकुरा खानु राम्रो हुन्छ।
खाने कुराहरू
प्रशस्त पानी पिउने
जौको सातु, मोही, दही
काक्रो, खरबुजा, तरबुजा
हरियो सागसब्जी
मौसमी फलफूल
नरिवल पानी
दाल, हल्का खाना
लस्सी, नीम्बु पानी
फाइबरयुक्त खाना
📝के नखाने ?
धेरै पिरो र मसलेदार खाना
धेरै तेलमा तारेको खाना
बासी खाना
अत्यधिक चिया/कफी
धेरै चिसो पेय पदार्थ
जंक फुड
अत्यधिक मासु र मदिरा
📝के गर्ने ?
बिहान चाँडै उठ्ने
हल्का व्यायाम वा योग गर्ने
घाममा धेरै समय नबस्ने
सफा र हल्का कपडा लगाउने
नियमित स्नान गर्ने
पर्याप्त निद्रा लिने
फलफूल र पानी बढी खाने
📝के नगर्ने ?
खाली पेट लामो समय बस्ने
दिउँसोको कडा घाममा धेरै हिँड्ने
राति अबेरसम्म जागा बस्ने
धेरै चिल्लो र भारी खाना खाने
पानी कम पिउने
अत्यधिक रिस, तनाव र थकान लिने
👉️बैसाख महिनामा शरीरलाई चिसो, हल्का र सन्तुलित राख्नु नै स्वास्थ्यको मुख्य आधार मानिन्छ।
12/05/2026
हान्टाभाइरस सम्बन्धी जानकारी
नेपालमा हालको अवस्था
• हालसम्म नेपालमा हान्टाभाइरस संक्रमण पुष्टि भएको छैन ।
• हाल चर्चामा रहेको हान्टाभाइरस समूहको “एन्डिज भाइरस”बाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको छ ।
हान्टाभाइरस के हो ?
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया संक्रमित मुसाको:
• पिसाब
• दिसा
• र्याल
• वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुन सक्छ ।
के मानिसबाट मानिसमा सर्छ ?
वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहन्छ ।
सुरक्षित रहन अपनाऔं यी सावधानी
✔ घर तथा वरपरको वातावरण सफा राखौं
✔ मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गरौं
✔ मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गरौं
✔ हात साबुनपानीले नियमित धुने बानी बसालौं
✔ ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
अनुरोध
• अफवाहमा नपरौं ।
• अनावश्यक आतंक सिर्जना नगरौं ।
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गरौं ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Chitawn Narayangarh
Narayangarh
BAGMATI