Rasilo Agriculture Nepal Pvt .Ltd

Rasilo Agriculture Nepal Pvt .Ltd

Share

आफ्नै उत्पादन, संकलन, प्रसोधन, प्याकेजिङ र वजारीकरण सहितको गुणस्तरिय उत्पादन हरू �

Photos from Rasilo Agriculture Nepal Pvt .Ltd's post 23/02/2026

सुरुवातको समय देखि विभिन्न क्षेत्र बाट आफ्नो योगदान रसिलोलाइ गर्दै आउनु भएका व्यक्तिहरुलाइ परिवारको सदस्यको रुपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ यहाँ हरुको उर्जा र क्षमताले रसिलोलाइ थप उचाइमा पुर्याउने छ हार्दिक स्वागत

Photos from Rasilo Agriculture Nepal Pvt .Ltd's post 15/01/2026

माघे सङ्क्रान्ति सूर्यको उत्तरायण यात्रा सुरु हुने ऐतिहासिक दिन हो। प्राचीन वैदिक सभ्यतादेखि नै यसलाई प्रकाश, ऊर्जा र नयाँ चक्रको आरम्भका रूपमा मानिँदै आएको छ। नेपालमा लिच्छवि कालदेखि माघे सङ्क्रान्ति धार्मिक, कृषि र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो।
तिल, चाकु, घिउ खाने परम्परा केवल संस्कार होइन, शीतकालीन जीवनशैलीसँग जोडिएको लोकविज्ञान हो। थारु समुदायको माघीदेखि पहाड–तराईसम्म मनाइने यो पर्वले नेपालको बहुसांस्कृतिक इतिहासलाई एउटै सूत्रमा बाँध्छ।
माघे सङ्क्रान्ति सम्झाउँछ—समय बदलिन्छ, तर सभ्यता र संस्कृतिले राष्ट्रलाई निरन्तरता दिन्छ।
माघे सङ्क्रान्तिको शुभकामना।

Photos from Rasilo Agriculture Nepal Pvt .Ltd's post 08/01/2026

रैथाने बीउ केवल अन्नको स्रोत होइन, हाम्रो पहिचान, संस्कृति र आत्मनिर्भरताको आधार हो। यी बीउहरूमा हाम्रो माटोको स्मृति, पुर्खाको ज्ञान र प्रकृतिसँगको सहअस्तित्व समाहित छ। आज यदि हामीले रैथाने बीउको रक्षा गर्न सकेनौँ भने भोलि हामी आफ्नै खेतबारीमा परनिर्भर बन्न बाध्य हुनेछौँ।
रैथाने बीउको संरक्षण गर्नु हाम्रो पुस्ताको कर्तव्य मात्र होइन, भावी पुस्ताको सुरक्षित भविष्यको सुनिश्चितता हो। बीउमाथिको स्वामित्व गुमाउनु भनेको खाद्य अधिकार, किसानको आत्मसम्मान र राष्ट्रको सार्वभौमसत्तामाथि सम्झौता गर्नु हो। त्यसैले बीउ जोगाउनु भनेको राष्ट्र जोगाउनु हो।
आउनुहोस्, नाफाभन्दा पहिला जीवन, बजारभन्दा पहिला माटो र आयातभन्दा पहिला आत्मनिर्भरतालाई प्राथमिकता दिऔँ। रैथाने बीउको संरक्षणबाटै समृद्ध किसान, सुरक्षित खाद्य प्रणाली र स्वाधीन राष्ट्रको आधार तयार हुन्छ।

Photos from Rasilo Agriculture Nepal Pvt .Ltd's post 30/12/2025

राष्ट्रिय च्याउ दिवसको शुभकामना

30/12/2025

गुरुङ जातिको राष्ट्रिय महान पर्व तमु ल्होसार र कुलुङ जातिहरुको राष्ट्रिय महान पर्व चाक्चाकुर तथा एलेदोङ ५०८६ को पावन अवसरमा देश विदेशमा रहुनुहुने सम्पुर्ण इष्टमित्रहरुमा सुख,शान्ति,समृद्धि,दीर्घायु साथै आपसी मिलनको हार्दिक हार्दिक शुभकामना । #रसिलो परिवार

Photos from Rasilo Agriculture Nepal Pvt .Ltd's post 13/10/2025

जाजरकोटको कुसे अर्गानिक कृषि फर्ममा फलेको लोकल काक्रा ।

22/09/2025

उत्तरी गोरखाको चुम उपत्यकामा फापर भित्र्याउने सिजन सुरु भएको छ। ३ हजारदेखि ३५०० मिटरसम्म उचाइमा अवस्थित चुम उपत्यकाको छेकम्पारमा सबै किसान अहिले फापर भित्र्याउनमा व्यस्त छन # स्रोत अन्नपूर्ण पोस्ट

Want your business to be the top-listed Beauty Salon in Thimi?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Naya Thimi
Thimi
44800